गाईलाई ‘माता’ मान्नुको रहस्य

जय गौ माता

स्मृती राणा

विश्वको एक मात्र हिन्दु राष्ट्रको रुपमा संसारभरी विख्यात भईसकेको नेपाल सनातनदेखि नै गौरक्षक राष्ट्र हो । पाश्चात्य शिक्षादीक्षाको प्रभावको फलस्वरुप मानिसहरुमा नास्तिकता एउटा ठूलो चुनौती बनेर आएको छ । अझ खासगरी शिक्षित भनिने व्यक्तिहरुमामा त्यसको बढी प्रभाव परेको पाउदछौ । धेरै मान्छे भ्रममा परेर ईश्वर, अध्यात्म, भाग्यवाद, पुनर्जन्म, देवी-देवता, स्वर्ग र नर्कका कुराहरुलाई केवल ढोंग र भ्रामक देख्दछन् ।

यस्तो मानसिकता यति बढ्दै गईरहेको छ कि धेरैजसो मानिसलाई धर्म ग्रन्थको पाठ गर्नु, विद्वानहरुको कुरा सुन्नु त परै जाओस्, यस विषयमा जान्न पनि चाहदैनन् । उनीहरु आफ्नो स्थुल शरीरलाई सत्य मानेर आफ्नो दृढ सिद्धान्त बनाउदछन् । मानिसहरू आफ्नो धार्मिक विश्वास गुमाएर दिन प्रति दिन बढी अशान्त भईरहेका छन् । वर्तमान युवाहरूको जीवन आलश्यपूर्ण र धर्मसुन्य हुँदै गईरहेको छ । हामीले हाम्रा सन्तानहरूलाई अध्ययनको सुरूवातवाट नै यस्तै तरिकाले पढाएका छौं कि मन र बुद्धि पनि त्यही अनुसार बनिसकेको छ । धार्मिक शिक्षाको विषयमा हाम्रो शिक्षालयमा न त केही पढाईयो न त केही सिकाईयो, हाम्रो माता-पिताले हामीबाट पढ्दै नपढेको कुराको अपेक्षा गर्छन् ।

प्राचीन समयमा मानिसका जीवनका सम्पूर्ण क्रियाकलापमा धर्मको नियन्त्रण थियो र उनीहरूले जेसुकै गरे पनि त्यसको गणना पाप र पुण्य गरी दुई श्रेणीमा हुन्थ्यो । अहिले नेपालको संविधान २०७२ अनुसार नेपाल राष्ट्र विश्वको एकमात्र हिन्दु राष्ट्रबाट धर्म निरपेक्ष राष्ट्रमा सूचिकृत भएपछि धर्म – अधर्म, पाप – पुण्यप्रति मानिसमा विकृती एवं ढोंगी बुद्धी उत्पन्न हुनाले चोरी, ठगी, व्यभिचार, हत्या आदी अपराधहरूमा वृद्धि भईरहको छ । यो दुष्प्रवृत्तीलाई रोक्न सक्ने शक्ति धर्ममा मात्र छ जसमा आज हामी निरपेक्ष बन्दै गईरहेका छौँ ।

“गावो विश्वषस्स मातरः गोषुः लोकाः प्रतिष्ठिहताः” अर्थात, “गौ माता नै सम्पुर्ण भुत एवं भविष्यआकी माता हुन् गाई नै विश्वको माता हुन् गाई नै यो लोककी प्रतिष्ठिरत माता हुन्” । पशुभन्दा मानिस चेतनामा, बलमा धेरै अगाडी भए पनि एउटा पशु गाईलाई हाम्रो वेदहरुमा, धर्मशास्त्रहरुमा “माता” मान्नुको पछाडि सामान्य कुरा नभएर एउटा रहस्यको विषय हो । गाईको सम्पुर्ण शरीरमा ३३ कोटी देवी देवता निवास गर्दछन् । यहाँ गौको श्रुती पृथ्वीको आदि जातिको सबै प्रकारबाट सुरक्षा गर्नको लागी भगवान शिव गोरखनाथको अवतार लिनु भएको थियो । गौमाताकै सेवा र संरक्षण आदिको प्रभावले राजा दिलिप, राजा द्रव्य शाह आदिले धन, राजपद आदि प्राप्त गर्न सार्थक भए ।

गाईको अंग प्रत्यंगमा समस्त देवताले तीर्थ, व्रत, नित्य निवास गर्दछन् । गोमुत्रमा पवित्र गंगा, सरस्वती आदि समस्त नदीहरु निवास गर्दछन् । गाईको चार पाउमा धर्म, अर्थ, काम, मोक्षले बास गरेको हुन्छ । गौमाताको रौँ-रौँमा ३३ कोटी देवताहरु सतत निवास गर्दछन् । गौमाताको दुई आँखाहरुमा सुर्य र चन्द्रमा निवास गर्दछन् । गाईहरुको नासिकामा अश्वीनिकुमार सतत निवास गर्दछन् । गाईहरुको श्रीङ्गामा सतत सुमेरु पर्वत निवास गर्दछन् । गौमाताको मुखमा शिव, पिठमा ब्रह्मा, गलामा विष्णुत एवं रौँ रौँमा सबै सुरगण नित्य निवास गर्दछन् । गाईको दाँया सिङमा विष्णु छ र बायाँ सिङमा ब्रह्मा नित्य बसेका छन् भने दुवै सिङका शिखरमा सबै चराचर साधु, सन्त, सज्जनहरु र अन्चर नदी सरोवर ब्रह्मकुण्ड आदी तिर्थ बसेको हुन्छ । ललाटमा देवी पार्वती विराजमान हुनुहुन्छ । दुवै सिङको माझमा सबै देवी देवताले पुजेका अधिपति पशुपतिनाथ विराजमान हुनुहुन्छ । हुकारमा १४ विद्याकी देवी सरस्वती र सरस्वतीका भाई गणेश बस्नु भएको हुन्छ । गलामा देवराज ईन्द्र बसेका छन् । ११ रुद्र पिठ्युमा प्रविष्णीत छन् । गोबरमा लक्ष्मीले वास गर्नुभएको हुन्छ । गाईको पुच्छरमा धर्म प्रतिष्ठिनत छ त्यसैले गोदान गर्दा पुच्छर (धर्म) समातेर गरिन्छ । गोमुत्रमा गंगा र गोबरमा यमुना बसेकी छिन् । पेटमा पुरा पृथ्वीर, अरण्य पर्वत, वन उपवनसहित बसेकी छन् । चारै थुनमा समुन्द्र (पुर्व सागर, पश्चिपम सागर, उत्तर सागर, दक्षिण सागर) विराजमान छन् । यो गाई माताको विश्व स्वस्थ वर्णन गरियो । सुर्यका असंख्य किरणहरु प्रत्येक रौँ-रौँका जरामा बसेका छन् । गाईको जुन जुन अंगमा जुन जुन देवी देवताको बास छ तिनको स्थान निदेश गरियो । यज्ञ, दान, स्वर्ग, सुख भोग विश्वद ब्रमाण्ड चराचर जगत गाईमा प्रतिष्ठि त छ । त्यस कारणले गाईको हिंसा गर्न भएन । यस पवित्र भूमिमा एउटी गाईको रक्षाको लागि दिलीप आदि राजाहरुले आफ्नो देह पनि समर्पण गरेका थिए ।

Advertise
Hike & Write

परन्तु अफसोचको विषय यसै महान यज्ञीय भूमिमा करोडौ गाईमाताहरुको निर्मम हत्या भइरहेका छ र बिडम्वनापूर्ण ढंगबाट प्रशासन त्यस्ता अपराधलाई कडा कानूनी दायरामा ल्यउन र दण्डित गर्न सक्दैन । जसको मनमा जुन वस्तुको कामना रहेको छ सोही कामनालाई तत्काल पुरा गरिदिने भएर नै गौमाताको नाम संसारभर कामधेनु भनेर प्रसिद्ध छ । कुनै पनि वस्तुको सेवा-पूजा सम्मान आदि कुराहरु त्यस वस्तुमा रहेका गुणहरुको आधारमा हुन्छ । गौ सेवा हाम्रो धर्म र संस्कृतिमा भौतिक विज्ञानमा मात्र आधारित नभएर धार्मिक विज्ञानबाट पनि महत्वपूर्ण सिद्ध हुन आएकोले परम्पराबाट चलिआएको छ । मानव जीवनको सर्वोत्तम उपलब्धि भनेको नै मोक्ष प्राप्तीह हो । मोक्ष प्राप्ती्को लागी आरोग्यता (निरोगिता) को सर्वोपरी महत्व रहेको हुन्छ । आरोग्य प्राप्तीबको लागी आहार, बिहार, व्यायाम, परिश्रम, कर्म सही तरिकाले प्रयोग हुँदै जानुपर्दछ । हाम्रो व्यस्त जीवनको लापरवाहीको कारणले शरीरमा रोगले आक्रमण गर्न थालेपछि औषधि र साधनाको सहारा लिनै पर्ने हुन्छ । त्यसैले हाम्रो पुर्वज ऋषिमुनीहरुले रोगबाट जोगिनको लागी विभिन्न उपायहरुको खोजीको क्रममा आयुर्वेद शास्त्रको निर्माण गरेका हुन् ।

यसै गरी अष्टांग हृदय संहितामा गोमुत्र एक्लैले मात्र बाथ, पित्त, कफ, व्याधिलाई ठीक गर्दछ भनिएको छ । गोमुत्रमा २१ वटा धातु लगायत अन्य महत्विपुर्ण रसायन पाईएको छ । जुन यस प्रकार रहेको छ: Nitrogen, Sulphur, Amonia, Copper, Iron, Urea, Uric acid, Phosphate, Sodium, Potassium, Manganese, Carbolic acid, Calcium, Salt, Vitamin ABCDE, Lactose, Water, Enzymes, Hip uric Acid, Creatine, Awrum Hydroxide

गाई हाम्रो राष्ट्रिय जनावर मात्र नभएर हाम्रो संस्कृतिको आरम्भ स्तम्भ हो, नेपालबाहेक भर्खरै मात्र छिमेकी मित्र राष्ट्र भारतको ईलाहाबाद हाईकोर्टले गाईलाई राष्ट्रिय जनावर कायम गरी गौरंरक्षणमा लाग्न सरकारलाई निर्देशित गरेको छ । प्रकृति र पर्यावरणका निम्ति गाईले जति अतुलनिय योगदान कुनै जीवजन्तुले गर्दैन । जब सम्म गाईको संरक्षण हुँदैन तब सम्म यो धर्तीमा शान्ति हुँदैन । कहिले भुकम्प आउने, कहिले बाढी आउने यो सबै Climate Change को मुख्य कारण पशु हत्या हो भन्ने कुरा Einstein को (EPWCEPI Wave Theory) मा उल्लेख गरिएको छ । भारतका वैज्ञानिक डा. मदनमोहन बजाजले पनि सावित गरिसकेका छन जुन भुकम्पको मुख्य कारण E P waves नै जुन प्राणी हत्याबाट उपलब्ध हुन्छ ।

गाईकै सेवा गर्न भगवान श्रीकृष्णले यस धर्तीमा जन्म लिनुभएर गौमाताको सेवा गर्नुभएको थियो । भगवान श्रीकृष्णले भागवत गितामा भन्नुभएको छ “ अन्नाद भवन्ति भूतानी पर्जन्यादन्न सम्भवः यज्ञाद भवति पर्जन्यो यज्ञ कर्म समुदभवः” अर्थात अन्न भएमात्र प्राणीहरुको रक्षा हुन्छ । अन्न तब मात्र उत्पन्न हुन्छ जब समयमा पानी पर्दछ, पानी तब मात्र पर्दछ जब यज्ञादी कार्य गरिन्छ । त्यसैले यज्ञ सर्वश्रेष्ठ कर्म हो । यज्ञ गर्नको लागि अत्यावश्यक पर्ने हवन सामाग्रीहरु गौमाताको गोबर र गौमुत्र तथा दुध नभई नहुने अनिबार्य, लभूत र आधार तत्व हो जो गौमाताबाट मात्र उपलब्ध हुन्छ ।

हाम्रो नेपाल राष्ट्रमा सम्भवतः धर्म निरपेक्ष राट्र घोषित भएको परिणाम हो वा अन्य कुनै केही, त्यो त भन्न सकिन्न तर बिगतको मुलुकी ऐनमा गौहत्याको अपराधलाई “गोबध” भन्ने मुलुकी कानूनी फौजदारी अपराधको श्रेणीमा राखिएको र सोही अनुसारको दण्ड सजायको प्रावधान भएकोमा हालको मुलुकी फौजदारी संहिता नामक कानून अनुसार गोबधको महल नै नराखी पशु हत्या भन्ने मात्र कानून आकर्षण हुने र सोही बमोजिम जुन गाई अथवा गौमाताको हत्या गरेको र सोको अपराधको गम्भिरता अनुसार नै दण्ड सजायको व्यवस्था नभई सामान्य पशु पंक्षी हत्या गरेको जस्तो मान्ने गरी गौहत्याको अपराधलाई पनि सामान्यिकृत गरेको जस्तो पाइएको छ ।

अन्त्यमा हाम्रो देशमा गौ भक्ति जागोस्, यहि कामनाका साथ जय गौ माता ।

(राणा गौ संरक्षण अभियानकी अध्यक्ष तथा रुरु गौसेवा आश्रम रिडी, (कुसेनी/अर्गली)रुरु धामकी उपाध्यक्ष हुन् ।)


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button