पत्रकारज्यु ! ‘साना दल’ भन्ने शब्द प्रयोग नगर्नुस्
अर्जुनकुमार भट्टराई
आजकल विभिन्न सञ्चारमाध्यमहरुमा पत्रकारज्यूहरुले साना दल भन्ने शव्द प्रयोग गर्दै आउनु भएकोमा’मौलिक जरोकिलो पार्टी’को आपत्ति रहेको जानकारी गराउन चाहन्छौ । निर्वाचन आयोगमा समान हैसियतमा दर्ता भई नेपाल र नेपालीको संमृद्धिमा समाहित भएका दलहरू कुन बिश्लेषणको आधारमा साना र ठूला भए ?
जसरी प्रत्येक नेपाली समान हैसियतका हक़दार हुन्, त्यसरी नै सबै दलहरू समान हैसियतका हकदार हुन भन्ने कुरा हजुरहरुमा विनम्रतापूर्वक जानकारी गराउन चाहन्छौ । टाउकाको गन्तिलाई आधार मानेर हजुरहरुले साना र ठूला भन्नु भएको हो भने पुनर्विचार गर्न अनुरोध गर्दछौं ।
साथै यही अनुरोधको माध्यमबाट सम्पूर्ण पत्रकार र लेखकज्यूमा यो अनुरोध गर्दछौ कि शव्द छनौटमा ज़िम्मेवार रूपमा प्रस्तुत हुनु नै हुनेछ । कृपया हेक्का रहोस, हामी साना दलहरू हौइनौ, वल्कि नेपालको संविधान बमोजिम समान हैसियतमा दर्ता भएका तर अहिलेको संविधान बमोजिम राष्ट्रिय मान्यता प्राप्त नभएका दलहरू (पार्टी) मात्र हौं ।
(भट्टराई मौलिक जरोकिलो पार्टी, १ नं प्रदेश समितिका महासचिव हुन् ।)