अधिकांश राजनीतिक पार्टी कम्पनीमा रूपान्तरित

अर्जुनकुमार भट्टराई

हाल नेपालमा सक्रिय राजनीतिक दलहरु बहुराष्ट्रिय कम्पनीका नेपाल प्रतिनिधिको रुपमा देखापर्दै गइरहेका छन् । उनीहरुलाई नेपालको अस्मिता र गौरवप्रति कुनै चासो छैन । जसरी हुन्छ विदेशीका एजेन्डाहरूलाई जानेर वा नजानेर लागु गर्न कम्मर कसेर लागेका छन् । जतिसुकै शव्दका सुकिला नारा दिएर हामी नेपाली जनतालाई प्रयोगशाला बनाए पनि अन्ततः उनीहरुबाट केही सकारात्मक उन्नति हुन सक्दैन भन्ने प्रमाणित भइसकेको छ ।

शासनसत्ता जनहितको लागि हुनुपर्दछ । संभवत पृथ्वी नारायण शाहपछि थोरैमात्र शासक जनहितका समर्थक रहे तर अधिकांश शासकहरु व्यक्तिगत निहित स्वार्थमा लिप्त रहे । पछिल्लो समयमा केपी ओली, प्रचण्ड, शेरबहादुर, माधव, झलनाथ आदिदेखि बावुराम भट्टराईसम्म यसका कड़ी हुन् ।

प्रत्येक देशको आफ्नै विशिष्टता, गौरव र मौलिकता हुन्छ । जुन देशले आफ्नो जरोकिलोको आधारमा राजनीतिक, आर्थिक, शैक्षिक, सांस्कृतिक, सामाजिक आदि सिद्धान्तको आधारमा अघि बढ्न सक्छ त्यसले मात्र वास्तवमा आधिभौतिक, आधिदैविक र आध्यात्मिक तिनै तहको विकास प्राप्त गर्न सक्दछ । अहिले हामीले वैश्विक परिवेशमा देखेका उन्नतिहरु वास्तवमा विकास होइनन् अपितु ती त सुविधाको स्तरोन्नति मात्र हो । विकास र सुविधाको पृथकतालाई हामीले बुझ्न सक्नु पर्दछ ।

सभ्यगतागत दृष्टिकोणबाट उच्चस्थानमा रहेको नेपालबाट पछिल्लो समयमा विश्वको र नेपालको वर्तमान अवस्थालाई परिवर्तन गर्दै हरेक क्षेत्रमा वास्तविक विकास अथवा वैज्ञानिक सत्ययुगको लक्ष्य कसरी हासिल गर्न सकिन्छ भनेर वर्षौंको अनुसन्धान, अनुष्ठान र साधनाको फलस्वरुप युगद्रष्टा डा. निर्मलमणि अधिकारीज्यूबाट राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक आदि सन्दर्भलाई समेट्दै सहृदयता दर्शन, राज्यराष्ट्र सिद्धान्त, स्थितिगत्यात्मक प्रगतिवाद, आधारशीला चतुष्टय जस्ता युगान्तकारी एवम् युगप्रवर्तनकारी दर्शन र सिद्धान्तको अभिनिर्माण भएको छ । विदेशी प्रतिमानलाई विस्थापन गर्दै मौलिक प्रतिमानको स्थापनाका लागि हामीले एकजुट हुने समय आइसकेको छ ।

नेपाली सभ्यताको अविच्छिन्नता, सामाजिक, सांस्कृतिक सद्भाव, राजनीतिक, शैक्षिक, आर्थिक आदि क्षेत्रमा युगान्तकारी परिवर्तनका साथै त्यसको महत्व र सकारात्मक परिणामको रक्षा गर्न मौलिक जरोकिलो पार्टी मात्र मूलधारमा रहेर कार्य गर्दै रहेको तथ्य निवेदन गर्न चाहन्छौं ।

(भट्टराई मौलिक जरोकिलो पार्टीको १ नं प्रदेश महासचिव हुन् । र, यहाँ व्यक्त विचार उनको व्यक्तिगत हो ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button