कस्तो परिस्थितिमा पति-पत्नी छुट्टिनु बुद्धिमानी हुन्छ ?

सम्बन्धबिच्छेद अन्त्य होइन, सुरुआत हो

प्रा.डा. वीणा पौड्याल

जोडी स्वर्गमा निर्धारण हुन्छ भत्रे प्रचलन छ हामीकहाँ । धर्म परम्परामा आस्था राख्ने हाम्रो समाजमा एकपल्ट विवाह भएपछि त्यसलाई जीवन भर नै कायम गनुपर्ने सोचाइ छ । विवाह गर्दा अग्निलाई साक्षी राखेर पतिपत्नीले दुःख र सुखमा साथ दिने वाचा गर्दछन् । आकाश र पृथ्वी, बिष्णु र लक्ष्मीसँग आफूलाई दाज्दै जुगजुग सँगसँगै बस्ने प्रतीज्ञा गर्दछन् ।

हिन्दू विवाहको मूल उद्देश्य नै सन्तान (पुत्र) प्राप्ति हो । यो लोकमा हेरचाह र परलोकमा मुक्ति प्राप्त गर्न सन्तानको जन्म आबश्यक मानिन्छ । त्यसैले विवाहपछि सन्तान भएन भने पतिले दोस्रो, तेस्रो गर्दै बहुपत्नी विवाह गर्ने प्रथालाई समाजले सहजै ढंगले लिंदै आएको छ । कानुनद्वारा बहुपत्नी प्रथामा बन्देज लगाए पनि हामीकहाँ अझै यो निर्मूल हुनसकेको छैन । पतिद्वारा शारीरिक र मानसिक शोषण भए पनि पति परमेश्वर भन्दै ती सबै सहेर बस्ने प्रवृति प्रशस्तै छ ।

सन्तान भएको वा नभएको महिलाले हैकम र अत्याचार सहँदै आएका छन् । पुरुषको अधिपत्य सहजै ढंगले स्वीकार गर्ने हाम्रा नारीहरुले सन्तानको भविष्यको बिचार गरेर पनि पतिसँग छुट्टिएर बस्ने कदम चाल्दैनन् । छोरीका आमा त यस बिषयमा अझ बढी सजक हुन्छन् । आमा त त्यस्ती, छोरी झन् कस्ती होली भनेर समाजले औंला ठड्याउने डरले महिला घरभित्रै शोषित भए पनि मुख खोल्दैनन् ।

अधिकांश आमा आफ्नो वर्तमानभन्दा छोराछोरीको भविष्यप्रति बढी चिन्तित हुन्छन् । उच्च र मध्यम वर्गका अधिकांश परिवारमा एउटै छानामुनि बसे पनि पतिपत्नीबीचको सम्बन्ध बाहिर संसारलाई देखाउने खालको मात्रै हुन्छ ।

सम्भ्रान्त, उच्च र मध्यम वर्गसँगै निम्न वर्गको पुरुषले पनि महिलाको गतिशीलताको स्वतन्त्रतामा आफ्नो अंकुश लगाएको उदाहरण थुप्रै छन् । प्रायः सबै धर्म र बिशेष गरेर हिन्दू धर्मका अधिकांश ग्रन्थहरुमा पतिपत्नीको सम्बन्ध दर्शाइएका कथामा पत्नीलाई पतिव्रता र सतिको रुपमा उभ्याइएको हुन्छ । पत्नीको सबैभन्दा ठूलो गुणको रुपमा पतिको आज्ञाको पालन घरका सदस्यहरुको सेवा, यौन इमानदारी आदि बिषयलाई जोड दिइएको हुन्छ ।

यसरी पौराणिक कथाहरुको उदाहरण दिएर महिलालाई मानसिक रुपले तयार बनाउन पुरुषहरुले सफल भूमिका निभाउँदै आएका छन् । प्रायः सबैजसो धार्मिकग्रन्थका रचयिता पुरुष नै भएकाले यस्तो भूमिका निभाउन उनीहरुलाई बिषेश पहल गर्नु जरुरी भएन । सानो बेलादेखि नै सुन्दै, पढ्दै आएका धार्मिक आख्यानले गर्दा पनि अधिकांश महिलालाई पतिबाट छुट्टिएर नयाँ जीवन सुरुवात गर्न सकिन्छ भत्रे विचार नै पलाउँदैन । नयाँ विचार आइहाले पनि पाइला चाल्न आँट आउँदैन ।

एउटा स्वतन्त्र स्वच्छ र प्रगतिशील नयाँ जीवन सुरु गर्न धर्मका नाउँमा रचित छरपष्ट ग्रन्थले महिलालाई बाधा पु¥याइरहेका छन् । त्यसैले धर्मको चुरो बुझ्न महिलामा शिक्षा र चेतनाको ठूलो खाँचो छ । उदाहरणको रुपमा हिन्दू धर्मलाई नै औंल्याउन सकिन्छ । यस धर्मका मूलग्रन्थमा बताएका ज्ञान लिनसकेमा पुरुष र महिलालाई समान रुपमा प्रस्तुत गर्दै अर्धनारेश्वरको स्वरुपमा प्रस्तुत गरिएको छ । त्यसैले पतिपत्नी भनेका एक अर्काका साथी हुन् दासदासी प्रतिस्पर्धी हैनन् भत्रे बुझ्न सकिन्छ । आफ्नो व्यक्तिगत जीवन जिउन पुरुषलाई जस्तो सामाजिक र धार्मिक स्वतन्त्रता छ महिलालाई पनि छ । यसरी सोच्ने बित्तिकै एउटा स्वतन्त्र जीवनको सुरुवात गर्न सकिन्छ ।

मिलेर बस्नसके पतिपत्नी एकअर्काका जीवनसाथी हुन् तर सधै एकतर्फी बलिदानको आशा भने गर्न मिल्दैन । पति वा पत्नीले अन्याय, अत्याचार, विभित्र कुरामा नियन्त्रण खपेर पनि सँगै बस्नुपर्छ भत्रे छैन । एउटा जिन्दगी स्वतन्त्र भएर जिउन सकिन्छ । निस्सासिएर, पाक्किएर असन्तुष्ट भएर एकै ठाउँमा बस्नुभन्दा छुट्टिएर नयाँ जीवनको सुरुआत गर्न सकिन्छ ।

पति र पत्नी दुवै आ–आफ्नो ठाउँमा ठीक भए पनि एक अर्का सँगै विविध विचार र रुचिमा भित्र हुन सक्छन् । त्यस्तो परिस्थितिमा छुट्टिएर बस्नु नै बुद्धिमानी हुन्छ । चित्त नबुझी–नबुझी सँगैसँगै बस्दा आ–आफ्नो व्यक्तित्वको विकास गर्न सकिदैन । पति–पत्नीको विचार नमिलेपछि पारपाचुके गरेर बस्दा त्यसलाई दुःखान्त मात्रु हुँदैन । दुवैले एकअर्काबाट मुक्ति पाएको मात्रुपर्दछ ।

हाम्रा विभित्र धार्मिक ग्रन्थहरुले मानव जीवनको क्षणभङ्गुरता र महत्वको बारेमा थुप्रै वर्णन गरेका छन् । त्यसैले एउटा जीवनमा आफूले आँटेका महत्वपूर्ण कार्य पूरा गर्न बाधा अड्चन छन् भने, तिनलाई पन्छाएर नयाँ जीवन रोज्नु बेचैनीबाट छुट्कारा पाउनु हो । एउटै छाना मुन्तिरको कोठामा विपरित दिशातर्फ फर्केर बस्नुभन्दा अलग बस्नु बुद्धिमत्ता हो । त्यसैले सम्बन्धबिच्छेद भनेको अन्त्य होइन, सुरुआत हो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button