
किन दुर्घटनामा बदलिन्छ यौन ?
जब यौनले अर्को रुप देखाउँछ
प्रदीप उप्रेती
यौनशिक्षाको अभाव नै यौनदुर्घटनाको कारक तत्व विशेषको रुपमा लिन सकिनेछ । तत् सम्बन्धी यथार्थपरक ज्ञान, सुरक्षात्मक रणनिति एंव प्रकारले सचेततालाई सही रुपमा आत्मसात नगर्ने वा नचाहने हो भने निश्चय पनि त्रासदीपूर्ण यौनदुर्घटनाको सामना गर्न बाध्य रहनु पर्ने हुन्छ । यद्यपि बुद्धिमतापूर्वक सही उपभोग गर्ने कार्यको विकासले नागरिक समाजमा यौन तथा प्रजनन् अधिकारको सुनिश्चितता कायम राख्न सक्ने अवस्था पैदा हुने कुरामा हामी कसैको पनि भिन्न मत रहन सक्दैन ।
प्रस्तुत सचेतात्मक कार्यको उचित थालनीको लागि अभिभावक, शिक्षक, सहकर्मी तथा सहपाठीहरुको विचमा सकारात्मक यौन सम्बन्धि तथ्यज्ञानको आमधारणालाई संचरण गर्ने हो भने निश्चित रुपमा अपराधजन्य मनस्थितीको दरमा कमि आउनेछ भन्ने विश्वास लिन सकिनेछ । जसले केहिहदसम्म आपसी विश्वनियताको अभिवृद्धि गराई स्वस्थ्य यौनजीवनको सकारात्मक परीकल्पनालाई मुर्तरुप धारण गर्न सक्ने अवस्था पैदा गर्नेछ । जसअनुसार मानव शरिर विकासका विविध पक्ष अन्तर्गत यौन तथा प्रजनन स्वास्थ्य, यौवन पहिचान, लैगिय विवीधता आदिका वारेका उत्पेरणामूलक ज्ञान सम्प्रेषण गर्न सहजीकरणको वातावरण तयार हुने देखिन्छ ।
मूल रुपमा भन्नुपर्दा प्रस्तुत तथ्यगत विशेषताको अभावमा कतिपयको सुखद दाम्पत्य जीवन निरसताको भूमरीमा पर्न गई पारिवारिक विखण्डनको परिवेशलाई नचाहँदा नचाहँदै पनि सहन गर्नु परेको तितो यथार्थलाई सहजै भुल्न मिल्दैन । यसका बावजुद् धार्मिक अज्ञानताको नकारात्मक प्रभावस्वरुप अन्धविश्वासको अभिवृद्धि भई अज्ञानतावश वा परिवन्दका कारण हुने गरेको यौनदुब्र्यवहारले सम्पूर्ण मानव सभ्यतालाई अत्यन्त मर्माहित बनाएको अवस्था समेत हो । तसर्थ सम्भावित गलत यौनजन्य क्रियाकलापको वारेमा यथासमयमा नै चनाखो रहन सक्ने संस्कृतिको विकासले यौन विकृतिरहित स्वच्छ नागरिक समाज निमार्ण गर्ने कार्यमा सहयोगीको भूमिका निवार्ह गर्ने थियो भन्दा त्यति अत्यूक्ति नहोला ।
यसका अतिरिक्त धार्मिक अन्धविश्वासको भरमा पर्दा यौनजन्य अपराधका दरहरुमा दिनहु अभिवृद्धि हुदै गएको तथ्यलाई हेर्ने हो भने यस सन्र्दभमा सबै भन्दा महत्वपूर्ण पक्षको रुपमा आपसी विश्वास, सम्मान र समझदारीलाई लिन सकिन्छ । जसले निश्चित रुपमा एक अर्का समुदायलाई सम्मान गर्ने परीपाटीको विकास गराई गलतजन्य दुब्र्यवहारका दरमा न्यूनता छाउन मद्दत पु-याउनेछ । साथै सम्बद्ध क्षेत्रमा जनचेतनाको अभावका कारण धार्मिक अन्धविश्वासको नाममा सानैमा छोरी चेलिको विवाह गरे पुण्य प्राप्ति हुन्छ भन्ने गलत मानसिकताको आडमा अझै पनि केहि हदसम्म नेपाली समाज भ्रममा नै रहेकै कारण वालविवाहको दरमा चाहे अनुरुपको कमि ल्याउन नसकिएको मात्र हो । जसले सम्बद्ध समुहको बाल अधिकारको समेत हनन हुन गएको छ भन्न सकिन्छ ।
तसर्थः प्रस्तुत प्रवृतिका अन्धविश्वासमय प्रवृतिबाट उत्पन्न हुन सक्ने सम्भावित दुब्र्यवहारका सन्दर्भमा आवश्यक पर्नेे सचेतता अभिमूखीको कार्यक्रमलाई अभियानकै रुपमा चलाउन सके यस क्षेत्रमा उल्लेख्य सकारात्मक नतिजा हासिल गर्न सम्भव रहनेछ । विविध धार्मिक, सामाजिक अन्धविश्वास एवं अज्ञानताका कारण हुने गरेका यौनजन्य विकृतिका घटनाविरुद्ध नागरिक समाजलाई सुरक्षित-सुशिक्षित गराउनका खातिर उपयूक्त प्रभावकारी उपायहरु पत्तालगाई समाज विरोधी विकृत प्रवृतिबाट अन्य समुहको तुलनामा आजका युवा पुस्तालाई भिन्न राख्न सके यौन विकृतिको दरलाई अवश्य पनि न्यूनिकरण गर्न सकिनेछ । विसंगतिपूर्ण यौन ब्यवहारमा आवद्ध रहेका समुहलाई कानूनको कठघरामा ल्याएर दण्ड दिलाउनु भन्दा पनि प्रस्तुत घटना हुनै नदिने तर्फ सजक रहनु नै सबल उपायहरु हुन् । जसका लागि यौन अपराधसंग संलग्न रहने वा रहनसक्ने सम्भावना रहेका क्षेत्रमा विशेष सावधानी अपनाउदै संलग्न समुहको अतिरिक्त विशेषगरी सडक बालवालिकाको उचित संरक्षण गर्ने हो भने सम्बद्ध क्षेत्रमा अपार सफलता प्राप्त गर्न सकिनेछ ।
यौन शिक्षाको पूर्णतया अभाव रहेको नेपाली समाजमा बाह्य संस्कृतिको अनुशरण गर्दै स्वतन्त्रताको नाममा उत्पन्न हुन सक्ने यौनविकृतीजन्य अवस्थाको अन्त्यको लागि विशेष हेक्का राख्दै समाजले सहजै सुपाच्य गर्न सक्ने ब्यवहारलाई प्रतिस्थापन गर्ने तर्फ सरोकारवाला पक्ष चनाखो रहनु पर्नेछ । किनकि अझै पनि हाम्रो समाज संकुचित यौन संस्कृतीबाट पूर्ण रुपले विस्तापित हुन नसकेको वर्तमान अवस्थामा संयमीत संस्कृतीको विकासबाट मात्र यस क्षेत्रमा रहेको विकृतिबाट वच्न सक्ने अवस्था पैदा भई नैतिक रुपमा आर्दश समाजको निमार्ण गर्न सक्दो सहयोग पुग्ने देखिन्छ ।
तसर्थः प्रस्तुत खराव परिसूचकबाट बच्नु नै कुण्ठाजन्य अवस्थाबाट आफु वा आफ्नो समुहलाई मुक्त राख्नु सरह हो । दुब्र्यवहार भन्ने कुरा नागरिक समाजबाट निमूर्लिकरण हुने नभई केवल न्यूनीकरण मात्र हुने तथ्यलाई हेक्का राखी कार्य गर्नुपर्ने हुन्छ । यद्दपि तत् सन्दर्भमा हुने गरेको दुस्परिणामलाई आफ्नो योगवलले समाजमा सम्प्रेषण गर्न सक्ने शाहसको अभिवृद्धिले आफ्नो समुहलाई सधै सकुशल राख्न सकिनेछ । दुब्र्यवहारलाई बदलाको रुपमा रुपान्तरण गर्ने सस्कृतिको विकासले हिँसा न्यूनीकरण हुनुको साटो प्रतिहिसांको जन्म हुने तथ्यलाई कुनै पनि हालतमा अन्यथा लिन मिल्दैन ।
कतिपय अवस्थामा दुब्र्यवहारमा परेका भनिएका समुहले न्यायालयसमक्ष शुरु मुद्दा दर्ताको समयमा हुने गरेका वयान विरुद्धका वयानहरु फेर्ने कार्यले न्यायसम्पादनको कार्यमा समेत प्रतिकुल असर पर्न जाने प्रवल सम्भावना रहन्छ । जुन निश्चित रुपमा त्रास एंव प्रलोभनका कारण यौनिक दुब्र्यवहारलाई क्रमश नगदउन्मुख वातावरणमा प्रतिस्थापन गर्ने वा गराएको परिणामले निम्ताएको सबैभन्दा भयावह एवं डरलाग्दो रुप हो । जसले अपराध अभिबृद्धि गर्ने समुहलाई उत्साहित गर्ने मात्र नभई पिडितलाई वास्तविक न्याय प्रत्यायोजन गर्ने कार्यमा समेत बाधा उत्पन्न गराउने भन्न सकिन्छ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



