
महानगरमा महाखराब महानुभावका मनपरी
अबचाहिँ गमला चाेर्ने, गुटखा थुक्ने, भित्ता भिजाउने समेतका नकच्चराे काम नगराैं है !
बाबुराम पाैडेल
बालेन-सुनिताले काठमाण्डाै महानगरमा ५ बर्ष सुशासन गर्न जनताकाे अभूतपूर्ब म्याण्डेड पाएपछिकाे पहिलाे बाेर्ड बैठकमै महानगरमा खटकेकाे सार्बजनिक साैचालयहरुकाे समस्या समाधानतर्फ ध्यान केन्द्रित गरे ! महानगर वा अन्य दाताकाे लगानीबाट तत्कालै भाैतिक रुपमा साैचालयहरु बनाउने अवस्था नभएका कारण त्यहाँका हाेटेल, रेष्टुराँ, प्रतिष्ठानहरुका साैचालयहरु अस्थायी रुपमा प्रयाेग गर्न दिन महानगरले गरेकाे आग्रहलाई केहीले उत्साहजनक रुपमा लिएर आ-आफ्ना साैचालयहरु सार्बजनिक प्रयाेग कालागि खुल्ला गरेकाे देखियाे ! “Balen for us, we for Balen” लेखिएका बाेर्डहरुसहित काठमाण्डाै महानगरकाे सिकाे माेफसलका सहरहरुमा समेत पछ्याउन थालिएकाे छ ।
तर हामी नेपालीहरु अपबादलाई छाडेर गमलाचाेर, गुटखे, फाेहाेरी र साँच्चै भन्ने हाे भने कानूनकै डण्डाले तह लगाए मात्र थात ठेगानमा आउने हदैसम्मका नकच्चराे छाैं र पाे त ! शार्क सम्मेलनताका काठमाण्डाै सिंगार्न राज्यकाेष खर्चेर लगाईएका फूल र डेकाेरेटिभ प्लान्टहरु पाए गमलासंगै नपाए उखेलेर नीजि गाडीमा हालेर घर लैजाने कतिपय चाेर नवसम्भ्रान्तहरु समेत बस्ने सहर पाे त काठमाण्डाै महानगर !
प्राय: सबैजसाे सरकारी अस्पताल, कलेज,बिद्यालयका साैचालयहरु हेरीनसक्नु, गैनसक्नु दूर्गन्धित मात्र हाेईन कि प्यानहरुमा ईट्टा ढुंगा काेचिएका, फुटालिएका, प्याडहरु छरपष्ट फालिएका छैनन् र ? गुटखा खाएर भित्तामा थुकिएका,तिनका खाेल प्याकेटहरु यत्रतत्र फालिएका, प्यान छाडेर भित्तामा पिसाब फेरीएका र अझै क्याम्पसका साैचालयका भित्ताभरी केटा केटीकाे नाम लेखेर हदैसम्मकाे नकच्चराे काम गर्ने तपाईं हामी मध्येकै हाेउँला कि ?
देशकाे राजधानीबाट नागरिकले केही अनुशासन, मर्यादा वा शिक्षा लिनु पर्नेमा हामी नेपालीहरुकाे हरामीपन र कन्तबिजाेगी ताल देखेर कानून, अनुशासनकाे पालना र नागरिक दायित्व बुझेका बिदेशीहरु कति छिछि गर्दा हुन् ? सरकारी कार्यालय, प्रतिष्ठानहरुका भर्याङ्का कुना कुनामा गुटखा नथुकुन् भनेर देवी देवताका फाेटा टाँगेर राख्नु पर्ने हाम्रै देश नेपालका शहरहरु हैनन् र ?
हाे, हामी मान्छे नामका नेपालीहरु असाध्यै फाेहाेरी, नकच्चराे नै छाैं ! हाल “बालेन क्रान्ति” सफल पार्न उत्साहपूर्बक रेष्टुराँ वा अन्य प्रतिष्ठानहरुले उपलब्ध गराएका र अब गराउने सार्बजनिक साैचालयहरु भद्रतापूर्बक प्रयाेग पश्चात् सफाईका सामान्य उपक्रम गरेर आफ्नाे सभ्यताकाे परिचय दिन सकाैंला हामीले ? कि उहीँ गुटखा थुकने, भित्ता भिजाउने, प्याड फाल्ने उपक्रम नै दाेहारिएर साैचालयहरु सार्बजनिक प्रयाेगमा दिनेहरु नै निकै चाँडै हायल कायल पर्लान् हँ ?
सडक जाम भएका बेला पेटीबाट माेटर साईकल हिंडालेर ट्वाँ ट्वाँ गर्दै पेटीमा पैदल हिड्नेलाई “बाटाे छाड्न” आदेश गर्ने युवा पनि काठमाण्डाैमै बस्छन् है ! पानीका बाेतल बसकाे झ्यालबाट बाहिर हुर्याउने पनि त्यहीं छन् । दिन भरी खुल्ला वा सटरमा व्यापार गरेर दाम गाेजीमा लैजाने र फाेहर जति छरपष्ट बाटामा छाड्ने फाल्ने महानुभावहरु पनि काठमाणडाै महानगरमै बसीबक्सिन्छ
!
असल कामकाे महाअभियानका लागि उदाएका “बालेन” र आगामी निर्वाचनबाट आउन सक्ने अरु “बालेन” हरुकाे उत्साहमा ठेस लगाउन कतै तपाईं हाम्रा उल्लेखित फाेहाेरी नकच्चराेपनहरु बाधक त हुन्नन् ? चीन, जापान सम्बृद्ध बनेकै नागरिकले कानून र अनुशासन पालना गरेर रे ! संसारका सबै बिकशित देशहरु बन्न त्यहाँका शासककाे ईच्छाशक्ति र नागरिककाे देशप्रतिकाे दायित्व नै कारक रहेका उदाहरण छन् !
अब चाहिँ हामी गमला चाेर्ने, गुटखा थुक्ने, भित्ता भिजाउने समेतका नकच्चराे काम नगराैं है !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)