भन्नोस्, तपाईंलाई तपाईंको वडा र पालिका प्रमुखमा के गुण चाहिन्छ ?

इन्द्रराज पान्डे

विगतलाई छाडिदिनोस् । अबको चुनावमा मेरो वडा र पालिकाले यस्तो प्रमुख पाओस्ः पहिलो त प्रलोभनमा नफस्ने र कसैको धम्कीमा नडराउने होस् । यो गर्छु त्यो गर्छु भन्दा पनि सिस्टमलाई चुस्तदुरुस्त चलाउन सक्ने निष्ठावान होस् । धेरै चाहिँदैन, यति भए अन्य काम आफै हुन्छ ।

तिललाई पहाड बनाएका मात्र हुन् यहाँ प्रलोभनको कारणले ।कस्ले कसरी बुझ्छ, त्यो त्यही समाजको कुरा हो । जब मान्छेमा प्रलोभनले अड्डा जमाउँछ, उसले घरको प्रमुख भए घर सिध्याउँछ र समाजको प्रमुख भए समाज । म त यति नै जान्दछु ।

एउटै व्यक्तिमा सबै गुण खोज्नु नै हाम्रो समाजको कमजोरी हो । हामीलाई अहिले चाहिएको पढेलेखेको, त्यो पनि पिएचडि गरेको भए धेरै राम्रो, पैसावाला, योजनाले सुसम्पन्न । आजको नाफाखोरी जमानामा यो सबै गुणले सम्पन्न व्यक्ति खोज्नु नै हाम्रो समाजको कमजोरी हो ।

माथिका गुणले सम्पन्न व्यक्ति तपाईंको समाजले लगानीसहित पाउँदैन । पहिले यसमा ढुक्क हुनोस् । तपाईं आफुले यति बुझ्न जरुरी छ कि योजना बनाउने प्राविधिक हुन्छ । कागज तयार गर्ने सचिव हुन्छ । काम गर्ने ठेकेदार र कर्मचारी हुन्छ । आवश्यकताको पहिचान गर्ने जनता हुन्छ ।

अब भन्नोस्, तपाईंलाई तपाईंको वडा र पालिका प्रमुखमा के गुण चाहिन्छ ?


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button