किसुनजी चाणक्य अवश्य थिए तर गणेशमानजीले धोकेबाज भनिदिए
सन्दर्भः कृष्णप्रसाद भट्टराई स्मृति दिवस
रामहरि जोशी
किसुनजीले नेपाली काङ्ग्रेसलाई पु-याएको सहयोग कसैको भन्दा कम छैन । पञ्चायती व्यवस्थाको अन्धकारपूर्ण युगमा पार्टीका युवा पिढीलाई प्रेरणा र ऊर्जा प्रदान गर्न तथा प्रजातन्त्रको बत्ती निभ्न नदिन उनले गरेको ऐतिहासिक योगदान अविस्मरणीय छ । कार्यकर्ता श्रद्धावश भावनामा आएर उनलाई सन्त नेता भन्ने गर्छन् तर उनी सन्त होइनन् । आजको युगमा मानिस बन्नु नै कति गाह्रो छ भने मानिसहरू किन कसैलाई सन्त या ईश्वर बनाउन खोज्छन् ?
हामी भावुक हुनु भएन । सन्तले पनि कहीँ रक्सी–जाँड खान्छन् ? किसुनजी रक्सी सेवन गर्थे । हो, किसुनजी पार्टीमा चाणक्य अवश्य थिए । गणेशमानजीले त उनलाई धोकेबाजसम्म पनि भनिदिएका थिए । अब यसलाई के भन्ने ? सबैको आ–आफ्नो विचार हो ।
जे होस्, हामी कसैलाई सन्त वा ईश्वर नबनाऔँ । किसुनजीले पार्टीलाई गरेको योगदानलाई सम्झौँ र उनलाई श्रद्धापूर्वक सम्झिरहौँ ।
(घोस्ट राइटिङबाट प्रकाशित रामहरि जोशीकृत पुस्तक ‘अँध्यारोबाट उज्यालोतिर’बाट)