सरकार-विप्लव सहमतिबारे कसले के भने ?

नेपाल सरकारको वार्ता टोली र विप्लव नेतृत्वको नेकपाको प्रकाण्डको नेतृत्वमा रहेको वार्ता टोलीबीच हिजो र आज भएको वार्ता सफलभई सकारात्मक परिणाम आउन सफल भएको छ । यो ऐतिहासिक सहमति र सम्झौताका लागि हामी सबैलाई बधाई ।। सरकारले आफुले गर्ने कार्य तदारुकताका साथ सम्पन्न गर्नेछ, अर्कोपक्षबाट पनि हामीले त्यही अपेक्षा गरेका छौँ ।
रामबहादुर थापा ‘बादल

कमरेड विप्लव नेतृत्वको विद्रोही नेकपा शान्तिपूर्ण र लाेकतान्त्रिक राजनीतिकाे वृहत परिवेशमा समाहित हुने निर्णयमा पुगेकाेमा हार्दिक स्वागत छ । याे शान्ति प्रकृयाकै पुरक कार्यभार जस्ताे हाे। राजनीतिक सिद्धान्त र कार्यदिशाबारे नयाँ ढंगले साेच्न यसले सबैलाई प्रेरित गर्ने अपेक्षा गर्न सकिन्छ । विशेषतः शास्त्रीय साम्यवादी कार्यदिशाका सिमा बुझ्न यसले सबैलाई अवश्य मद्वत गर्ने छ ।
डम्बर खतिवडा

खसआर्यका छोराछोरी हिजोदेखि नै स्कुलकलेज र लोकसेवामा व्यस्त छन् । उनीहरूले बन्दुक बोक्ने कुरै भएन । उता बन्दुक बोक्ने अपेक्षा गरिएका जनजाति तथा दलितको छोराछोरी पनि बैदेशिक रोजगारमा व्यस्त छन् । सबै युवायुवतीहरू सुविधामुखी भए । सामाजिक संजालको लत बसेको छ । एक छिन हातमा मोबाइल भएन भने औडा हुन्छ अनि कसले बन्दुक बोकिदिने ? बल्ल विप्लवले कुरा बुझेछन् । घुमेर रूम्जाटार नै आउने भएछन् । तर यिनका कारण बेहकमा ज्यान गुमाउनेहरूको मूल्य कसले चुक्ता गर्ने ?
बलदीप राई

सुखद खबर । सरकार र नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) बीच तीन बुँदे सहमति भएको कुराले ठुल्दाइ निकै खुसी भए १ यसको इमान्दारिताकासाथ कार्यान्वयन होस् शुभकामना १
शान्तराज सुवेदी

सरकारको अर्को सार्थक काम । विप्लवसँगको वार्ता र सहमति ।
टीका विष्ट

विप्लव नेतृत्वको प्रतिबन्धित नेकपा र सरकारबीच ३ बुँदे सहमति स्वागतयोग्य कदम हो। दुबैका स्वार्थरवाध्यता यसमा जोडिएका होलान्, तर शान्तिका लागि यसले योगदान गर्छ र सहमति इमान्दारीपूर्वक कार्यान्वयन हुन्छ भने यो सकारात्मक काम हो। हिंसाबिनाको राजनीतिक शुद्धिकरण अबको आवश्यकता हो । दुबै पक्षलाई धन्यवाद !
विक्रम तिमिल्सिना

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button