‘मेरो माटो’मा हरियो हेटौंडा
(नेपालनाम्चाको नयाँ स्तम्भ हो 'मेरो माटो', जहाँ तपाई आफ्ना गाउँसँग जोडिएका आफ्ना स्मृति लेख्न सक्नु हुनेछ । त्यहाँका विकास निर्माण र घटनाहरुबारे लेख्न सक्नु हुनेछ । अझ यसो भनौं, आफ्नो गाउँठाउँबारे मन लागेको लेख्नसक्नु हुनेछ । र, फोटोहरु पनि पठाउनसक्नु हुनेछ, nepalnamcha@gmail.com मा । सं)
नेपालको मध्य भागमा रहेको हेटौंडा राजधानीबाट नारायणगढ हुँदै २ सय २४, नौबिसे दामन हुदै १ सय ३२ तथा राजधानीबाट जोड्ने द्रुतमार्ग हुँदै ७६ किलोमिटर दक्षिण दूरीमा अवस्थित छ । चुरे र महाभारत पर्वतको फेदीमा अवस्थित यहाँको हावापानी उष्ण तथा समशितोष्ण छ ।
हेटौंडा मकवानपुर जिल्लाको सदरमुकाममात्र होइन, बागमती प्रदेशको राजधानी पनि हो । र, यहाँको विशेषता यहाँको हरियाली पनि हो ।
स्थानीय दिलु घर्ती र अनिशआयु बाबुले पठाएका हटौंडाका अनेक आयाम र जनजीवन झल्किने पठाएका तस्विरहरु हेरौं र हेटौंडै पुगेको अनुभव गरौं ।