
गोबरबाट सबै प्रकारको किटाणु नष्ट हुन्छ, गोमुत्रले थुप्रै प्रकारको रोग निको हुन्छ
स्मृती राणा
आजको मानव संसार भौतिक विज्ञान र रसायन विज्ञानमा प्रगतीशिल हुँदै गइरहेको छ । यस वैज्ञानिकतामा फसेर बसेको मानव जातीलाई धर्मको चर्चा गर्ने हो भने यहि भन्दछन् कि मनुष्यको सम्पुर्ण आवश्यकता विज्ञानले पुर्ण गर्दछ भने फेरि धर्मको कुरा किन गर्नु । यदि विज्ञानको चस्मा खोलेर हेर्ने हो भने विज्ञान र धर्मको परस्पर सम्बन्ध रहेको हामी पाउदछौ । धर्मको प्रधानता दिएको हाम्रो हिन्दु सस्कृतीमा विज्ञानको पनि तिरस्कार गरिएको छैन्, हिन्दु सस्कृतिमा गौ रक्षा प्रधान धर्म हो भनेर मानिएको छ । मानव शरीर पञ्चभुतबाट बनेको हो । यसलाई धेरै दिनसम्म सुरक्षित राख्नको लागि पञ्चभुतको शुध्द रुपले उपयोग गर्नु पर्दछ ।
यज्ञ गर्दा पृथ्वी, वायु, अग्नि, जल र आकाशको शुध्दि हुन्छ । यज्ञबाट वर्षा पनि हुन्छ भनेर गीतामा भनिएको छ कि, ‘अन्नाद्भवन्ति भूतानि पर्जन्यादन्नसम्भवः । यज्ञाद्भवति पर्जन्यो यज्ञः कर्मसमुद्भवः।’ यी श्लोकबाट हामी बुझ्छौ कि यज्ञ कर्ममा गाईको पर्याप्त हाथ रहेको छ । गाईको दूध दहि ध्युमा सबै प्रकारको भिटामीन प्राप्त हुन्छ, जुन मनुष्य जिवनको लागि अति आवश्यक रहेको छ । गोबरबाट सबै प्रकारको किटाणु नष्ट हुन्छ । गोमुत्रले थुप्रै प्रकारको रोग निको हुन्छ । त्यसैले यसको महत्व शास्त्रले स्वीकार गरेको छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)