लोकतन्त्रको सुन्दर पक्ष

प्रदीप उप्रेती
डिल्लीबजार, कालिकास्थान

मूलतः विधीको शासन पद्धतीलाई विश्व–सम्प्रदाय लगायत नेपालले पनि आत्मसाथ गर्दै आएको छ । तसर्थः सम्बन्धित मुलुकको मूल कानून संविधानले प्रदान गरेको नागरिक स्वतन्त्रता एंव मौलिक हक–अधिकारलाई समाजमा प्रतिस्थापन गर्नको खातिर भयरहित वातावरणको निमार्ण गर्दै नागरिक सुरक्षाको पूर्ण प्रत्याभूती नै आदर्श लोकतन्त्रको मूल्य, मान्यता एवं सिद्धान्त समेत हो । उक्त मूलभूत सिद्धान्तको जगमा माथि उठी नागरिक समाजको हितको लागि कार्य आरम्भ गर्ने प्रयास नै लोकतन्त्रको अर्को सुन्दर पक्ष हो जसमा राज्य एवं नागरिक समाजको समन्वयात्मक भुमिका झल्किने छ भन्दा फरक नपर्ला ।

यस विपरित नागरिक समाजमा बहाल रहेको शान्ति तथा अमन–चयनमा बाधा अवरोध उत्पन्न गरी–गराई भयभित वातावरण तयार गर्दै राज्यपक्षलाई वाध्यात्मक अवस्थामा सिमित तत्वबाट संञ्चालन गरिएको अराजक गतीविधीलाई लोकतन्त्रको नाममा रुपान्तर गर्न खोज्नु गैह् लोकतान्त्रिक सस्कृतीको उपज मात्र हो । तत्पश्चात ध्वन्सात्मक एवं अराजक क्रीयाकलापलाई कथीत लोकतान्त्रिक चरित्रको संज्ञादिदै सम्बन्धित मुलुक लगायत विश्व जनमतलाई भ्रमीत तुल्याउने चेष्ठा गरिन्छ । यस प्रकारका आपराधिक मनोवृतीले भरिपूर्ण क्रियाकलापलाई कुनै पनि हालतमा लोकतान्त्रिक पद्धती मान्न सकिदैन । प्रस्तुत विडम्बना यूक्त ब्यवहार नै लोकतन्त्रका लागि घातक सिद्ध हुने तथ्यहरुले प्रमाणित गरिसकेको छ ।

अराजक समुहद्धारा संञ्चालित यस प्रकारका ब्यवहारले अन्नत लोकतन्त्रको नै उपहास गर्ने कुरामा हामी कसैको पनि दुईमत हुन सक्दैन । किनकि गलत अभिष्ठ पुरा हुने आधार तयार नभए आपराधिक समुहको बाहुल्यता बढ्न जाने तथ्यलाई अन्यथा लिन मिल्दैन । जसको प्रत्यक्ष वा परोक्ष प्रभाव नेपाल पनि नपरेको भने होइन ।

समाजमा ब्याप्त त्रासजन्य परीस्थितीले तयार पारेको अवस्थालाई मौन समर्थन गर्दै जाने हो भने नागरिक स्वतन्त्रताको नाममा अराजकता साट्ने बातावरण तयार हुने देखिन्छ । यदि कुनै पनि पक्षद्धारा संञ्चालित ध्वन्सात्मक क्रियाकलापलाई बेलामै रोक्ने प्रयास नगर्ने हो भने, प्राप्त लोकतन्त्रको सुदूर भविष्यप्रती प्रश्न चिन्ह् खडा हुनेछ । तसर्थ मानविय क्षति न्यूनिकरणका अतीरिक्त लोकतन्त्रको आधारभूत मूल्य एवं मान्यताप्रति पर्न सक्ने गम्भिर खतरालाई ह्रदयंगम गर्दै अराजक समुहसग असान्दिर्भिक सम्झौता गरी, उनिहरुको असबैधानिक मागलाई कुनै पनि हालतमा पुरा गर्नु हुदैन । यस प्रकारका गैह्संबैधानिक ब्यवहारले लोकतन्त्रलाई कमजोर पार्दै अघोषित रुपमा अराजकतालाई मात्र प्रोत्साहित गरेको ठहर्नेछ ।

प्रस्तुत क्रियाकलाप दलिय आधारमा होस् वा अन्य कुनै आपराधिक समुहकै कारण किन नहोस् बृद्धि हुन गएमा मुलुकमा चरम अतिवादको विकास हुने यस क्षेत्रका जानकारहरुको बुझाईमा रहेको पाईन्छ । तसर्थः संघात्मक स्वरुपमा आवद्ध रहेका आम नेपाली नागरिक समुदायका जायज मागलाई बेलामै संम्बोधन गर्नेतर्फ राज्य चनाखो हुनु अति नै जरुरी भई सकेको छ । अन्यथा अराजक समुह हावि भई अवस्था काबु भन्दा बाहिर जान सक्नेछ । मुलुकको सुरक्षासंग प्रत्यक्ष जोडीन आएका यस प्रकारका तथ्यलाई नजरअन्दाज गर्नु न्यायोचीत कदम हुदै होईन ।

राज्यपक्षबाट लोकतन्त्रको नाममा हुन सक्ने सम्भावित अराजक गतीविधीलाई न्यून गर्नको लागि के कस्ता समुहलाई लोकतन्त्रवादी समुहको कोटीमा राख्ने यसका अतीरिक्त ध्वन्सात्मकतामा रमाउन खोज्ने समुहलाई हेर्ने नजरमा भिन्नता ल्याउनु समयको माग हो । किनकी एउटै मापडण्ड बनाएर सम्बन्धित पक्षको मापन गर्नु भन्दा पनि दरिलो आधार सहितको निश्चित मापडण्ड खडा गरी रत्तिभर विचलिन नभई आफ्नो कार्यारम्भ गर्नु नै लोकतन्त्रलाई संस्थागत गर्दै रक्षा गर्नु समेत हो । अराजक एवं ध्वन्सात्मक समुहलाई लोकतन्त्रको नाममा छुट दिदै जाने परम्पराको विकासले एकातिर समग्र मुलुकको आर्थिक विकास लगायतका कार्यमा असंबैधानीक समुहको प्रभावजन्य असरका कारण त्रासउन्मुख अवस्था सिर्जनाभई विकासका दरहरुमा न्यूनता छाउने प्रवल सम्भावना रहन्छ । जसको ऋणात्मक असरका कारण आगामी कैयौ दशक सम्म मुलुकमा स्थायीत्व, शान्ति तथा आर्थिक समृद्धिमा हस आउने निश्चित छ ।

अतः शान्तिमय वातावरणमा धमिलोपनको आभाष हुने हो भने, त्यस अवस्थामा लोकतान्त्रिक क्रियाकलापमा अराजकता हावि हुने प्रवल सम्भावना रहन्छ । उत्पन्न हुन सक्ने सम्भावित परीस्थितीसंग जुध्दैं लामो समयको अन्तरालमा लोकतन्त्रले आफ्नो सहि गन्तब्य निर्धारणगर्दै सफलता उन्मुख पथमा अगाडी बढन लागेको वर्तमान परिवेशमा लोकतन्त्रको संरक्षण र संस्थागत गर्नु मुलुक र जनहितकारी कार्य हो । यदि यस प्रकारको वातावरण निमार्ण गर्न राज्य असफल रहन्छ भने, राजनितिक अशान्तिको विज–विजारोपण हुने तथ्यलाई अन्यथा लिन मिल्दैन । किनकी कतिपय राजनीतिक मुद्दाहरुमा समाधानका लागि हाल सम्म गरिएका प्रयासले अर्थपूर्ण रुप धारण गर्न नसकेकै कारण समस्या समाधानका लागि विशेष पहलकदमी गर्नु अत्यन्त जरुरी भई सकेकोछ । विपरित अवस्था सिर्जना भए मुलुकमा नविनत्तम द्धन्द्धात्मक परीस्थितीको सामना गर्नु बाहेक अर्को कुनै विकल्प हामि सामु रहदैन ।

तसर्थः प्राप्त लोकतन्त्रलाई संस्थागत गर्ने नाममा अराजकतालाई कदापी प्रोत्साहित नगरौं यी यस्ता ब्यवहार हुन् जसले अघोषित रुपमा लोकतन्त्रको आवरणमा ध्वन्सात्मक क्रियाकलापलाई मात्र संस्थागत गर्ने प्रवृतिलाई बढ्वा दिनेछ । प्रस्तुत कदम लोकतन्त्रको आधारभूत मूल्य, मान्यता तथा आर्दश विपरितका चरित्र भएको हुदाँ लोकतन्त्रमा अराजकता खोज्ने प्रयत्न कदापी पनि नगरौ । आमनागरिक समुदायको पूर्ण सुरक्षाको अतिरिक्त न्यूनत्तम आधारभूत आवश्यकतालाई सहजै प्रत्याभूती कायम गर्न लोकतन्त्र सक्षम रहन्छ भने, अराजकताका नाममा हुने गरेको कुनै पनि कार्यले तिरस्कार बाहेक अन्यथा केहि प्राप्त गर्न सक्दैन । त्यसो भएको हुदाँ लोकतन्त्रको विकास तथा विस्तारको लागि अराजक गतीविधी विषबृक्ष समान भएको हुदाँ यसको निर्मूल नै संस्थागत लोकतन्त्रको जर्गेना हो । तदुपरान्त लोकतान्त्रिक शासन पद्धतीले धेरै हदसम्म नागरिक सुरक्षाको प्रत्याभूती बहाल राख्दै समयानुकुल मुलकबाट अराजकतालाई क्रमश प्रतिस्थापन गर्दै शान्ति, स्थायीत्व एवं नागरिक अधिकारको रक्षार्थ अहोरात्र दक्तचीत भएर लाग्ने सुअवसर प्राप्त हुनेछ जसलाई सम्मुन्नत लोकतन्त्रको सुन्दरपक्ष मान्न सकिन्छ ।

अन्त्यमाः के भन्न सकिन्छ भने लोकतन्त्रमा अराजकता कदापी अटन नसक्ने हुँदा अराजक गतिविधीलाई क्रमशः सून्यतातर्फ प्रतीस्थापन गर्दै आर्दश लोकतन्त्र प्रति पूर्ण विश्वस्त तथा कटीबद्ध रहन नागरिक समाजलगायत सम्पूर्ण लोकतन्त्रवादी समुहलाई प्रेरणादायी भूमिका निर्वाह गर्नुपर्नु हुन्छ । जसका कारण संक्रमणकालीन द्धन्द्धात्मक अवस्थाको अन्त्य भई नागरिक सर्वोच्चता कायम रहन जाने तथ्यलाई कुनै पनि हालतमा नजरअन्दाज गर्न मिल्दैन ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button