फेसबुक छैठौं वेद !

दीन पन्थी

मान्छेका मनोवृत्ति प्रदर्शन प्रिय हुँदा रहेछन् । आफ्ना मेधा, प्रतिभा, सृजना अरूसँग प्रस्तुत गर्न पाइएन भने एक प्रकारको छट्पटी र असन्तुष्टि हुँदो रहेछ । यो मनोवैज्ञानिक यथार्थ हो । मान्छेले आफ्नो धन देखाउन चाहन्छन्, मन देखाउन चाहन्छन्, तन देखाउन चाहन्छन् । यस सन्दर्भमा अहिलेको सामाजिक सञ्जाल निकै कारगर छ ।

एउटा सुन्दर घर बनाइयो, एउटा गाडी किनियो, हवाइजहाज चढियो, विदेश पुगियो भने देखाउन त परो नि ! बिहे गरियो, सन्तान पाइयो, कोदाको रोटी खाइयो, मासु खाइयो जस्ता पुरुषार्थ नदेखाइकन भएन नि ! यस्ता विषयहरू फेसबुकमा राख्दा हुने वर्णनातीत आनन्दको वर्णन ब्रह्माजीले पनि गर्न गाह्रो छ । कहिलेकाहीं देखिने फेसबुके पितृभक्तिका भक्तिरसले भिज्न पाइन्छ र मजा आउँछ । कहिले देखिने विषमलिङ्गी मायाका उत्ताल तरंगले तूफान नै ल्याउँछन् ।

सत्ययुगमा वेद, त्रेतायुगमा उपनिषद् र द्वापरयुगमा पुराणझैं कलियुगमा फेसबुक नामक छैठौं वेदको महत्व अपरम्पार छ । यो मेरो लेखाइ पनि कसैलाई देखाउनका लागि भएकोले यो पनि त्यसैको एउटा खण्ड हो भनी बुझिदिनुहोला है त ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button