
गोरखा फौज वा अन्य कुनै नाममा भइरहेको परदेशगमन बन्द गर
खुला सीमा बन्द गर
सूब सेन
सन् १९४७ पूर्वको अँग्रेज कम्पनी सरकार (बेलायत) को उपनिवेश रहेको इण्डिया ! स्वतन्त्रता प्राप्तिका लागि अनेक लडाइँ लड्यो । स्वामी दयानन्द सरस्वती, बाल गङ्गाधर तिलक, सुभाषचन्द्र बोस, महात्मा गान्धी, डा. राजेन्द्रप्रसाद, जवाहरलाल नेहरू, बल्लभ भाइ पटेल, मो. अली जिन्ना, जयप्रकाश, नारायण, राम मनोहर लोहिया आदि आदि अनेक नेता र नेतृत्वमा धेरै धेरै प्रकारको लडाइँहरू लड्यो । यस्तो-त्यस्तो लडाइँमा कैयौँ नेपाली नेताहरूले भाग लिए । उदाहरणका लागि नेपाली काँग्रेसका नेता बिपी कोइराला, बामपन्थी नेता मनमोहन अधिकारी जस्ता बुज्रुक नेताहरूले मुक्तिकामी इण्डियालाई साथ दिने बेला कंपनी सरकारको विरुद्धमा लडे । विभिन्न यातना भागे । जेल, कैद सजाय भोगे ।
यहाँसम्म कि, नेपाली दुई बालिका १४ र १२ वर्षकी दिदीबहिनी सावित्री थापा र इन्द्राणी थापा जसले नेता सुभाषचन्द्र बोस जनसभालाई संबोधन गर्दै थिए । ब्रिटीस कंपनी सरकारले त्यो कार्यक्रममाथि आक्रमण गरी नेता बोस लगायत सहाभगी जनतालाई एकै चिहान बनाउन एउटा ट्याङ्क खटायो । गोरखा सेनाका छोरी ती बालिकाहरूले नेताको ज्यान बचाउनका लागि आआफ्नो छातिमा बम राखी सडकमा गई सुते । ट्याङ्क आयो । ती बालिकाहरूलाई किच्दै अगाडि बढ्न चाह्यो तर उनीहरूको छातिको बम पड्क्यो । अँग्रेजी ट्याङ्क ध्वस्त भयो । ती बालिकाहरूको त ज्यान गयो । नेता बोस र उपस्थित जनता बाँचे । नेपाली नेताहरूदेखि साना बालिका समेतको बलिदान इण्डियालाई जानकारीमा नभएको होइन होला ।
१. यस्तै नेपाली कामदारहरूले इण्डियाको उद्योगधन्दा, कंपनी, कलकारखानामा काम गरेर इण्डियाको अर्थ, आर्थिक उन्नतिको लागि ठूलो योगदान गरिआएका छन् ।
२. इण्डियाले नेपालको प्राकृतिक तथा मानवीय सम्पदा सम्पत्तिको दोहन–शोषण गरिरहेको छ । हाम्रो पानीले इण्डियाको भूमिमा बाह्रै महिना धान, गहुँ तथा अनेक कृषि उद्योगहरू खुलिरहेका छन् । उत्पादन बढिरहेको छ । आज भन्दा ४०÷४५ वर्षपहिलेसम्म उसका विभिन्न प्रदेशमा नेपालबाट धानचामल दाल पैठारी गथ्र्याे । नेपाले निकासी गथ्र्याे । अहिले उसले निकासी गर्छ । नेपालले पैठारी गर्छ । यो मात्र होइन नेपाली भूमि मिच्दै कब्जा गर्दै जानु त ब्रिटीस उपनिवेशबाट स्वतन्त्र भएको देश हुनले ब्रिटीसको उपनिबेशवादी स्वभाव चरित्र, क्रियाकलाप त हुँदै हो, थप दुई देशको सीमा नजिक अबैध रूपमा बाँध, तटबन्ध, स्परहरू तथा नदीका प्राकृतिक बहाव फर्काएर नेपाल भूमि नेपाली जनता डुबाउने÷बगाउने गर्दै आएको छ । तर, भन्छ, नेपालको मधेशी जनता भारतीय मूलका हुन् । वास्तवमा हाम्रो मधेशको विकासको बाधक इण्डिया भइरहेको छ । किनकि, त्यहाँको विकासमा सहयोग गर्छु त भन्छ तर गर्दैन । अरू मित्र देशहरूलाई ल्याउन खोज्दा पनि बाधा अड्चन खडा गर्छ । साधन, स्रोत सम्पदा सम्पत्तिको दोहन, शोषण गरिआइरहेको छ तर विकास निर्माणमा बाधा पार्दै आफूप्रति निर्भर बनाउने जाल बुनिरहेको छ ।
नेपालको राजनीति, नेतागणहरू उसका अनुयायी छन् । जसले जे भन्छ, त्यही गर्छन् । इण्डियाले षडयन्त्रका रूपमा खडा गरेका समस्याहरूको समाधान गर्ने÷गराउने गर्दैनन् । उदाहरणका लागि २००७ सालको क्रान्ति र क्रान्तिपछि आजसम्म जेजति क्रान्तिहरूभए, जुन जुन नेताहरू सत्तामा आए, उनी÷यिनीहरूमा ९९ प्रतिशत नेताहरूमा देशभक्ति र जनसेवी भावना देखिएन । मानवीय आचरण भएन । भ्रष्ट, किमशनखोर तस्करी र दलाली, जासुसीमा संलगन भए । उनीहरूका प्रत्येक क्रियाकलाप देशद्रोही, गैरराष्ट्रवादी, जनविरोधी भए । यसो हुनुमा नेपालमा युवाजनशक्तिको अभाव भएकोले यिनीहरूलाई दबाब दिने, नियन्त्रण गर्ने जनबल भएन । हाम्रो युवाबल तीनप्रकारले निर्देशित भयो—
१) बेलायत तथा इण्डियाको गोरखा आर्मीको नाममा भर्ती भई ।
२) इण्डियाको आर्थिक उन्नतिका लागि काम गर्न गई ।
३) वैदेशिक रोजगारीको नाममा एशिया, अरब, अमेरिका, युरोप, अफ्रिकासम्म गई ।
यी तीनै प्रकारले युवा जनशक्ति विदेशिंदा यहाँसम्म कि, नेपालमा कामदार दक्ष, अद्र्धदक्ष, अदक्ष (प्राविधिक, अप्राविधिक) जनशक्तिको अभाव भएका कारण इण्डियन कामदारलाई काम गराउने परिरहेको छ । जस्तै— २०७२ सालमा आएको भूकम्पबाट पीडितहरूको उद्धार तथा पुनर्निर्माणका लागि आवश्यक जनशक्तिको अभावले आज ६÷७ वर्ष बितिसक्दा पनि काम पूरा हुन सकेको छैन । यो भयो (२) र (३) प्रकारले विदेशतिर पलायन भएको युवाशक्ति । अब नं. (१) गोरखा आर्मी सम्बन्धमा— भीमसेन थापाको शासनकालदेखि गोरखा आर्मीको नाममा नेपाली युवाहरू ब्रिटीस कम्पनी सरकार इण्डियाको सेनामा भर्ति भई उसको सुरक्षा र सेवाका लागि काम गर्न थाले । पछिका शासकहरू विशेष गरी राणा शासनकालमा सबै शासकहरूले त्यस क्रियाकलापलाई जारी राखे ।
प्रधानमन्त्री श्री ३ चन्द्रसमशेरकालमा भएको प्रथम महायुद्ध र प्रधानमन्त्री श्री ३ जुद्धसमशेर राणाका पालामा भएको दोस्रो विश्वयुद्धमा लाखौँलाख नेपाली युवाहरू ब्रिटीश कम्पनी सरकारबाट माग भए बमोजिम गाउँगाउँबाट युवाहरू खोजी खोजी पठाउने काम गरे । ती युवाहरू एशिया, युरोप विभिन्न विकट वनजङ्गल, जल–स्थलमा, राशन–पानी पाएर नपाएको ठाउँमा रुख विरुवाका पात बोक्रा समेत खाएर, नपाएमा पानसात दिनसम्म पनि भोकै तिर्खै रहेर पनि लडे । पहिलो महायुद्ध, दोस्रो विश्वयुद्धमा संसारमा कति विध्वंस भयो ?मान्छेका घरपरिवार बालबच्चाको विचल्ली भयो । यसरी आफ्नो बलिदान गरेर, प्राणको बाजी लगाएर, प्राण गुमाएर पनि आखिरी ब्रिटीस सरकारमार्फत ब्रिटिसलगायत मित्र देशहरूलाई विजयी बनाएर जिताहार बनाए ।
दोस्रो विश्वयुद्धपछि इण्डिया ब्रिटीस उपनिवेशबाट मुक्त भयो । अर्थात्, सन् १९४७ मा स्वतन्त्र इण्डियाको जन्म भयो भने ब्रिटीसले इण्डिया छोडेर जाँदा नेपाली युवाहरूको भर्ति जारी राख्ने र नवजात इण्डियाले पनि गोरखा आर्मीको नाममा नेपाली युवाहरूलाई गोर्खा आर्मीको छुट्टै पल्टन खडा गरी भर्ति गर्ने भयो । त्यस शर्तलाई नेपाली शासकले पनि स्वीकार गरी ब्रिटीस, इण्डिया र नेपालका बीचमा त्रि–पक्षीय सन्धी गरे ।
यस सन्धी अनुसार ब्रिटीस सेनामा र इण्डियन सेनामा नेपाली युवाहरूको भर्ति जारी छ । यस मितिपछि पनि यी दुवै देशले गोरखा (नेपाली) सेना लडाएर आफ्नो सार्वभौमिकता, भौगोलिक अखण्डता अर्थात आफ्नो भूमिको राष्ट्रको सुरक्षा गरिरहेका छन् । बेलायतले अर्जेण्टाइना विरुद्ध लडाएर फकल्याण्ड टापु (भूमि) को सुरक्षा ग¥यो भने, इण्डियाले त अझ बढी र पटकौँ पाकिस्तान तथा चीनविरुद्ध गोरखाली सेना लडाएर कार्गीलको लडाइँमा समेत सफलता प्राप्त गरिआएको छ । आफ्नो भूमिको रक्षा गरिरहेको छ । इण्डियन विवेक भएका, बुद्धिजीविहरू नै भन्छन्— इण्डियामा गोरखा सेना नभएको भए सायदै, एकीकृत इण्डिया रहन्थ्यो होला । यदि, गोरखा फौजको अनुपस्थिति हुने हो भने पनि त्यही दशा हुनसक्छ तर पनि÷तैपनि ब्रिटिस सरकाले आफ्ना नागरिक ब्रिटीस आर्मी र गोर्खा (नेपाली) आर्मीका बीचमा भेदभाव गरेको छ— विभिन्न खालका सहुलियत, सुविधा, तलब, भत्ता, पेन्शन पुरस्कार आदि आदिमा पक्षपात गरिरहेको छ । ब्रिटिस आर्मीकै, ब्रिटीस नागरिकलाई, ब्रीटिस जनसमाजको जीवनस्तर अनुसार दिन्छ भने, गोरखा आर्मीका नेपाली नागरिकलाई नेपाली जीवनस्तर अनुसार दिन्छ । यसबाट ब्रिटीस सरकारको विवेकहीनता र भेदभावपूर्ण व्यवहार स्पष्ट छ । समानताका लागि वर्षाैंदेखि ब्रिटीस गोरखा आर्मीका भू.पु. सेनाले विभिन्न शैली र माध्यमबाट जायज मागहरू गरिरहेका छन्— तर, कुनै सुनाइ गरिरहेको छैन ।
३. इण्डिया, आफूलाई ‘भारत’ भन्न बढी रुचाएको देखिन्छ । तर, भारत भन्नाले भारत भूमि र जनता मात्र होइन, भारतसँग त पूर्वीय आदर्श, मानवीय जीवन दर्शन— समानता, स्वतन्त्रता, समन्वय, सहिष्णुता, सद्भाव, मानव हुनुको स्वभाव र व्यवहार जस्ता आदर्शताको परिपालन भएको भइरहेको गरिरहेको शान्तिपूर्ण अवस्था मौजुद भएको पो भारत हुन्छ ।
साँचो अर्थमा, यो पूर्वीय दर्शन, मानवीय जीवन, आदर्शको जन्म नेपालमा भएको हो, नेपालको हिमाल शिवशक्ति (शैव शाक्त) तथा ऋषिमुनि तपस्वीहरूबाट, उनीहरूको महान् विद्वताबाट निःसृत सत्य, शान्ति, मानवीयता हुन् । तर पनि, नेपालले यी सबका निम्ति कसैसँग न घमण्ड गर्छ, न कसैमाथि, न कसैको भूमिमाथि अतिक्रमण गर्छ ।
इण्डियाले नेपाल, नेपाली नागरिक तथा गोर्खा फौज (नेपाली) को योगदानप्रति कृतज्ञ हुनु-रहनुको सट्टा कृतघ्न (बैगुनी) भएर नेपाल नेपाली भुमि, नेपाली जनसमाजलाई मिचिरहेको छ । थिंचिरहेको छ । शोषण दोहन गरिरहेको छ । उसका यस्ता क्रियाकलापलाई वर्तमानसम्मको नेपाली राजनीति तथा नेताहरूले सही रही, गुरु मानिबसे पनि न यिनीहरू अजम्बरी छन्, न इण्डियन शासकीय संयन्त्र, राजनीति र नेतृत्व वर्ग । तथापि नेपाल र भारत भूगोलले जोडिएका दुई छिमेकी देशहरू स्थायी छन्, अजम्बरी छन् । यो सत्य बुझेका नेपाली जनता इण्डियन जनतालाई सम्मान गर्छन् । त्यस्तै, इण्डियन जनताले पनि नेपाली जनतालाई सम्मान गर्छन् । राजनीति सत्ता, नेतृत्व स्थायी होइन, नेपाली र इण्डियन दुवै आज छन्, भोलि छैनन्- यो समयको गतिसँगै चलिरहन्छ ।
४. निष्कर्ष, उल्लिखित (छोटै भए पनि) विवरणबाट स्पष्ट भइसकेकै छ । नेपाल नेपाली जनसमाज, नेपाल राष्ट्रले अस्तित्वमा भइरहेको अपमान सहन सक्तैन । साथै, इण्डियन अत्याचार नेपाली भूमिमाथि अभिक्रमण नेपालको जल जङ्गल, प्राकृतिक सम्पत्ति सम्पदाको शोषण, दोहन, बाँध तटबन्ध, स्परहरू थुन्ने, बाढी रोकेर हाम्रो तराइ मधेशबासी लाखौँलाख नेपाली जनताको जिउ धन, दोपाया, चौपाया, घरबास, सर्सामान, सम्पत्ति, कसन भरन, तामान डुबाइदिने, बगाइदिने गरिरहेको छ । नेपाली जनजीवनमा, जनसमाजमा, राजनीतिमा, नेतावर्गमा गरिरहेको हस्तक्षेप र जासुसी शतप्रतिशत अपमानजनक व्यवहार छन् । यस्ता व्यवहारहरू नेपाल राष्ट्रका लागि असह्य छन् । जसलाई सहँदै ग¥यो भने, भावी दिनमा इण्डियन जनता र नेपाली जनताका बीचमा रहेका सौहार्दताको रक्षा गर्न दुवै जनतालाई समस्या आउन सक्छ कति विचारणीय प्वाइन्टतिर पुग्न पुग्न लागिरहेको छ । यसर्थ,
१) सर्वप्रथम: नेपाली राजनीतिक तथा राज्य सत्ताले नेपाली युवा जनशक्तिको गोरखा भर्ती (बेलायत तथा भारत दुवै देशको लागि) बन्द गर्नुपर्छ ।
२) कामको खोजीमा युवा जनबल विदेश जाने पठाउने क्रियाकलाप बन्द हुनुपर्छ ।
३) यी दुवैको परदेश गमन बन्द पछि देशभित्रै उनीहरूलाई काम दिनुपर्छ । हो, तयारी काम छैन, एउटा कोदालो, खुर्पा, खुकुरी र गरिखान जमिन दिनुपर्छ । गरी खान सीप सिकाउनुपर्छ ।
४) बेलायत र इण्डियाबाट फर्की आउने गोर्खा आर्मी अफिसर तथा नन्अफिसरलाई जे दर्जा छोडेर आउँछन्, त्यही दर्जामा नियुक्त गरी नेपाली सेनामा समावेश गर्नुपर्छ ।
यसो भएपछि गोरखा फौजबाट फर्की आउने र बैदेशिक रोजगारीबाट फर्किआउनेले आफ्नो युवकत्व अर्काको सुरक्षा, र उन्नतिमा लगाएर पनि अपमानित हुनुपर्ने छैन ।
साथै गोरखा फौजमा र अन्यत्र पनि रहेभएसम्म नेपाल आमाका छोराछोरीहरू यहाँ तपाईंहरूकी जननी जन्भूमिश्च पर्खिंदै आँसु बगाइरहेकी छन् । ती आँसु पुछिदिन आउनुहोस् ।
(५) राजनीति गर्ने नेताहरू, सत्तामा बस्नेहरू नेता–नेतृत्व वर्ग ! आफ्ना दीलदिमागको अन्तरकुन्दरमा कतै देशभक्ति र राष्ट्रवादी विचार बाँकी छन् होला, यिनैका लागि उपयोग गर्नुहोस् । इण्डियन सत्ताको छली कपटी क्रियाकलापको अर्काे ठूलो कारण दुई देशका बीचमा रहेको खुला सीमाना हो, यसलाई तराई हाम्रो मधेशबासी नेपाली जनतालाई परिचयपत्रमार्फत् सुविधा हुने व्यवस्था गरी बन्द गर्नुपर्छ ।
(६) खुल्ला सीमाना बन्द भएपछि, वर्तमानमा नेपाली जनसमाज र नेपाली अर्थ क्षेत्रले भोगिरहेका धेरै समस्याको समाधान हुनेछ र भविष्यमा आइलाग्न सक्ने अतिक्रमणको समस्या पनि आउने छैन । अतः नेपाली युवालाई फर्काउनु र खुलासीमा बन्द गर्नु जरुरी छ । गर्नुपर्छ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)