राष्ट्रवादको चट्टानी अडान लिने राजा महेन्द्रको मृत्यु रहस्यमय भयो
सन्निकट राष्ट्रपति निर्वाचनकाे सन्दर्भमा अन्तराष्ट्रिय शक्तिकेन्द्रहरु महिना दिन अघिदेखि चलखेल गर्दैछन् । याे देशकाे माैजुदा राजनीतिक संस्था र तिनका नेतृत्वले त्यस्ता अनपेक्षित चलखेल र हस्तक्षेप राेक्ने तागत राख्दैनन्
ब्यालेट, बुलेट र नेपथ्य !
बाबुराम पाैडेल
नेपालको राजनैतिक इतिहास नै क्रूरताको शृङ्खला हो भन्ने कुरा कोतपर्बदेखि राजा बीरेन्द्रको वंश बिनाससम्मकाे कडीले स्पष्ट पार्छ । मल्ल काल पनि उस्तै थियो । दशबर्षे आन्तरिक बिद्राेह र त्यसका बाछिटा साम्य हुँदा सम्मकाे नेपालकाे राजनैतिक इतिहास रक्तरंजित छ । कैंयाैं देशभक्तहरू त झन् अकालमै मारिए ।
नेपालमा राजनैतिक काेर्ष परीवर्तन गर्न खास गरि २००७ साल देखिनै वा स्पष्ट भन्नु पर्दा ब्रिटिसले भारत छाेडेपछि भारत र उत्तरकाे चीनकाे चासाेले घनिभूत सराेकार राखी आएकाे हाे । काेर्ष परीवर्तनमा आन्तरिक टुल (शक्ति) काे उपरी भूमिका देखाईए पनि खेल खेल्ने अन्तराष्ट्रिय शक्ति केन्द्रहरु नै हुन्/ थिए । नेपालकाे राजनैतिक चासाेमा २००७ काे दिल्ली सम्झाैतादेखि १२ बुँदेसम्म गराउन दक्षिणकाे भूमिका कति जब्बर थियाे भन्ने यथार्थ ऐना जस्तै छर्लङ्ग छ । ती र त्यस्ता सम्झाैतामा लेखिएका ब्यहाेरा जे जस्ता भए पनि नलेखिएका तर पेटबाेलीमा स्वीकारीएका अथाह बिषयहरु र कार्यभार नेपाली राजनैतिक पात्रहरुले फत्ते गर्दै आएका हुन् । आफ्नाे अनुकूलकाे शासक,कार्यकारी वा राज्यका विशेष निकायहरुमा नियुक्ति सम्मकालागि बैदेशिक शक्ति केन्द्रकाे आशीर्बाद लिन नेपाली कठपुतलीहरु बाध्य भए/ बनाईए/ बने । अपबादमा चाँही राष्ट्रबादकाे चट्टानी अडान लिने राजा महेन्द्रकाे मृत्यू रहस्यमय भयाे । बीरेन्द्र मारीए र ज्ञानेन्द्र सत्ताच्यूत गरीएकाे सानाे भूमिका र लगानीले हाेईन ।
नेपालमा कतिपय राजनैतिक कर्मीले बाेल्ने गरेकाे देशभक्ति वा राष्ट्रवाद
सार्बजनिक खपतका बिषय हुन् । लगभग सबै राजनैतिक दलहरुकाे आबरण वाद- शिद्धान्त
कलेवर मात्र हाे । अन्तर्यमा मालिक र मिसनरीकाे कार्यभारमार्फत सत्ता प्राप्ति नेपालका राजनैतिक दलहरुकाे अन्तिम लक्ष हाे ।
शक्ति केन्द्रहरु कसरी खेल्छन् भन्ने कुराकाे सुँईकाे सामान्य नेपाली वा नेपालका सुरक्षा निकायहरुले पाउँदैनन् । पाउने भए राजा बीरेन्द्रकाे बंशै सखाप पार्ने बारेकाे सुँईकाे पाउँथे हाेला नि त ?!
शक्ति केन्द्रहरुकाे अथाह लगानीमा नेपालमा राजतन्त्रकाे अन्त्य गरीएपछि र दशबर्षे हिंसालाई बैधानिकता दिलाईए पछि पनि आफ्नाे अभिष्ठ अनुसार नेपालकाे राजनैतिक काेर्ष तत्कालै डाईभर्ट नहुने देखेर एउटा शक्ति केन्द्र बेचैन थियाे । दोश्रो संबिधान सभाको निर्बाचन राेक्न मतदान हुन १० दिन बाँकि रहँदा २०७० कार्तिक २५ गते चितवनमा एउटा अनपेक्षित दूर्भाग्यपूर्ण घटनाको प्लटिङ्बारे सुरक्षा निकायले पूर्व सूचना प्राप्त गरेर सम्भाभित उक्त घटना निष्क्रिय पारेका थिए । त्यो घटना घटेको भए दाेश्राे सम्बिधान सभाको चुनाव स्थगित हुने, चुनावका लागि त्याे दिनसम्म खर्च भएकाे मुलुकको अरबौ खेर जाने र देशको राजनीति अनिश्चित दूष्चक्र तिर माेडिएर फरक काेर्ष लिने निश्चित थियो । “state secret” को कारणले त्यो के थियो भन्न त मिल्दैन । तर बैदेशिक शक्ति केन्द्रले नेपालभित्र खेल्न कस्ता सम्म आन्तरिक शत्रु र देश द्राेहीलाई उपयाेग गर्दा रहेछन् भन्ने रहस्य चाँही थाहा पाईयाे । ३० वर्ष मुलुककाे एउटा सुरक्षा निकायमा काम गर्दा मेरो अन्तर आत्माले आत्मसात गरेकाे तथ्य के हाे भने “A single bullet can change the course of nation” अर्थात “एउटै बन्दुककाे गाेलीले मात्र पनि कुनै एउटा देशकाे काेर्ष परीवर्तन गर्न काफी हुन्छ ।” यहाँ त सयाैं टन बारुद पडकाईयाे, लाखाैं गाेली दूरुपयाेग गरीए र देशकाे अरबाैं सम्पत्ति नष्ट गरीयाे ।
२०७२ मा एउटा छिमेकीले सुझाएका बिषयहरु सम्बिधानमा नसमेटी जबर्जस्त राष्ट्रिय सहमति बनाएर नयाँ सम्बिधान जारी गर्दाकाे तेश्राे दिनदेखि देशले भाेगेकाे नाकाबन्दी भाेग्याे । २०४७ मा भएकाे राजनैतिक परीबर्तनले बिकाश र आत्मनिर्भरता तर्फ बामे सर्नै लाग्दा २०५२ मा गृह युद्ध जन्माईयाे ।
याे देशमा राजनैतिक प्रणाली परीवर्तन गरीरहन धेरै पटक ब्यालेट र बुलेटअरु प्रयाेग भए । हरेक पटक ब्यालेट
ले दिने जनादेशकाे कार्यभार लिने मान्छे कहीं कतै (नेपथ्य) काे बुलेट
ले तर्सिन्छ र उ सँग आत्मसमर्पण गर्छ । याे देश यसरी गुज्रीनुकाे मूख्य श्राप चाहिँ भू-राजनीतिक अवस्थिति हाे र सहायक कारणहरु चाँही राजनैतिक दलहरु र तिनका नेताका मुलुक बनाउने एजेण्डा बिहीन सत्ता लिप्साका पहलुहरु हुन् ।
सन्निकट राष्ट्रपति निर्वाचनकाे सन्दर्भमा अन्तराष्ट्रिय शक्तिकेन्द्रहरु महिना दिन अघिदेखि चलखेल गर्दैछन् । याे देशकाे माैजुदा राजनीतिक संस्था र तिनका नेतृत्वले त्यस्ता अनपेक्षित चलखेल र हस्तक्षेप राेक्ने तागत राख्दैनन् । शक्ति केन्द्रले चाहिँ देखिने गरि ब्यालेट
बाट बुख्याँचा बनाउने र आबस्यक परे बुलेट
समेत खपत गर्ने सम्मकाे हर्कत गर्न सक्ने कुरालाई ईतिहास सम्झेर असंभव मान्न सकिन्न ।
आगे, इश्वरकाे मर्जी! श्री पशुपतिनाथले नेपाल र नेपालीकाे रक्षा गरून् !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)