
अर्का ‘पागल’ धराने हर्क साम्पाङ
डा. चन्द्र घर्ती मगर
राज्य र दलहरूले बाटो बिराउँदै जाँदा सहि दिशातिर डोर्याउने साहस गर्ने पागलहरु डा. गोविन्द केसी र महावीर पुनहरु झैं अर्का पागल धरानका हर्क साम्पाङलाई सलाम छ अनि धराने जनतालाई सम्मान छ ।
स्वतन्त्र रूपमा विजयी उम्मेदवारहरुले ‘सत्तामा गएपछि सबै उस्तै हुन्’ भन्ने मानकलाई गलत सावित गरेर ‘सत्तामा गए पनि सबै उस्तै हुन्नन्’ भन्ने बनाइदिनुहोला ।
हर्क साम्पाङ एक ब्यक्ति मात्रै नभएर अब संघर्षको प्रतिक हो । सुशासन चाहने कयौं युवाहरूको प्रेरणाको स्रोत हो । परिवर्तनका लागि सडकमा उभिएर रातदिन जनताको मुद्दा उठाए झैं मेयरको कुर्सीमा बसेर त्यसरी नै समाधान निकाल्नु होला ।
धेरैधेरै शुभकामना !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)


