मलाई त दुई दिने बिदा खुबै मन परेकाे थियाे

डम्बर खतिवडा

हप्तामा दुई दिन विदा दिने निर्णयकाे बिराेध र फिर्ता चाहिँ खासमा किन भए छ ? मान्छे/ कर्मचारीले सुख्ख, धेर आराम पाउँने भए भनेर हाे कि काम कम हुन्छ भनेर ?

पहिलाे कारण हाे भने- त्याे परपिडक चिन्तन हाे, अरु खुशी हुँदा आफू दुखी हुने, अर्काकाे कार्यबाेझ र दुख्ख बढ्दा आफू खुशी हुने साेच । दाेस्राे कारणले भए त्याे पिछडापनकाे संकेत हाे ।अबकाे युगमा कार्यघण्टा हैन, उत्पादकत्व बढाउने हाे । गधाजस्ताे धेरै समय काम गरेर थाेरै काम निकाल्ने, थाेरै कमाउने हैन, थाेरै समयमा फटाफट धेरै काम गर्ने, धेरै कमाउने र मान्छेका आराम र सुख्ख बढाउँनेतिर पाे लाग्ने हाे त ।

मलाई त दुई दिने बिदा खुबै मन परेकाे थियाे ।

(खतिवडाको फेसबुबाट)


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button