
आफ्नो मनलाई चिनौं, अरुले गलत बुझेर के भयो त ?
सुशीला ढकाल
मनोपरामर्शविद्, भक्तपुर
हामीभित्र एउटा जीवन ज्योती छ, जस्ले हाम्रो आत्मालाई उज्यालो बनाउँछ ।
स्थिर उज्यालो र नियन्त्रणमा पनि हामीभित्र एउटा जीवन छ । हाम्रो मार्गदर्शक हाम्रो आफ्नै आत्मा न हो, जस्ले हामीलाई डोराउँदछ । जसरी हामी हरेक दिन जीवन बिताइरहेका छौं, अन्धकार बाटोमा पनि उज्यालो पछ्याउँदै, जहाँ हामी छायाँ बाहिर पनि प्रकाश महसुस गर्न सक्छौं ।
दुखद, कष्टकर र व्यर्थ लाग्ने जीवन पनि महसुस गरी हेरम त हामीभित्रै एउटा सुन्दर जीवन छ, प्रेमको ज्योती छ जस्ले हाम्रो वरिपरिका अरुको अनुहारमा पनि चमक ल्याउँछ ।
हामीभित्रको कोमल मनभित्र धेरै आत्मीयता र माया छ, यो आत्माको आफ्नोपन र आफ्नो मनलाई चिनौं, अरुले गलत बुझेर के भयो त ?
आफुभित्र भएको सबै आत्मविश्वास र आफ्नोपन र मायालाई अङ्गालेर आफ्नो जीवनको अर्थ खोजौं, आफ्नो जीवनलाई चम्किलो बनाउन आफूभित्रको जीवन जिउ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



