बालेनको पारदर्शी बैठकबाट बुटवल उपमहानगरले सिकोस्

ऋषि आजाद

बालेन साहले काठमाडौं महानरपालिकाको प्रथम मिटिङ्बाटै लाइभ गर्ने नयाँ शैली अपनाए ।

पहिला पहिला त भित्र त छोड्नुस्, झ्यालबाट पनि हेर्न दिँदैनथे । हेरिहाल्यो भने अपराधी ठहरिन्थ्यो । बैठक गोप्य र रहस्यको विषय हुन्थ्यो । अपारदर्शितामा तर मार्न पल्केका फित्ते जुकाहरुलाई मालामाल थियो । अहिले तिनीहरुको रुवावासी चल्दैछ ।

आखिर संसदको दुबै सदनमा त यो प्रयोग भइरखेको छ नि । यो जनताको चाहनालाई पार्टीहरुले पनि अनुशरण गर्नुपर्छ ।

बालेन साहले लोकतान्त्रिक प्रणालीभित्र झन राम्रो मूल्य शुरु गरे । संविधान कानुनले तोकेबाहेक केही पनि गोपनियता राख्नु आवश्यक छैन ।

अनि मेयर उपमेयरहरु अनावश्यक गोप्य कोठामा जानु हुँदैन । मेयर उपमेयरको कोठाभित्र पनि गोप्य कोठा छ भने जनताले ताला लगाई दिए हुन्छ ।

समान तहका कुर्सीमा खुल्ला अनि होरिजेन्टल शैलीमा सबैको अधिकार र आत्मसम्मान ख्याल गर्दै गरिएको प्रथम बैठक अत्यन्त सह्रानीय छ ।

मेरो बुटवल उपमहानगर पालिकाले सिकोस् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button