
बालेन शाह अर्थात ‘एक लाठी सौ पे भारी’
विचार आ-आफ्नो
आँचलकुमार शर्मा
बालेन शाह । यो नाम यत्तिबेला एउटा ‘ब्राण्ड’ बनेको अवस्था हो । कसैको आस, कसैको विश्वास र कसैकसैको त्रास बनेको छ यो नाम । अझ भनूँ ‘एक लाठी सौ पे भारी’ भन्दा अत्युक्ति नहोला ।
अनिल कपूर अभिनित हिन्दी चलचित्र ‘नायक’ यतिबेला मानसपटलमा खेलिरहेको महसूस भएको छ, जसको कथावस्तु र सो चलचित्रमा चित्रित पात्रसँग बालेन शाहको व्यक्तित्व मिलेको आभाष हुन पुग्यो । तर, यो मेरो नितान्त निजी विचार हो ।
कुनै पार्टी र कुनै शक्तिको आश्रय नलिइकनै चन्द्रसूर्य अङ्कित नेपाली राष्ट्रिय झण्डा ओढेर स्वतन्त्र रूपमा नेपालकै मुटु काठमाडौंको मेयर पदमा होमिएका बालेन शाहले प्रारम्भिक नतिजादेखि नै अग्रता लिएर अगाडि बढिरहेका छन् र यो नतिजाले के पनि प्रष्ट हुन्छ भने समय परिवर्तनशिल छ ।
बालेन शाहको नतिजा के आउला, त्यो त परिणामले बताउने नै छ तर बालेनको उम्मेदवारी र आउँदै गरेको नतिजा भनेको चाहिँ उखान टुक्का गर्ने र आफूले पाएको पदको दुरुपयोग गर्दै नेपाल र नेपालीको भविष्यलाई दिनानुदिन अन्धकारमा धकेल्ने वर्ग र संयन्त्रको गालामा बज्रिएको दह्रो झापड हो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)