‘फर्मुला’ प्रयोग नगरे लौरा र घण्टीहरू पनि धमिरे पार्टीजस्तै हुनेछन्
विनोद गौतम
हालः जापान
हाम्रा हाई हाई बनेका भविष्यका आशाका लौरा र घण्टीहरू आफ्ना तागत जहाँ जे सक्छन्, त्यसरी लागेका छन । दिन गनेर केहि न केहि काम गरेका छन् । यहाँभित्र कैयौ अराजक पनि लुकेको त छैन ? हाई हाई बन्दै गर्दा बाई बाई हुने त हैनन् ? सिधा नजर काठमाण्डौंतिर लगाउने हो भने एक किसिमका गरिव चेपुवामा परेका छन् । सायद यिनीहरूको व्यवस्थापन केहि सोच्दै हुन काम हेर्नै बाँकी छ । काममा कैयौँ बाधा तगारो तेर्सिन्छन् । सोचे भन्दा कैयौ फरक र निर्दयी छ । यस्लाई पन्छाएर बालेन अगाडि बढेका छन् । यो मान्छेमा घमण्डको पराकाष्ट अहिलेसम्म देखिएको छैन । बिस्तारै ती लखेटिएका, खोसिएका, निमुखाहरूको पहिचान गर्न सकेर ब्यबस्थित गर्न सकेनन् भने दुखद र निर्दयी कार्य हुनसक्छ । यसपछि जनमानस दुई फ्याक हुनसक्छ । यो घातक हो ।
धरानतर्फ भने अलि भिन्न देखिँदैछ । परिचालितको शंका, मपाईको पराकाष्ट छर्लंग देखिन्छ । यो उनको बोल्ने शैली नै त्यस्तै हो कि ? पानी र बिरूवा भन्दा अन्यत्र लागेको देखिएन । अहिले डेंगुको प्रकोप बढेको छ । नियन्त्रणको भरपुर प्रयास देखिएको छैन । अपाच्य र कठोर बोली र बिकासका अन्य काम सँगै जान नसके बजेट फ्रिज हुनसक्ने प्रवल सम्भावना देखिएको छ । आफ्नो एक कार्यकालपछि देखिनको लागि खासै महत्व राखेको देखिदैन । केहि परिपक्वता कार्यमा सम्हालिएनन् भने हाम्रो हाई हाई बाई बाई हर्क हुने हो कि ?
चितवनतर्फ, देखावटी स्टण्ड नगर्दिए हुन्थ्यो । देसमा साझा बस आए, ट्रलि बस आए । ती केहि समयमै अस्ताए । सँगै बस समेत को कस्का खल्तीमा परे सक्किए । भोली यी ब्लु बस पनि यो बाटो पहिल्याए भने ? हजारौको संख्यामा अटो रिक्सा चलाउनेहरूले आवाज उठाए भने ? चितवन कृषि उत्पादनले देशको धेरै समस्या हल गर्न सक्ने क्षमता छ । कैयौ पटक भारतबाट भित्रिने उपजको कारण सडकमा आफ्ना मिहिनेत फालेका छन् । दुध बगाएका छन् । यो मिहिनेत फाल्नबाट रोक्न सक्नु पर्छ । यस्ले थप प्रोत्साहित बनेर कैयौको आत्मनिर्भरता र रोजगारको ब्यबस्था गर्न सक्छ । यस पछि ब्यक्ति आफ्नै साधनमा कुद्न थाल्छ । या यस्ता सर्वसुलभ गाडी प्रयोग गर्न सक्षम हुन्छन् । यस्को अर्थ उच्च रहन्छ । तसर्थ रबिजी स्टण्ड गर्न प्रेरणा दिने वा आफै त्यसैमा होमिनु भएको छ भने त्यहाँका जनताको पहिलो प्रार्थमिकता बुझ्न जरूरी छ । सि के राउतको एउटा भनाई साऱ्है चित्त बुझ्दो छ । तराईका जनतालाई हिलाम्मै भएको बाटो चाहिएको छ कि कृषिको लागी मल भन्दा, मल पाए उब्जाउ हुन्थ्यो । पेट भरिएपछि बाटो त हिड्न सकिन्छ नी भन्ने उत्तर पाएँ भनेका थिए ।
जस्तो मादल बजेको त्यही नाच्दा सुर ताल मिल्छ नाच राम्रो देखिन्छ । तसर्थ यस्ता केहि आशालाग्दा ब्यक्तिहरूलाई हामी जोगाउन चाहन्छौ । जोगिने फर्मुलाको दुरूपयोग गर्न थाल्नु भयो भने हिजोका धमिरे पार्टी र तपाईहरूको औकात फरक देखिदैन ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)