
अनेकतामा एकताको मर्ममाथि मनपरी मनस्थिति
विचार आ-आफ्नो
पारसमणि घिमिरे
हाम्रो देश विविधतापुर्ण छ । विभिन्न जातजातिको साझा फूलवारी हो भनेर त हामी सबैले स्वीकार गरेकै छौं । यदि त्यस्तो हो भने हामी किन जातजातिको आधारमा भेदभाव गरिरहन्छौं ? एउटा फूलवारीको सौन्दर्य त तब बढी हुन्छ, जब सबै फूलहरुको बगैंचामा समान स्वामित्व हुन्छ । त्यसैगरी हाम्रो देशको विविधता जसलाई हाम्रो रास्ट्रिय भावनाले एक बनाएको छ, यदि जातजातिको आधारमा कसैको मह्त्व कम कसैको महत्व बढी बनाउने हो भने त्यसले अवश्य पनि अनेकतामा एकताको मर्ममाथि असर पार्छ । त्यसैले हाम्रो एकताको भावनालाई अक्षुण्ण राख्नको लागि हामी सबैको आत्मासम्मानमा असर पार्ने काम गर्नुभएन ।
करिब एक बर्षअघि हुनु पर्छ, पश्चिम् रुकुममा एक दलित युवालाई कथित उपल्लो जातिकी युवतीसँग प्रेम सम्बन्ध राखेको आरोपमा दलित युवा र उनका साथीहरुको बर्बरतापुर्वक सामुहिक हत्या गरियो । त्यस घटनामा संलग्न अपराधी पत्ता लगाएर कानुनको कठघरमा ल्याउन राज्यसंयन्त्र नै उदसिन भयो । त्यही घटनाको आसपासमा पोखरामा पनि जातभातको आधारमा अर्को घटना भयो । त्यसमा प्रदेश स्तरीय सत्तासिन नेताको संलग्नता भएको कुरा आए पनि खासै कारबाही भएन । देशमा हरेक दिन यस्ता घटना भइरहन्छन् तर राज्यस)ंयन्त्र यस्ता घटनाप्रति सधै उदासीन छ अपितु संविधानमा जातीय आधारमा हुने हिंसालाइ अस्वीकार्य र दण्डनिय भनिएको छ ।
हालसालै राजधानीमा एक दलित युवतीलाई भाडामा कोठा नदिएको विषयलाई लिएर हाम्रो समाज नै विभजित भएको छ । आफ्नो घर कसलाई भाडामा दिने कसलाई नदिने नितान्त घरधनीको व्यक्तिगत कुरा हो तर यो घटनामा पनि जातिय ईस्यु बनाइयो । यो गम्भीर विषय हो । घरधनी महिलालाई जातिय विभेदको आरोपमा प्रहरीले अनुसन्धान गर्दै थियो तर अनुसन्धान नसकिदै मन्त्री गएर उनलाई लिएर गए । यहाँ पनि सरकारी संयन्त्र निस्पक्ष हुन सकेन । यदि घरधनी महिला निर्दोष थिइन भने प्रहरीप्रशासनले अनुसन्धानपछि सावित गरेको भए राम्रो हुन्थ्यो ।
आखिर हामी कहिलेसम्म यस्तो विभाजनकारी र भेदभावपूर्ण मनस्थितिमा रहिरहने ? यो त पक्कै पनि समृद्ध नेपाल सुखी नेपालीको परिभाषाभित्र पदैन होला कि कसो ? हामी सबै गम्भीर हुन आवश्यक छ ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)


