विद्यार्थी जीवनमा अतिरिक्त क्रियाकलाप भविष्यमा महान परिणाम दिने प्रभावकारी प्रकृया हो

सुमन घिसिङ
मण्डन देउपुर नगरपालिका, काभ्रे

विद्यार्थी भनेको कुनै विषयमा अध्ययनरत व्यक्ति तथा सिकारु हो । उसले औपचारिक शिक्षाका क्रममा बिताउने समग्र समय नै विद्यार्थी जीवन हो । विद्यालयमा औपचारिक रुपमा पढ्ने, लेख्ने, बोल्ने, नयाँ व्यवहार सिक्ने बाहेकको अन्य कलात्मक विविध क्रियाकलाप अतिरिक्त क्रियाकलाप हो । विकसित समाजसँगै र मानिसको विकसित मानसिकतासँगै एकपछि अर्को आवश्यकताले गर्दा विविध कुराहरुको जन्म भएको छ, जसबाट मानिसले जीवन विविध तरिकाले जीवन चलाउन प्रशस्त मार्ग पाएको छ ।

कला, साहित्य, संगीत, नृत्यसँगै विभिन्न खेलहरुले आज पृथ्वीमा रहेको प्रत्येक व्यक्तिको जीवन बचाउने र चिनाउने काम गरेको पाइन्छ । मानिस एक प्रगतिशील प्राणी हो । उसलाई बचाउन र उसलाई बाचुन्जेल सन्तुष्ट राख्न उसले विविधको कुराहरुको शारीरिक र मानसिक रुपमा भोग गर्ने गर्दछ । प्रत्येक मानिसले आफ्नो इच्छा अनुसारको कर्म र आवश्यकताको माग फरकफरक किसिमले गरेका हुन्छ । त्यसैले पृथ्वीमा रहेको प्रत्येक चिजबिजको आ–आफ्नै महत्त्व रहेको छ ।

विद्यालय भनेको किताब पढ्ने थलो मात्र नभएर विभिन्न नयाँ कुराहरुको खोज गर्ने स्थल र नयाँ नयाँ व्यवहारको सृजना गर्ने थलो पनि हो । वर्तमानसम्म आइपुग्दा समयसापेक्ष पाठ्यक्रम परिवर्तन गरे झैँ व्यक्तिको वैयक्तिक भिन्नताका आधारमा पढ्ने, लेख्ने, परीक्षामा प्रथम हुने मात्र बाहेकको नाच्ने, गाउने र खेल्ने अतिरिक्त कक्षाहरु संचालन गर्नु आवश्यक छ । विद्यार्थी जीवनमा अतिरिक्त क्रियाकलापको महत्त्व अतुलनीय छ ।

पौराणिक कथादेखि नै सुरु भएका विभिन्न संगीत तथा नाचहरुले आहिलेसम्म आइपुग्दा विविध रूपमा परिवर्तन भएर आएको पाइन्छ, जसको महत्त्व छुट्टाछुट्टै स्थान र महत्व रहेको छ, जसको परिणाम नेपाललगायत विश्वमा विभिन्न विश्वस्तरीय प्रतियोगिताहरु भएको देखिन्छ । यस्ता प्रतियोगिताहरुले विभिन्न देशहरुलाई चिनाएका छन् भने त्यहाँको कला, संस्कृति, सम्पदालाई विश्वमा देखाउने अवसर प्राप्त गरेका हुन्छन्, जसबाट व्यक्तिले जीवनका लागि आर्थिक लाभ, आत्मसन्तुष्टी र अरुलाई मनोरञ्जन दिएर सहयोग गरेका हुन्छन् । जसकारण गणितमा कमजोर, अङ्ग्रेजी अथवा नेपालीमा विद्यालयको सामान्य शिक्षा जानेका तर अन्य अतिरिक्त क्रियाकलापमा दक्ष विद्यार्थीहरुलाई कुनै एक क्षेत्रमा स्थापित गराएर व्यक्तित्व विकास, विद्यालय, समाज र देशलाई कलाको मध्यमबाट विश्वसामु उभ्याउन सक्नेछौँ ।

कला आफैंमा शक्तिशाली हुन्छ । कलाले मानिसलाई शारीरिक र मानसिक तन्तुरुस्त साथै कुनै अनुशासित नियममा बाध्न सिकाउँछ । कुनै मान्छेलाई मार्ने कि बचाउने अथवा कसरी बचाउने भन्ने कुरा कलाको क्षेत्र अनुरुप फरकफरक हुने गर्दछ । आज एउटा डल्लो भकुण्डोले संसारले चिन्ने, माया गर्ने मेस्सी, रोनाल्डो, पेले, म्याराडोना, रोनाल्डिनो जस्ता जन्मायो भने भोलि हाम्रो मौलिक कलाले पनि त्यस्तै महान् व्यक्तिहरुको जन्म गराउन सक्छ । आज एउटा डल्लो क्रिकेटले विराट कोलि जन्माए भने नाचको प्रचलनले माइकल ज्याक्सन र एउटा कागजमा चित्र कोर्ने कलाले अब्राहम लिङ्कन जस्ता व्यक्तिहरुको जन्म हुन् पुग्छ । त्यसैले जीवनमा आफूलाई सजिलो लाग्ने र आफूलाई मनपर्ने विषयमा लागि परिरहनुपर्छ, भोलि हामी सम्पूर्ण विद्यार्थी आ–आफ्ना ठाउँ स्थापित हुन सक्छौँ । बढ्दो जनसंख्याले गर्दा बढ्दो कलाको निर्माण भएको छ । आज हजारौं विद्यालयहरुले अतिरिक्त क्रियाकलाप कक्षाहरुको संचालन गरेकै कारण विद्यार्थीहरुको चाप बढेको देखिन्छ । त्यसैले किताबी ज्ञानको अतिरिक्त अन्य विधाहरुमा सिकारुहरु लाग्न आवश्यक छ ।

सानैदेखि निरन्तरता दिएको खण्डमा एउटा असल कलाकार र देशको सफल नागरिक बनी देशको सेवा गर्न सक्छौँ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button