अध्यात्म शुरु हुन विज्ञान सक्किनै पर्ने ?

तर्क
रोशन शेरचन

‘जहाँ विज्ञान सकिन्छ, त्यहाँबाट अध्यात्म शुरु हुन्छ’, टिनएजमा यस्तो विचार सुनेँ । हो, जस्तो लाग्यो र अरुलाई पनि कहिलेकाहिँ सुुनाउदै हिँडियो । अहिले थोरै ध्यान दिएर सोच्दा, विज्ञान कहिले सकिएछ र ? भन्ने सोचाई आउँछ ।

अरु उदाहरणतिर नजाउँ, कोभिडकै खोप खोज्ने क्रममा चिकित्सा विज्ञान नै त हो, सक्रिय भएको । मनमा लागेकै भरमा, विज्ञानलाई सक्काउन मिल्छ, त्यो भ्रम हुदैन ? विज्ञान त हामीले थाहा पाऔ, नपाऔ, त्यो छ (एज इट इज) । त्यो वाक्य भन्नेले वा त्यस विचारमा विश्वास गर्नेले विज्ञानको थोरै मात्र पनि आधारभुत नियमहरु कति बुुझेको छ ? (मैले विज्ञानका विद्यार्थी, वैज्ञानिकहरुले त्यसो भनेको सुनेको छैन । गुरु, पण्डित, बाबा आदिले प्रशस्त भनेको सुनेको छु ।)

अध्यात्म शुरु हुनलाई विज्ञान सक्किनै पर्ने ? यो कस्तो जिरिह हो ? अध्यात्मको अस्तित्व विज्ञानको चिहानमै गाड्न उद्यत यो कस्तो ध्येय हो ? खुुब अल्मलायो, उक्त वाक्यले विगत । रहस्यमयी सुुनिन्छ । मान्छेलाई थाहै नपाई रहस्यमयी चिज मन पर्छ (थाहा पाए, त्यो रहन्न) ।

उक्त विचार वाक्यको ध्वनि पनि गज्जबको छ । ध्वनिमा लाग्नु हुँदैन, अर्थ वा आशयतर्फ जानुपर्छ । अर्थ पनि तर्क संगत छ कि छैन ? समय लिएर सोच्न आवश्यक छ । नत्र ूभ्रम भनेको सत्य होू भन्ने भ्रममा मान्छे जुगौ अल्मलिरहन्छ । केहि गर्न सकिन्न । (शेरचनको फेसबुकवालबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button