विलाशिता के हो ? बाध्यता के हो ? यी एकअर्कामा कति फरक छन् ?

जयन्त भाट
पाटन न. पा. ०९ बैतडी

विलासिता हाम्रो खुशीभन्दा अन्य थप कुराहरु हुन् जसले हामी अझै खुशीलाई प्रष्ट गर्ने माध्यम बनाउछौं, कर्मसँगै प्राप्त हुने प्रतिफल भन्दा जिवनलाई थप सहज एवम् चम्किलो बनाउन जुन कुराको फाईदा भन्दा सौखिनमा मात्रै सिमित रहेको हुन्छ तर बाध्यता हाम्रो त्यो विलासिताका कुराहरुलाई प्राप्त गर्न आईपर्ने प्रत्येक अवरोधहरु हुन् ।

हामी संसारकै सर्वश्रेष्ठ प्राणी हौं, हामीहरु आफ्नो खुशी, अपेक्षा र ईच्छाहरु साधारणतया देखाउन र प्रकट गर्न सक्दछौ तर मानवजाती भन्दा अन्य प्राणीले सजिलै आफ्ना खुशी, अपेक्षा र ईच्छाहरु साधारणतया देखाउन र प्रकट गर्न असमर्थ हुन्छन् । हामी सोच्दछौं संसारिक थुप्रै विलासिता, खुशी, सुविधा प्राप्त गरेमा स्वतः हामी खुशी हुन सक्दछौं र प्राप्तिका विकल्प समेत खोजिरहेका हुन्छौं, हाम्रा आँखाले देखेका, सुनेका, कल्पना गरेका तथा अरुले उपभोग गरेका खुशी प्राप्त गर्ने माध्यम नै हाम्रा लागी पुर्ण हुनेछन् । ति कल्पना गरेका ईच्छा प्राप्तिका लागी आवश्यक न्यूनतम् सिद्धान्त, श्रोत, कर्म हाँमीसँग छ या छैन यो कुरामा समेत निर्भर रहन्छ । खोजिरहेका ति सबै चिज प्राप्तिका लागी हामीसँग उल्लेखित कुराहरु नहुँदा त्यसको आसपासमा समेत हामी पुग्न सकेका हुदैनौं र अर्को कुरा हामी ईच्छा परिपुर्तिका गर्नका निमित्त आफ्नो निरन्तरता र दिर्घकालिन योजना नहुँदा ति चिजहरु प्राप्त गर्न असमर्थ हुन्छौं । एकातर्फ हाम्रा अल्पकालीन विलासिताका ईच्छाहरु अर्कोतर्फ ति ईच्छाहरु प्राप्तिका लागी आवश्यक न्यूनतम् सिद्धान्त, श्रोत र निरन्तर कर्मले गर्दा हामी थकित हुन्छौं । हामीहरु जब थकित महशुस गर्छौं हामीहरु पुनः गन्तव्य नै बदल्न चाहन्छौं ।

यी कुराहरुको विश्लेषण गर्दा हाम्रा ईच्छाहरु सजिलै प्रकट गर्न सक्छौं, अपेक्षा राख्न सक्छौं र हाम्रा यी बाध्यताका अवरोधहरुले अपेक्षित भन्दा निकै कम मात्रामा प्राप्त गर्न र खुशी हुन सक्छौं । निरन्तरता, लगनशील, मेहनत, श्रोतको खोजी, समन्वय र सहकार्य नै हरेक क्षेत्रको उदेश्य प्राप्तिका सामान्य सिद्धान्त पनी हुन् र बाध्यताका बाबजुत पनी हामी केही ईच्छाहरु भने प्राप्त गर्न सक्दछौं ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button