
भाग्य र शान्ति तालबाट शुरु भयो सन् २०२६

भरत शर्मा
सर्वप्रथम, अङ्ग्रेजी नयाँ बर्ष र जनवरी महिना २०२६ को हार्दिक मंगलमय शुभकामना ।
सन् २०२६ हामी सबैको जीवनमा, समाज र राष्ट्रमा शान्ति, समाजमा सम्वृद्धि र व्यक्तिगत प्रगति होस् भन्ने कामना ।
चीनमा, संयोग नयाँ बर्षको शुरुवातको तीन दिन छ्ट्टी पाइयो। वास्तवमा छुुट्टी एकदिन अर्थात् जनवरी एक विहीबारमात्र थियो । तर, चीनमा सापटी विदा दिएर छुुट्टुी लम्भ्याउने सरकारी नीति छ । नीति अनुसार बर्षको पहिलो दिन विहीबार, शुक्रबार र शनिबार तीन दिने छुुट्टी भयो । शुक्रबारको छट्टीको सट्टामा भोलि आइतबार काम गर्नुपर्ने दिन हो । चिनियाँहरु आइतबार सबैं आ–आफ्नो काम गर्नेछन् ।
शनिग्रहको सकारात्मक प्रभाव पर्दै परेकाले होला, सन् २०२६ को पहिलो र दोस्रो तीन मेरो लागि निकै महत्वपूर्ण दिन रह्यो । छट्टीको मौकामा मेरा सहकर्मी प्राध्यापक डा वाङ चुुङले यसपटक मेरो लागि भनेर भाग्य चम्काउने मन्दिर र शान्ति तालयात्रा घुमाउँने योजना बताए । विगत चार महिनादेखि एक दिन पछि छुुट्टी नलिइकन हामीले हाम्रो जिम्मेवारीअनुसार काम ग¥यौं । कक्षा र परीक्षा सकियो, त्यसैले हामी घुुम्नु पर्दछ । आहा, कति राम्रा सोच, म पनि यस्तै कतै घुम्न जान पाएँ हुने भनेर मनमा सोच्दै थिए, भनिन्छ, ‘नि तिमी सोच म पुु¥याउँछु,’ यस्तै भयो यस पटकको युनान यात्रा ।
नयाँ वर्षको पहिलो दिन विहानैं हामी युनानको राजधानी खुुमनिङ्ग शहरबाट करिव १५० किलोमिटर क्षेत्रमा पर्ने ‘मिल’ जिल्लामा अवस्थित युनानमा रहेको सबैभन्दा ठुुलो बौद्ध मन्दिर क्षेत्र घुम्ने कार्यक्रम रह्यो। जंगल भित्र फेदीदेखि चुुचुरोसम्म पुुग्नका लागि २१०० सय सिँडीहरु हिडेर उक्लनुपर्ने, बीचबीचमा अनेकन गुम्बा, वृक्षहरु, यात्रामा बस्ने शान्तिस्थल, मानिसहरुको मौन यात्रा, चिनियाँहरुले यसलाई ‘भाग्यशाली मन्दिर’ यात्रा भन्दा रहेछन् । के चिनियाँहरु पनि भाग्यमा विश्वास राख्दछन ? हो चीनमा करिव ३० करोड भन्दा बढी बौद्धधर्म अनुुयायीहरु छन् । उनीहरु चीनभर रहेका बौद्धस्थलहरुमा भ्रमण गर्दछन, मनका कुरा, भाग्यशाली हुनका लागि ‘मिल’ बुद्वसँग प्रार्थना गर्न युनान आउँदछन् ।
जंगलका बीचमा अनेकन वृक्षहरु, बौद्व मिक्षुुहरु, बुुद्वका मुुर्तिहरु दर्शन गर्दै करिव एक घण्टा ३० मिनेटमा हामी सिँडीहरु पार गरेर चुुचुरोमा रहेको बडेमानको ‘मिल’ बुुद्धको दर्शन गर्न पुुग्यौं ।
संयोग नैं होला, हाम्रो समूहमध्ये सबैभन्दा पहिले म माथि पुुगे, त्यतिबेला बौद्ध पुजारीहरु पूजा गर्दै थिए, भक्तजनहरु प्रार्थना र धुप जलाउदैं मनका इच्छा कामना गर्नमा ब्यस्त थिए ।
तलदेखि कष्टपूर्ण यात्रा गरेर माथि पुुगेपछि ति थकाईहरु सबै भुल्ने रहेछ । मेरो अनुुभव पनि त्यही रह्यो, त्यहाँबाट मैले फेसबुकमा लाइभ समेत गरे । चारैतिर परिक्रमा र केही समय ध्यान गरेर बसेँ । मनमा शान्ति, हद्यमा भक्ति र सन् २०२६ मा मेरो जीवनमा केही नयाँ काम हुने आशावादी हुँदै परिक्रमा गरे । चिनियाँ पर्यटकहरु यति धेरै थिए, हामी विहानैं १० बजे पुुगिसकेका थियौं । प्रत्येक यात्रुुले ३० चिनियाँ युुआनको टिकट लाग्ने रहेछ, मन्दिरमा दान पेटिका राख्ने चलन रहेछ, चिनियाँहरु आफ््नो गच्छेअनुसार दान गरिरहेका छन् । दान गर्नका लागि नगद र ‘डिजीटल क्यूआर’ दुवै व्यवस्था गरिएको छ ।

मन्दिर क्षेत्रमा अनेकन फूलहरुको बाँसनामय भएकाले होला, यात्रा गर्दा मनमा शान्ति, र पवित्र हुने रहेछ, यो अनुुभव कुनै शब्दमा ब्यक्त गर्न सक्दिन । नेपालमा स्वयम्भूू,बौद्ध, लुम्बिनीलगायत देशका अनेकन बौद्व तीर्थस्थल घुमेको छु, तर युनानको ‘मिल’ बौंद्धस्थलको सुुधन्धमय यात्राले मनमा शान्तिको अनुुभव गरियो । सो क्षेत्रमा यात्रा गर्दा कयौं पिपलका बृक्ष, सयौं फूलहरुको बाँसनाले होला, त्यो मन्दिर क्षेत्र साँच्चै पवित्र बनाउने हो भने फूल र वृक्षहरुको संरक्षण गर्नुपर्ने रहेछ भन्ने अनुुभव गरे । नयाँ बर्षको पहिलो दिन हामीले सोही क्षेत्रमा चिनियाँ बौद्ध मिक्षुुहरुले सञ्चालन गरेको शाकाहारी भोजनालयमा भोजन ग¥यौं । यति मीठो र स्वादिलो तरकारी सायद चीन–नेपालमा कही कतै अनुुभव गरेको थिइन ।
मन्दिर दर्शन पछि हाम्रो दोस्रो योजना थियो, प्राकृतिक तातोपानीको अनुुभव गर्ने, मिल नगरपालिका भित्रको एउटा यस्तो क्षेत्र रहेछ । जहाँ २० भन्दा बढी कुुण्डहरु बनाइएको, हरेक कुण्डमा तातोपानी फरक–फरक लेबरको पानी । नेपालको मुक्तिनाथ क्षेत्र यात्रा गर्न जाँदा प्राकृतिक तातोपानी क्षेत्र छ, त्यहाँ एउटा मात्र तर चीनमा २० भन्दा बढी थिए । छु्ट्टीको दिन भएर होला, चिनियाँ मानिसहरुको भीड, तै पनि हामीले भीडको बीचमा प्राकृतिक तातोपानीको अनुुभव मजाले लियौं । करिव तीनघण्टा तातोपानीको अनुुभव गर्दै थियो, नयाँ बर्षको पहिलो दिनको सूूर्य अस्ताएको दृश्य अवलोकन पछि, थकित यात्राले विश्राम खोज्यो ।
नयाँ सालको दोस्रो दिन—
युनानको ‘मिल’ क्षेत्रको उत्तरतिर रहेको ‘थाइपिङ ताल’ यात्रा थियो । यसलाई चिनियाँहरुले ‘शान्ति ताल यात्रा’ भन्दारहेछन् । पर्यावरणीय क्षेत्र संरक्षणमा चीनले के गरिरहेको छ भन्ने उदाहरण देखाउने म्यूजियम, अनेक तालहरु त्यसको वरिपरिका क्षेत्रमा रहेका अनेकन फूलहरु, प्याराग्लाडिङ, बँच्चाहरुका लागि खेल्नका लागि सयौं खेल, अनेकन वृक्षहरुको अवलोकन, हिँडेर, साइकल यात्रा गरेर, सानो मनोरेल यात्रा, विजुुली बस, आदिका अनेकन सुविधा रहेछ । यात्राका क्रममा बीच–बीचमा चियाँ कफी स्टेशन, भोजनालय, विश्रामालय त्यसपछि तालमा रहेका अनेकन माछाहरुको दृश्य, शान्ति ताल यात्रा गर्नका लागि शुरुमा ७० चिनियाँ युुआनको टिकट किन्नुुपर्ने रहेछ । जंगल क्षेत्रमा ढ्ङ्गाको कापहरुमा मोटो राखेर फूलाइएका फूलहरु, सडकको दुवै क्षेत्रमा सजाँइएका रुखहरु, सरसफाइ, एकछिन हिँडयो, जब थकाइँ अनुुभव हुुन्छ, विजुली गाडी, रेल चढेर अगाडि बढ्ने सुविधा थियो । हामीले विहान ९ बजे यात्रा शुरु गरेका थियौं, दिनको ३ बजेसम्मको शान्ति ताल यात्राको समय वितेको पत्तो भएन ।
नेपालमा पनि अनेक तालहरु छन, त्यसको संरक्षण र त्यस क्षेत्रको पर्यटन क्षेत्रको विकास कसरी गर्न सकिन्छ भन्ने बारेमा चीनबाट धेरै कुरा सिक्न सकिन्छ । सबैभन्दा महत्वपूर्ण भनेको नियम र सुुविधा रहेछ । चिनियाँहरुले विस्तार गरेको पर्यटन क्षेत्रमा निकै ब्यबस्थित बनाएका छन् । यात्रामा आएका बच्चा, वयस्क, र बृद्व–बुुद्वालाई समेत उपयुक्त सुुविधा हुने गरी मिलाइएको ब्यबस्था देख्दा लाग्छ, चिनियाँहरु धनी र घुुमन्ते दुवै भएका छन् ।
सरकारले नैं जनता देश घुँमेर अर्थतन्त्र चलायमान बनाउन सहयोग गरुन भनेर अनेक पर्यटकीय क्षेत्र विस्तारमा चीनले ठूलो लगानी गरेको छ । प्राकृतिक र मौसमका दृष्टिले चीनको युनान प्रान्त र युनान प्रान्त भित्र रहेका पर्यटकीय क्षेत्र घुम्नका लागि सबैभन्दा उपयुक्त मानिन्छ, त्यसैले होला, मिल बौद्ध मन्दिर र शान्ति ताल यात्रामा हजारौंको संख्यामा चिनियाँ पर्यटनहरु थिए ।
त्यसो त दुवै स्थानको यात्रामा विदेशी पर्यटकहरु मध्ये भियतनामी र लाओस थिए भने नेपालबाट म पनि यात्रा गर्दै थिए । केही चिनियाँहरुले मलाई चाहिँ ‘इन्दु’ रन हो भनेर सोधे, मैले मेयो ‘इन्दु’ निपोअर रन( म भारतीय होइन, नेपाली हो) भनेर आफनो परिचय दिए । चिनियाँ भाषामा ‘इन्दु’ भनेको भारत, ‘निपोअर’ भनेको नेपाल हो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

