म फलानो पार्टीको, तँ फलानो पार्टीको

इन्द्रराज पान्डे

अत्यावश्यक दैनिक भान्सामा चाहिने बस्तुको भाउ बड्दा चुक्क नबोल्ने हामी जनता । अनावश्यक डिजेल पेटोलको भाउ बड्दा सात हात उफ्रिन्छौँ । आफ्नो समस्या के हो थाहा छैन, अर्काको वकालत गर्छौँ । कति झोले भाको हामी जनता !

छोरो या श्रीमानलाई विदेशीको दाश बन्न पठाएर बाउ या श्रीमती ‘फलानो जिन्दावाद र डिस्कानो मुर्दावाद’ भन्दै हिँड्छन् । हिजो पैसा लिएर छिमेकीको काम गर्नुपर्दा दाश बनायो भन्ने हामी आज पैसा तिरेर विदेशीको दास बन्न जान्छौं । फेरि त्यहाँ गएर पनि ‘म फलानो पार्टीको, तँ फलानो पार्टीको’ भनेर झोला बोक्न छाड्दैनौँ ।

कति निरिह छौँ हामी जनता ! कति दाश बनाएका छन् हामीलाई हाम्रा नेताले तर पनि झोला नबोके बाँच्नै नसकिने हो कि भन्ने भ्रम पाल्छौँं हामी । विकास के हो र राजनितिले गर्नुपर्ने काम के हो थाहै नभएका ब्यक्तिलाई कुर्सीमा पुर्‍याउँछौ अनि पाँच बर्ष आफैले आफैलाइ सराप्छौँ र पनि फेरि त्यो झोला बिसाउन सक्दैनौँ । सोचेर विचारेर भोट दिने बेलामा अनावश्यक बिक्छौँ ।

हिजो आफैसँग चप्पल पड्काएर गाउँबेसी गरेको गाउँको नाथेलाइ भोट दिएर जिताउँछौ र त्यही भोटको दुरुप्रयोग गरेर ऊ पजेरो र प्राडो चढेर आउँछ । उसैलाई नमस्कार गरेर हजुरका हजुर गर्न हतारिन्छौँ । कति निरिह्य छौँ हामी जनता । जबसम्म हामीले हाम्रो आफ्नै महत्व बुझ्दैनौँ, विकास र परिवर्तन त परको कुरा, आफ्नै पौरख खानुपर्दा पनि आफैले भोट दिएर जिताएकालाई सोध्नुपर्ने हुन्छ ।

कुनै पार्टीमा नलागे बाँच्नै गार्हो हुन्छ भन्ने हामी तर पनि हामी गर्वले भन्छौँ हामी स्वतन्त्र नागरिक । कहाँ छौँ हामी स्वाभिमानी ? कहाँ छौँ हामी स्वतन्त्र ?


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button