कालो बादलमा चाँदीको घेरा अर्थात् बालेन्द्र, गोपाल र हर्कहरु

विचार आ-आफ्नो

बाबुराम पौडेल
हाल: बुटवल

बालेन्द्र, गोपाल, हर्कहरु कुनै पार्टीमा टिकट माग्न वा किन्न गएका भए वडा सदस्यको पनि पाउँथेनन् होला । पाएका भए पनि जनताले यो हदसम्म भोट खन्याउने थिएन । मतलब के हो भने दलीय दलाल, चाटुकार, गफाष्टक, उखाने, कुर्चीमा बसेर निदाउने, र्‍यालेहरुका विकल्पमा उपयुक्त पात्र पाएमा जनता यथास्थिको परिवर्नका लागि उकुसमुकुस् भएर बसेको छ ।

परिवर्तनको क्षितिजमा यसपाली खडा भएका यिनीहरुले आगामी चुनावहरुमा मुलुकभर यस्तै पात्रहरु खडा हुनुपर्ने जबरजस्त सन्देश दिएको छ र कालो बादल वरिपरि चाँदीको घेरा देखिन थालेको संकेत गरेको छ ।

स्वतन्त्र रुपमा, बिना संगठन र दाम पैसाको पावरबिना पनि चुनाव जितिन्छ भन्ने उदाहरण यही हो । यद्यपि, एक्लो नेतृत्वलाई दलबाट आएका अरु दले, आफ्ना तलुवा चटुवाको रुपमा खडा गरेका कर्मचारीका संघ संगठन उठाएर यिनीहरुलाई काम गर्न नदिएर असफल बनाउने कूकर्म पद बहाल गरेको अर्को दिन देखि नै सुरु हुनेछ ।

संसदीय भष्ट्रिकरण, दलाल माफियाकरण, घाँडो संघीयता, जम्बो संसद, लम्पसारे नेतृत्व लगायतका तमाम कूराजनैतिक दूष्चक्रबाट मुलुकलाई बचाउन अब देशैभर तपसीलका पात्रहरु जस्ता ब्यक्तित्वहरुको खोजी गरौं । आगामी चुनावपछि कुरुप संविधान फेरेर देशलाई निराशाको ब्ल्याकहोलबाट तान्न चुम्बकीय शक्तिको निर्माणतर्फ अग्रसर रहौं र त्यसका लागि चिन्तन गरौं ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button