मेलम्चीको पानी ‘जस’ कसलाई जानी ?
विचार
अरविन्द रिमाल
एक जना पत्रकार बन्धुले मेलम्ची पानीको निम्ति राजा वीरेन्द्र तथा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईप्रति आभार, कृतज्ञता र धन्यवाद दिइनुपर्ने औचित्य बताएको पढियो । राम्रो, अति राम्रो । अतीतप्रति इमान्दारिता अनिवार्यरूपले आवश्यक एवम् अपरिहार्य गुण हो । परन्तु, वर्तमानलाई बिर्सिने, उचित मूल्याङ्कन नगर्ने, मान्यता नै नदिने सानो चित्त राख्नु पनि त उचित हुँदैन । कसो ?
अतः जेजसो भने पनि, ठाने पनि, जसलाई जस्तोसुकै लागे पनि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली कसरी ओझेलमा पर्न सक्छन् ?
इतिहासलाई जस्तो छ, त्यस्तै राखौँ, बुझौँ, आफ्नो निजी आग्रह, विग्रह, पुर्वाग्रहबाट विकृत नगरौँ । देश हामी सबैको हो । राम्रो वा नराम्रोको भागीदार पनि हामी आफैँ हौँ ।
अनलाइनमा प्रेषित सो विचार पूरै पढ्न नपाउँदै कता हरायो, कता ? अनलाइन पत्रिकाको नाम पनि बिर्सिनजाँदा भन्नेले वर्तमान पनि छोएनछोएको निश्चित गर्न सकिँन । तथापि मेरो यो सम्प्रेषण कुनै पुर्वाग्रह नराखी लेखिएको ठान्न अनुरोध गर्दै राष्ट्रदेव भगवान श्री पशुपतिनाथले हामी सबै नेपालीको कल्याण गरुन् भनी पुकार गर्दछु । साथै, शुरुदेखि अहिले सम्पन्नता अवधिसम्मका सबै सम्बन्धित वैज्ञानिक, ईन्जीनियर, कालीगढ, कर्मचारी एवम् श्रमिकजनहरुमा हार्दिक धन्यवाद ।
जय मेलम्ची । जय नेपाल ।