प्रत्यक्ष प्रसारण गर्दैमा भ्रष्टाचार रोकिन्छ ?

घनश्याम कोइराला

हरेक एउटा नयाँ विचार आउनासाथ त्यसमा फरकफरक विचार प्रकट हुनु स्वाभाविक हो । तर, यो गालीगलोज किन होला ? सामाजिक सञ्जालमा प्रतिक्रिया दिने महान् व्यक्तित्वहरू थोरै पनि होसमा नहुने कारण के होला ?

प्रत्यक्ष प्रसारणका गुणअवगुणका बारेमा वहस गर्नु उचितै होला । तर, यो काठमाडौं महानगरका लागि पहिलो अभ्यास हो । आँखाले देख्ने र होशमा हुने महानुभावहरूले संसदका सबै गतिविधिहरू प्रत्यक्ष प्रसारण भएको नजर गर्नुभएकै हुनुपर्छ । के त्यत्तिले भ्रष्टाचार रोकिएको छ ?

सदन, सभाको प्रत्यक्ष प्रसारण गर्दैमा भ्रष्टाचार रोकिन्छ भन्ने सोच्नु भ्रष्टाचारबारे नबुझेको ठहरिन्छ । हो, तर यसका जनोपयोगी पक्ष के के हुन सक्छन्, यसका कारण नराम्रो हुन सक्ने पक्ष के के हुन सक्छन्, विमर्शको विषय त यो होला नि ?


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button