
धरानः हर्क साम्पाङको जीतपछि ५ प्रश्न
रमेश राई
१. नेतृत्वमा आउन सामाजिक अभियन्ता हुने की पार्टीको झोला बोक्ने ?
२. के पार्टी/बहुदलीयताप्रति जनताको वितृष्णा जागेको हो वा नेता कार्यकर्ताको दादागिरी, स्वेछाचारी विरुद्धको अभिमत हो हर्क साम्पाङको जीत ?
३. नयाँ युवा वर्गले भावी नेतृत्व गर्न बालेन साह जस्तै प्रचारात्मक कुरा मात्रै गर्ने कि हर्क साम्पाङजस्तै काम गरेर नेतृत्वमा आउने ?
४. के अब सहरी क्षेत्रको जनता आफ्नो प्रतिनिधि छनोट गर्न स्वनिर्णाय गर्न सक्षम भएको हो ?
५. हर्क साम्पाङ जस्ता स्वतन्त्र विजेताले आगामी ५ वर्षमा राम्रो काम गर्न सके त्यो बेलाको स्थानिय चुनावमा कस्तो ट्रेन्ड आउला ?
माथिका सवालहरु गम्भीरतापूर्वक लिनुपर्छ दलहरुले । अहिलेको यो राजनीतिक अवसर हामीले प्राप्त गर्न दलहरूको योगदान छ, हजारौं नागरिकहरुको बलिदान छ । तर हामीले हिजो यो गरेका थियौं भनेर आज ब्याज खाई बस्छु भन्ने दिन गए, हर्क सम्पाङको जीत र वालेन साहको अग्रताले यही भन्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)


