बलात्कृत भयो भन्छन्, के हो त खास कुरा ? भन्देऊ न साथी मलाई

ईज्जत

अनामिका बस्नेत

नारीको ईज्जत के हो ?
जोवन के हो ?
भन्देऊ न साथी मलाई्र ।

नारीको नासो के हो ?
हाँसो के हो ?
भन्देऊ न साथी मलाई्र्र ।

बलात्कृत भयो भन्छन्
के हो त खास कुरा ?
भन्देऊ न साथी मलाई ।

लुगा च्यातिएन भन्छन्
रगताम्मे भाको छैन भन्छन्
के हो त खास कुरा
भन्देऊ न साथी मलाई ।

बलात्कृतको परिभाषा के हो त खास
आज मलाई विश्लेषण गरिदेउm न साथी मलाई ।

ईज्जत गएपछि मेरो ईज्जत गयो भनेर
झुन्निएर मरे मात्र बलात्कृत हो कि ?

ईज्जत लुटिएपछि
त्यहि बलात्कारीले हत्या
गरेपछि मात्र बलात्कार हो कि ?

मायामा जोवन दिएछिन् रे गल्ती पो भो कि ?
ईज्जतको ठाउँमा बेईज्जत गर्देयो रे धोका पो हो कि ?

नारी बलात्कृत भयो भन्छन्
के हो त खास कुरा
भन्दे ऊ न साथी मलाई ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

  1. बलात्कार
    साचै केटा भका हुन कि साचै केटि नै भकी हुन
    भन्देउ न कोहि मलाई??
    भागिरथी भट्त र निर्मला पन्त गुमनाम किन छन
    कोहि भनिदेउ न मलाई
    पैसा को रवाफ होकि
    जोवन को ताप हो ??मन मिलुन्जेल रङमन्च जीवन
    हुने मन नमिले पछि
    किन सब बलात्कारी हुने??कोहि कोसैले भनिदेउ न मलाई??
    नारी कोरा कागज हो
    लेख्ने अधिकार स्वम लेनिर्धारण गरिनु पर्छ ।होकि होइन भनी देउ न मलाई।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button