
कसैलाई त ‘बुढो धेरै जान्ने भो’ भन्ने लागेको पनि हुनसक्छ
नेपालनाम्चाले 'कसको' सकारात्मक सोच समुहसँगको सहकार्यमा 'सकारात्मक लेख-रचना सिरिज' सुरु गरेको छ । nepalnamcha@gmail.com मा सकारात्मक लेख-रचना पठाएर तपाईं पनि यो सिरिजमा जोडिनसक्नु हुनेछ । तपाईंका सृजनात्मक सकारात्मकतालाई हामी नेपालनाम्चामा यथोचित स्थान/सम्मान दिन चाहन्छौं । धन्यवाद ।
सकारात्मक लेख-रचना
कर्ण शाक्य
उद्योग र ब्यापारबाट आधिकारिक रूपले अवकाश लिएपछि मैले मीठो मीठो खाएर, घुमेर, नातीपनाती खेलाएर, नानाथरीका खबर सुनेर, पढेर, गुनासो पोखेर समय बिताउन चाहिन ।
जीवनको मेरो सन्ध्याकालीन स्वर्णिम साँझ अर्थपूर्ण तरिकाले बिताउन मैले मोज किताब लेखेको थिएँ । मोज लेख्नुको उद्धेश्य अवकाश प्राप्त बरिष्ठ अनुभवी नागरिकले कसरी अर्थपुर्ण सक्रिय जीवन बिताउनुपर्छ भन्ने थियो । पेन्सन पचाउनु हुुँदैन, आफ्नो ज्ञान र अनुभव युवाहरूलाई हस्तान्तरण गरेर जानु पर्छ, भन्ने थियो ।
अब आँखाका कारण धेरै लेख्न पढ्न सक्दिन । त्यसैले फेसबुकमा आफ्ना भोगाई, अनुभव र विचारहरू पोखिरहन्छु । धेरैले मन पराएको देखिन्छ तर कसैलाई ‘बुढो धेरै जान्ने भो’ भन्ने लागेको पनि हुनसक्छ । केहीले त ‘ज्ञान हैन, दान देउ’ भनेर पनि बेनामी आलोचना पठाउँछन् । पहिले त रिस उठ्थ्यो, अहिले त्यत्ति उठ्दैन, सकारात्मक सोचले गर्दा होला सायद ।
हाम्रो समाजमा धेरैलाई साहुजी भनेको शोषक हुन् र उनीहरूको सरसल्लाह बौद्धिक नभएर ब्यापारिक भन्ने लाग्दो हो । तर, मलाई के लाग्छ भने घनको धाकबाट मात्र हैन, बुद्धि र चतुराईको चलखेलबाट, लाभको पद र पावरबाट अस्वभाविक फाइदा सुविधा लिनु पनि शोषण हो । आफुभन्दा माथि कसैलाई हेर्न नचाहने तर आफुलाई सबैले मानिदिनु पर्ने ! यो पनि सामन्तवादको एक नमुना हो ।
नमस्कार?
हजुर जस्ताे सकारात्मक साेचका श्राेत एवं उर्जाशिल ब्यक्तिमा कसैले “बुढाे धेरै जान्ने भाे” भन्ने भावनाका साेचले स्थान पाउनु र “ज्ञान हाेईन दान देउ” भन्ने बेनामी आलाेचना पक्कै पनि शुभ मान्न सकिन्न अब उप्रान्त कहिल्यै स्थान नपाओस् । अभ्यास, अनुभव एवं सकारात्मक साेच नै ब्यक्ति बिकासका मेरुदण्ड हुन किनकी शाेषकले शाेषन त गर्छ नै । याे अकुशल/अधार्मिक कार्य कुशल एवं कर्मठ ब्यक्तिहरुकाे भावना कहिल्यै नजागाेस् । चतुर्याईं काे चलखेल र दान पाएका धनबाट धनीहरुका निम्ति स्वाभिमानी कर्म के हाे ? हजुरकाे समय सापेक्ष अभ्यास, अनुभव एवं सकारात्मक साेच कै कारण अकल्पनिय स्थानले जुन मुहार पाउन सफल भई अन्तरास्ट्रिय रूपमा चिन्न र चिनाउन सफल भएका छन अनि हजुरकै साेच एवं प्रयासका कारण सरकारले क्यान्सर काेष स्थापना रिदिएका ईत्यादी कार्यहरु लगाएत स-हानिय कार्यहरु नै सफल , पुण्य र मैत्रिय कार्यहरुका ज्वलन्त परिणामहरु हुन । भवतु सब्ब मंगलम् ?