
स्थानीय चुनाव त ट्रेलरमात्र हो, प्रदेश र संघमा के हुन्छ ? हर्दै जानुस्
विचार आ-आफ्नो
चन्द्र तामाङ
रसुवा
स्थानीय निकायको निर्वाचन सुरुको वर्षात् हो । प्रदेश र संघीय निर्वाचनमा स्वतन्त्र उमेरदवारहरु भेल भई आउनु पर्छ । त्यो वर्षात् भेलले भ्रष्ट्राचार, नातावाद, कृपावाद र अन्य राजनितिक विकृति हटाउनु पर्छ ।
नेपालमा हरेक क्षेत्रमा सुधार र परिवर्तनको आवश्यकता अपरिहार्य भइसकेको छ । यसका लागि राजनितिका पार्टी सही बाटो हिँडाउन अब आउने संघीय चुनावमा नेपालको प्रत्येक निर्वाचन क्षेत्रमा शिक्षित, दूरदर्शी युवाहरुले स्वतन्त्र उमेरदवारी दिनु होला । यसका लागि प्रत्येक जिल्लाको सदरमुकाममा यही असोज १ गते यस विचारसँग सहमत हुने सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनी र अन्य देशप्रेमी व्यक्तिहरु जम्मा भई एक उत्कृष्ट युवा नेतृत्व चयन गर्नु होला । चयन गरेको नेतृत्वलाई जिताउन स्वस्फुर्त आआफ्नो ठाउँबाट सहयोग गर्नु होला ।
अब पनि हामीहरूले देशलाई सही बाटोमा लाग्न सकेन भने तपाई हामीले नै दुःख पाइन्छ, हाम्रा सन्ततीहरुले दुःख पाउँछन् र विदेश वा खाडी मुलुकमा सस्तो मूल्यमा दास भई काम गर्नु पर्छ । महिलाहरुको कथा व्यथा अझ फरक छ । परदेशको पीडा परदेशमै मजदुरी गर्नेलाई मात्र थाहा हुन्छ। हजारौँमा १, २ जनाको राम्रो हुन्छ । रेमट्यान्सबाट देश चलेको देखिन्छ । भोलि वैदेशिक रोजगार गुमेमा के होला ? सोच्नु जरुरी छ ।
अब देशलाई आत्मनर्भर बनाउनु पर्छ । देशलाई चाहिने वा खपत हुने सामान वस्तु देशमा उत्पादन गर्नु पर्छ । यसबाट रोजगारी तथा आयआर्जन हुन्छ । देशमा रहेका प्राकृतिक स्रोत र साधनलाई सहि तरिकाले उपयोग गर्नु पर्छ । जनताको लागि जनतामार्फत बृहत् पूँजी संकलन गरी राज्यको तर्फबाट पनि लगानी गरेर उत्पादन र सेवा क्षेत्रमा पुर्वाधार निर्माण गरी वेरोजगारी समस्या समधान गर्न सकेमा अन्य सामाजिक समस्या पनि समधान हुँदै जानेछ ।
यो लेख कुनै पार्टीविरूद्ध नभई देशको परिस्थिति अनुसार लेखेको छु । अब देशका सम्पूर्ण अंग अथवा देश सञ्चालन गर्ने निकाय, हामी जनता र राजनितिक दलहरु सचेतापूर्वक सच्चिनु पर्छ, भ्रष्ट्राचारविरुद्धको पहलकदमी बढाउनु पर्छ ।
हामीले जनप्रतिनिधि छान्द स्पष्ट भिजन भएका, शिक्षित, सदाचारी , देशभक्त र अझ देशबाट कुनै सेवा सुविधा नलिने प्रतिबद्धता जनाएका उम्मेद्वार छानी विजय गराउनु पर्छ । साथीहरु अब पनि हामी राजनीतिक दलहरूको झोले बनेर कति हिँड्ने ? छातीमा हात राखेर देशको अवस्था हेर्नुहोस्, पार्टी झण्डा, होइन चन्द्र सूर्य अंकित नेपाल देशको झण्डा बोक्नु अनि नेपाल आमाको माया गर्नु ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)