‘साहित्यमा सम्राट पनि नाङ्गो हुन्छ’
वीपी कोइरालाका दश भनाई ।
१. मानिस आफ्नो सङ्कल्प र आस्थाले यथार्थमा मानिस हुन्छ ।
२. राष्ट्रियताको विवेचनामा सर्वप्रथम तत्व र अन्तिम तत्व पनि जनता हो ।
३. राष्ट्रियता माटो होइन, जनताको सामूहिक भावना हो ।
४. ठूला-ठूला महल र अट्टालिमा बस्नेलाई म जनता भन्दिन। त्यो त एक प्रतिशत पनि छैन जो मोटरमा हिँड्छ, राम्रो लगाउँछ र राम्रो खान्छ। जनता त गाउँमा बस्छन्।
५. कम्युनिष्टहरू तानाशाहीलाई मान्दछन् । सर्वहाराको तानाशाही उनीहरूको सिध्दान्त हो। म त्यसलाई मान्दिन ।
६. ईश्वर छ तर प्रचलित होइन जस्तो कि हाम्रो नियतिको निर्माताको रूप होइन । ‘ईश्वर कवितामा हुन्छन्, ईश्वर सपनामा हुन्छन् । ईश्वर भन्नु एक आध्यात्मिक अनुभव हो ।
७. संगित र भावको सममिश्रणबाट जन्मेको उच्चतम दर्शन नै साहित्य हो ।
८. साहित्यमा सम्राट पनि नाङ्गो हुन्छ ।
९. म राजनीतिमा समाजवादी हूँ भने साहित्यमा अराजकतावादी ।
१०. कसैको शिरमा कालो टोपी छ कि छैन भन्ने कुराले कुनै अर्थ राख्दैन। यथार्थमा संस्कृति भनेको मानवको व्यबहार हो ।