विरासतवादको घनचक्कर

प्रदीप उप्रेती

नागरिक समाजमा प्रतिस्थापित रहनु पर्ने न्यायीक संबैधाानिक राजनीतिक अधिकारमा आएको न्यूनता परिपूर्तिको लागि राजनीतिक लडाईहरु हुने गरेको तथ्य जगजाहेर रहेको छ । प्रस्तुत राजनीतिक दर्शनको गतिशिलतामा नेपाल पनि अछुतो रहन सक्दैन । जब राजनीतिक लडाईले सफलाउन्मुख लक्ष्य प्राप्ति गर्दछ तत्पश्चात सम्बद्ध राज्य ब्यवस्थामा लोकतान्त्रिक शाासन पद्धतीको विजारोपण हुने सफल लोकतान्त्रिक मूल्य मान्यताहरु हुन् । परिणामत ः लोकतन्त्रको सुखानभूती दिलाउदै अब्बल जीवनयापनको लागि नागरिक समाजलाई डो–याएर लग्न सक्ने सुझबुझ सहितको सफल नेतागणको आवश्यकता पर्दछ । नेतृत्वदायी भूमिका निर्वाह सक्ने सक्षम एवं सवल ब्यक्तित्व नै राजनेताको रुपमा गणना हुने राजनीतिक दर्शन समेत हो ।

नेतृत्वदायी समुहमा आवद्ध रहन चाहने जो कसैले पनि ब्यक्तिगत वा समुहगत लाभहानी भन्दा माथि उठी विश्वप्रचलित लोकतान्त्रिक विधीहरुलाई आत्मसाथ गर्न सक्ने प्रतिवद्धता जाहेर गर्नुपर्ने हुन्छ । विपरित अवस्था कायम राख्दै राजनीतिक नेतृत्वलाई वंशवादको अवधारणा अनुसार विरासत कायम राख्ने नाममा निरन्तरता दिन खोज्ने संस्कृतीलाई लोकतान्त्रिक विधी अनुरुपको कार्य मान्न सकिदैन ।
विरासदवादको निरन्तरता कायम राख्दा मुलत दुई अवस्था प्रारम्भ हुनेछ । पहिलो अवस्था भनेको सम्बद्ध मुलुकको राष्ट्रिय राजनीतिमा पारिवारिक मूल्यमान्यतालाई प्रश्रय प्रदान गर्दै भावि सन्ततीको राजनीतिक स्थायीत्वको लागि आवश्यक पर्ने नीति नियम देखिन अनेकन प्रपञ्च लगायतका षडयन्त्रमूलक कार्यलाई प्राथमिकतामा राख्नु वा राख्ने प्रयास गरिनु । एवम प्रकार पुस्तान्तरको सिलसिलामा अघिल्लो पुस्ताले गरेको कार्यलाई सम्भव भए सम्बद्ध समुहको नामलाई समेत नगदको रुपमा रुपान्तरण गर्ने वा गर्न चाहने नियती नै विरासदिय पद्धतीका अनेकन रुपहरु हुन् जसमा विशेषगरी राजनीतिक समुहको सन्तान भाईछोराका अतिरिक्त विवाह गरेर भित्राइएको अन्य सदस्यहरु पनि समाविष्ट हुनसक्ने देखिन्छ । किनकि कायमी विरासतलाई चिरकाल पर्यन्त राख्ने चाहनाले मात्र पनि राजनीतिको क्षेत्रमा अहमताको अभिवृद्धि भई निरकुशताको जन्महुन सक्ने प्रवल सम्भावनालाई मध्यनजरमा राखी सुझबुझका साथ अगाडी बढनु सफल राजनीतिक गन्तब्य मान्न सकिन्छ ।

विरासतको आडमा रहेको राजनीतिलाई विमुख पार्नको लागि लोकतान्त्रिक समुहको प्रतिनिधित्व गर्न चाहने युवागणले वि.सं. १९९७ सालमा सुशुप्त रुपमा प्रजापरिषद् नामको राजनीतिक संस्था दर्ता गरी सोको अगुवाईमा लोकतान्त्रिक अभ्यासलाई जारी राखेकै कारण अन्तत वि.सं. २००७ मा मुलुकमा प्रजातन्त्रको शुत्रपात भएको हो । आरम्भमा राणा एवं नेपाली नागरिक समुहको समान–समान प्रतिनिधित्व रहने गरी लोकतान्त्रिक अभ्यासको साथै केहि समयका लागि भएता पनि मातृका प्रसाद कोइरालाको प्रधानमन्त्रीत्वमा लोकतान्त्रिक अभ्यासको चाहना गरेता पनि लोकतन्त्रको सुखानुभूती नेपाली जनमतले हासिल गर्न सकेन भन्दा फरक नपर्ला । तत् पश्चात वि.सं. २०१५ सालको लोकतान्त्रिक चुनाव मार्फत नेपाली काग्रेसले संसदको कुल सदस्य संख्या १०९ सिट मध्ये ७४ सिट सहीतको दुइतिहाई मत प्राप्त गरी जननेता वि.पि. कोईरालाको प्रधानमन्त्रीत्वमा लोकतान्त्रिक अभ्यासमा रम्ने अवसर प्राप्त गरेको थियो ।

दुर्भाग्यवश वि.सं. ०१७ को राजनीतिक परिवर्तनले नागरिक सम्प्रभूत्ता माथि हिलो छाप्ने दुष्प्रयास गरेको हँुदा लोकतान्त्रिक यात्रामा समेत क्रमश कसिंगर उत्पन्न भई अन्तत दलमाथि प्रतिवन्ध लागेको हो । नेपालको राजनीतिमा कोईराला परिवारको विराससतलाई प्रधानमन्त्री गिरीजा प्रसाद कोईरालाको प्रधानमन्त्रीत्वमा काल सम्म पनि राम्रै गतिशिलता हासिल गरेको देखिन्छ । योग्य एवं दुरदर्शि राजनेताका साथ विरासत कायम रहने हो भने त्यसलाई कुनै पनि हालतमा अन्यथा मिल्दैन । अपवाद वाहेक वि.पि.कोईराला तथा गिरीजा प्रसाद कोईरालाले राष्ट्रको राष्ट्रिय राजनीतिमा गर्नु भएको अतुलनिय एवं अमूल्य योगदानलाई कुनै पनि हालतमा अवमूल्यन गर्न भने मिल्दैन ।

यदि उहॉहरुको सवल नेतृत्वदायी भुमिकाको अभाव रहेको भए मुलुकमा लोकतन्त्रको सम्बद्र्धन, प्रबद्र्धन तथा विकासमा सफलता प्राप्त गर्न कठिन हुने थियो भन्न सकिन्छ । किनभने मुलुकमा राष्ट्रिय मेलमिलापको नितिलाई अङ्गिकार गर्नु वाहेक अर्को कुनै उपयूक्त विकल्प तात्कालिन समयमा रहेको छैन भन्ने राजनीतिक तथ्यलाई मनन गर्दै जननेता वि.पि. कोइरालाले आफ्नो भारतिय निर्वासित जीवनलाई परित्याग गर्दै स्वदेश फिर्ता भए पश्चात नेपालको राजनीतिमा तरङ्ग पैदा भई परिणाम वि.सं. ०३७ जेष्ठ १० गते का दिन बहुदलिय लोकतान्त्रिक पद्धती वा निरंकुश पञ्चायती ब्यवस्था मध्ये कुन चाहि पद्धतीय ब्यवहारलाई मुलुकमा समाहित गर्ने भन्ने सन्दर्भमा विश्वविख्यात जनमत संग्रह सम्बन्धि विधीलाई नेपालको राजनीतिक ईतिहासमा पहिलो पटक उपभोग गर्न पाएको तथ्यलाई कुनै पनि हालतमा विर्सन मिल्दैन ।

प्रस्तुत तथ्यलाई आधार वनाई राजनीतिक लडाई जारी राखेकै कारण वि.सं. ०४६ को राजनीतिक परिवर्तन एवं ०४७ को संबैधानिक राजतन्त्र एवं बहुदलिय प्रजातान्त्रिक संविधान प्राप्त गर्न सक्षम भएको हो । जसमा विशेष गरी कोईराला परिवारको विरासतको अतिरिक्त सर्बमान्य नेता गणेशमान सिंह तथा मनमोहन अधिकारीको भूमिकालाई नेपाली जनमानषले सधैं सम्झीरहने छ । तत्पश्चात शशक्त द्धन्द्धरत पक्ष नेकपा माओवादीलाई शान्तिप्रक्रियामा मार्फत सम्मानपूर्वक अवतरण गराउदै लोकतान्त्रिक प्रक्रिया प्रति वचनबद्ध रहदै प्रतिस्पर्धात्मक राजनीतिमा समाहित गराउनमा गिरीजा प्र कोईरालाले खेलेको भूमिकालाई कम आकंलन गर्न पनि मिल्दैन ।

यद्यपि आगामी निर्वाचनको सन्दर्भमा विरासतकै आधारमा रहने परम्पराको विकास गर्ने हो भने सफल लोकतान्त्रिक परीपाटीको विकास नहुन पनि सक्दछ । किनभने सबै योग्य पिताका योग्य पुत्र नै हुन्छन् भन्ने कुरामा द्धिविधा उत्पन्न हुन सक्ने भएकै कारण विरासतको भूमिकालाई क्रमश न्यून गर्दै दुरदर्शि राजनेताको छनौट गर्नु आजको आवश्यकता हो ।

प्रस्तुत नकारात्मक प्रभावको जालोमा नेपाली काग्रेस मात्र नभई अन्य लोकतान्त्रिक समुह पनि अछुतो रहन सकेको पाईदैन । लोकतन्त्रको विकासमा विरासतको प्रणाली कायम राख्ने हो भने सफल लोकतान्त्रिक यात्रामा मुलुक अगाडी बढन् सक्छ वा सक्दैन भन्ने प्रश्न उठनेछ । यस प्रकारको ब्यवहारको विकास हुनुमा मुलत शैक्षिक एवं राजनीतिक जनचेतनाको अभाव तथा प्रलोभनको आधारमा योग्य राजनेतालाई भन्दा पनि हाम्रो मान्छेलाई चुनावमा विजयमाला पहिल्याउने संस्कृतीले निम्ताएको सबैभन्दा खराव परीसूचकको रुपमा यस प्रकारको क्रियाकलापलाई लिन सकिन्छ ।

यसका अतिरिक्त अवस्था हेरी राजनीतिक रङ्ग बदल्दै अवसरवादीतालाई कायम राख्ने प्रवृति विकासले सम्बद्ध क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्न सक्दैन ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button