गम्भीरः सन्तान भएर खुशी कि नभएर ?

कमला केसी

यदि सन्तान भएर व्यक्ति खुशी हुँदो हो भने आफ्ना सन्तानको सफलतामा मात्र खुशी नभै असफलतामा पनि खुशी हुनुपर्ने जस्तो लाग्छ ।

यहाँ त आफ्ना सन्तानले राम्रो काम गर्यो, आफुले भनेको मान्यो, अरुको छोराछोरीले भन्दा धेरै पढ्यो, कमाई गर्यो, आफुलाई माया गर्यो र आफुले भने जस्तै गरेर सुविधा सम्पन्नताका साथ राखिदियो भने मात्र सन्तान भएर खुशी देखिन्छ हैन भने यस्ता सन्तान हुनुभन्दा नभको नै वेस भनिएको सुनिन्छ ।

फेरि यता सन्तान भएन भनेर खैत खुशी भको ? विडम्बना, सन्तान प्राप्तीको ईच्छाले तडपिरहेको हुन्छ । सन्तान प्राप्त गर्नको लागि आफ्नो भएभरको सम्पति खर्चिन्छ । आफुले जाने, थाहा भएसम्म गरिन्छ तैपनि सन्तान प्राप्त हुँदैन ।

जिन्दगीभर सन्तान प्रप्तिको इच्चाले तड्पितड्पी आफ्नो इहलिला समाप्त गर्दछ । व्यक्ति न त सन्तान भएर खुशी हुन्छ न त नभएर खुशी हुन्छ । त्यसैले मलाई लाग्छ, व्यक्ति खुशी हुनको लागि त आफैले आफूभित्र फर्की जे भैरहेको छ त्यो सब हरि इच्छाले नै भएको छ भन्ने स्वीकार गरी आनन्दीत हुन सकियो भने व्यक्ति हर क्षण खुशी नै खुशी हुनसक्छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button