… तर, ओलीको पछिल्लो अन्तर्वार्ताको म उच्च सम्मान गर्छुः भीमार्जुन आचार्य

भीमार्जुन आचार्य

कानून र संविधानमाथि प्रधानमन्त्री केपी ओली र उहाँको सरकारले गरेका तमाम हर्कतमाथि मेरा असहमति छन् । तर, प्रधानमन्त्री ओलीले हालसालै भारतीय मिडियाका लागि दिनु भएको अन्तर्वार्ताको म उच्च सम्मान गर्छु । देशको सार्वभौमिकता र स्वाधीनताको सम्मान र प्रतिरक्षा गर्नु हरेक नागरिक र राज्यका पदाधिकारीको कर्तव्य हो । प्रधानमन्त्री ओलीले अन्तर्वार्तामार्फत यो कर्तव्य पूर्णरुपमा पालना गर्नु भएको छ ।

अरूको उस्काहटमा नलागेर कानून-संविधान र आफ्नो विवेक अनुसार उहाँ चल्न सक्नु भएको भए वा उहाँलाई चल्न दिइएको भए मुलुकले उहाँमाथि सधैं गर्व गर्न सक्थ्यो । उहाँ निकटस्थ कतिपय चाटुकार र लम्पटहरूले उहाँलाई कानून र विवेक अनुसार चल्न दिएनन्, जसको ‘सफरर्’ आज स्वयम् प्रधानमन्त्री र सिंगो मुलुक हुन पुगेको छ ।

जय देश ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button