
ट्वाइलेटः सबैलाई कुरीकुरी छ, यही नै मेरो उजुरी छ
मोतिराम ढुुङ्गाना
रंगेली–२, मंगलबारे, मोरङ
ट्वाइलेटको बात कोही गर्दैन
अझ सरकारी कलेजको
ह्या ! के कुरा गर्छ भन्नु होला
लाज पनि मान्नुहोला
विद्याकसम धरोधर्म सत्य हो ।
तिमी कलेज जाऊ, क्लास जाऊ
जतिसुकै पढाईमा ध्यान लगाऊ
बकुल्ले साधनाको काम छैन
जबसम्म ट्वाइलेटको गाथा बुझिदैन ।
चौरभन्दा प्यारो हुन्छ कतिको ट्वाइलेट
कक्षाभन्दा आत्मिय हुन्छ होला
हो त्यही हुन्छ कतिको जम्काभेट
कतिको बग्छ ह्दयभावको खोला
भित्ताभरी ढोकाभरी छरपस्ट
आदर्शका कुरा दिनदिन बदलिन्छ
जीवन दर्शन सधै आजित हुन्छ ।
प्यारको उद्गार कहिले त
कहिले पोखिन्छ अस्पष्ट धारणा
भित्तोभरी कोरिएको हुन्छ
नानाभाती खै कुन कारण ?
बुझेर बुझिनसकिने औ बुझ पचाउन नमिल्ने
दुर्दशा छ ओहो असाधारण ।
जान्ने भएर हो कि असाध्यै
ट्वाइलेटमा समेत ज्ञान बाँडेको हो
चित्रकार पनि यतै रहँदा रहेछन्
खै किन गति छाडेको हो ?
असभ्यता झल्कन्छ जताततै
विद्यार्थी पनि फोहर पो भएछन् ।
हिचकिच लाग्छ जान जहाँ
दुर्गन्ध भन्दा पनि मलमुत्रको यहाँ
नबोल्ने योबारे सबैलाई कुरीकुरी छ
यही नै मेरो आजको उजुरी छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



