गोर्खा नभएर नेपाल बनाएको उनैले होइन ?
हर्क रावल
अधिवक्ता
यसो सोच्दछु, जतिबेला राष्ट्र निर्माता पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणको अभियान थाले, त्यति बेला उपत्यकामा सम्पन्न शक्तिशाली राजाहरु थिए । अन्यत्र पनि तमाम शक्तिशाली राज्यहरू थिए । सेनहरुका शक्तिशाली राज्यहरु, पुर्व पश्चिमका मल्लहरुका एकसे एक शक्तिशाली राज्यहरु थिए । सिंजाका मल्लहरुले त अझ ३-३ चोटि कान्तिपुर उपर आक्रमण गरी विजयी पनि भएका थिए ।
विजयपुर चौडन्डी जस्ता ताकतवर विशाल राज्यहरू पनि थिए । पृथ्वीनारायण शाहकै खलकका शाहहरुका राज्यहरु पनि थिए । क्षेत्री जातिहरु भन्दा अरु जातिहरुका पनि केही राज्यहरु थिए । बाइसे चौबिसे क्षेत्रमै गोर्खाभन्दा शक्तिशाली अरु राज्यहरु थिए । अर्को राज्यमाथी आक्रमण गर्ने र आफ्नो राज्यविस्तर गर्ने उ बेलाको त आम नियमित राज्य चरित्रै मानिन्थ्यो ।
कसैको नाम या जात नलेखु, तर बडामहारज पृथ्वीनारायण शाहले जो नेपाल राज्य बनाउने काम गरे, अरु कसैले त्यो काम किन नगरेका होलान् ?
मेरै अछामका या सिंजाका, जुम्लाका राजाले गरेको भए पनि त हुन्थ्यो होला नि हगि रु राष्ट्रिय एकीकरण गर्ने देश निर्माण गर्ने कार्य त जसले गरेको भए पनि हुन्थ्यो होला नि, राम्रै हुन्थ्यो होला नि हैन ।
पैले केपुचिन पादरीहरुमार्फत चलाइएको, पछि इङलिस पादरीमार्फत चलाइएको आख्खा नेपाल विदेशी धर्म संस्कृति अनि त्यसैमार्फत राजनैनिक रुपमा विदेशी उपनिवेशमा लैजाने योजना पृथ्वीनारायण शाहबाहेक अरु कुनै राजाले विफल पारिदिए पनि हुन्थ्यो होला नि हगि ?
मिरकासिम, किनलकको आक्रमण विफल गर्ने युद्ध हुन वा माइकल एन्जेलो जस्ताका दुषित योजना असफल पार्न होस दुर दृस्टी, योजना, नेतृत्व त पृथ्वीनारायणकै थियो नि होइन ? नेपाल सरहदभित्र पादरीमार्फत बृटिस सेना अनि शासन हान्ल्न खोज्ने षड्यन्त्र पनि उनकै नेतृत्व मा जनचाहना र जनसमर्थनमा विफल भएका हुन नि हैन ?
यस्ता उदाहरण त कति छन् कति । सबैभन्दा मुल कुरो त उनैको नेतृत्वमा राष्ट्रिय एकीकरण भको हो नि हैन । यो देश गोर्खा नभएर नेपाल बनाएको पनि उनैले होइन रु अरु कसैले त गरेनन् नि । त्यो त देखिने सत्य छ नि । अनि पृथ्वीनारायण शाहले त्यो एकीकरण नगरेको भए आज हामीहरु कोइ भारतीय, कोइ तिब्बती (चिन) राज्यका नागरिक हुन्थ्यौ, (जित्ने राज्यका जितिएका नागरिकको पिडा के हुन्छ भन्ने त हाम्रै छिमेकका दाजुभाइ दिदिबहिनीहरुले भन्नुहुन्छ नि विवेक को ढोका बन्द नभएकोले त्यो बुझ्दछ) सुर्य नसताउने साम्राज्यले पनि हराउन नसकेका स्वाधीन देशका वीर नेपाली नागरिक हौ भन्न पाउने थिएनौं । अनि यस्तो गौरव दिने रास्ट्र निर्माता उपर पनि कोइकोइ किन विष बमन गर्छन् होला त ? बुझिनसक्नु कुरा त्यै छ ।
तर चिन्तन गरेर हेरिएमा बुझिन्छ । नेपाल देश नबनोस भनी चाहने शक्ति त्यतिबेला पनि थिए । एसियाटिक रिसर्च सेन्टर, केपुचिन पादरी मिसन, माइकल एन्जेलो, कर्कपेटृक समेतका षड्यन्त्रका इतिहास पढेकाहरुले यो कुरा सरर बुझ्छन् ।
कान्तिपुरका राजाका दरबारमा बस्न आएका, पाटन मा डेरा डन्डा जमाएर बसेका विदेशी धर्म प्रचारक हरुलाई देश निकाला र स्वदेशी जनलाई स्वधर्ममा फर्कन र नफर्के देश छोड्न, उपत्यका कै जनताहरुको इच्छा, इच्छा मात्रै होइन दबाब पनि थियो । तिनका अतृप्त आत्माहरु, तिनका आकाहरु निरन्तर नेपाल देशनिर्माणको विरुद्धमा र पृथ्वीनारायण शाहको विरुद्धमा रहनु स्वभाविकै हुन्छ्होला सायद ।
उत्तरका शासकले फाइव फिङ्गर भन्ने साथै दक्षिणी शासकले पनि फाइव फिङ्गर भन्ने र ती फाइव फिङ्गरमा नेपाल पनि एउटा मान्ने तर आधार हत्केला चै आ-आफ्नो क्षेत्र मान्दै ती फाइव फिङगरमाथि आ-आफ्नो अधिपत्य जमाउने खोज्ने ढाई तीन सय बर्ष पहिलेदेखिको इतिहास जान्नेहरु स्वदेशमा अझै तमाम छन् । ती शक्तिहरूका आआफ्ना मित्रहरू (स्लपिङ्ग सेल नभनुला) हामीकहाँ हुनसक्नु आजको कम्प्लेक्स कुटनैतिक समयमा सामान्य नै हुन्छ होला ।
हाम्रै दक्षिणको सिक्किम राज्यको स्वतन्त्र अस्तित्व सकिएको, कुनै अर्को देश टुक्र्याइएको त असिको दसक को कुरा त टाढा छैन । त्यो सब देखेर बुझेर नै त बि पि कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल आएको त हामीलाई थाहै छ । सन् १९७५ मा सिक्किम पछि नेपाली भुभागको स्तिक्रमण को योजना त्यहाकी प्रधानमन्त्रीले आफ्ना काओ जातिका खुफिया संस्थाका प्रमुखलाई जिम्मा दिएको कुरा त्यहाकै यादव थरका पुर्ब अधिकृतले लेखेको किताबमा छापिएको पनि छ । नेपालमा माइक्रो म्यानेजमेन्ट गर्न चाहने, शासन प्रशासनमा हस्तक्षेप गर्न चाहने, बिनाकारण नाकाबन्दी लगाई हामीलाई दुख दिइरहनेले देशको एकता भाड्न, देशबासीहरुमा फुट ल्याउन सोझासाजा नेपालीहरुलाई भ्रमित पारिरहनु पनि हामीले थाहा नपाएको नौलो कुरा छैन ।
संसारमै के पनि देखिएको छ भने कुनै कुनै नागरिकहरु विदेशी कोलागी काम गर्ने, राष्ट्रघात गर्नेहरु हुने र विदेशीका औजार औ अस्त्र बन्ने पनि हुँदो रहेछ । यस्ता प्रवृत्ति बिगडिएकाहरु भन्दा अर्को एउटा प्रवृत्ति हुदो रहेछ भावुक अज्ञानीहरुको अनावश्यक स्वदेशी मानकप्रति आक्रमण गर्ने अनि जानिनजानी देशबासीहरुका बीचमा विवाद सृजना गराउने, राष्ट्रियता कमजोर पार्ने र देशको विरोधिहरुलाई नै फाइदा पुर्याउने ।
देशभित्र विविध खाले धारणा राख्ने, विचार बोक्ने मान्छेहरु हुनु स्वभाविक हुन्छ । नागरिकहरुका बीचमा बिषयबस्तुलाई हेर्न बुझ्ने फरक दृष्टिकोणहरु हुन सक्छन् तर रास्ट्र र राष्ट्रियताका बारेमा समान बुझाई र एकमत हुनु जरुरी हुन्छ ।
कुनै पनि देश उसका केही निश्चिति र स्थापित मान्य मानकहरुको वरिपरि एकताबद्द भएको हुन्छ । गान्धीलाई भारतले, वाशिङ्गटनलाई अमेरिकाले आफ्नो राष्ट्रिय मानक मानेझै पृथ्वीनारायण शाह पनि नेपाली राष्ट्रियताका साझ मानक हुन् । राष्ट्रिय एकीकरण गर्ने अरु कसैले नगरेको काम उनैले गरेका कारण आज हामी स्वतन्त्र सार्बभौमसत्ता सम्पन्न देशका नागरिक हुन पाएका छौँ । यो सबैभन्दा स्थापित सत्य हो ।
आउनुहोस्, हामी सबै नेपाली आ आफ्ना कमिकमजोरी सुधार्दै, भावुकताका वा अज्ञानताका पर्दाहरु हटाऔँ, सबल राष्ट्र निर्माणमा जुटोँ, राष्ट्रिय एकता अभिबृद्धि गरौँ । राष्ट्र निर्माताको योगदानको सम्मान गरौँ । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तिको शुभकामना ।
यस बर्ष जति सक्यौ गर्यौँ । अर्को बर्ष अझ बढी एकताबद्ध भएर, दत्तचित्त भएर राष्ट्रिय एकता दिवस मनाउने प्रण गरौं ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)