मन्त्री नियुक्तिमा न्यायपालिका प्रमुखको नाम जोडिनु अशुभ सन्देश

हर्कबहादुर रावल
अधिवक्ता

राजनीति दर्शनको विषय हुने हुँदा यसलाई पनि सापेक्षतामा बुझ्नुपर्ने हुन्छ । तर राजनीति अरु सबै नितिको मुल नीति हुने भएकोले राज्य ब्यवस्थामा त्यसको शुद्धताको प्रथम आवश्यकता हुन्छ । नेपाली राजनीति फेयर गेम थ्यौरीमा चल्दैन । अझ गणतन्त्र पछि हाम्रो राजनीति सिद्धान्तगत भन्दा स्वार्थगत र संस्थागतभन्दा ब्यक्तिगत इच्छा र पहुँचमा चल्ने गरेको आम जनमानसको गुनासो रहेको पाइन्छ ।

केपी ओलिको दम्भी, अन्यायपुर्ण र ब्यक्तिवादी शासन पद्धतिबाट वाक्क दिक्क भैसकेका नेपाली जनताह उनको २र२ पटकको असंवैधानिक संसद विघटनको गलत राजनैतिक कार्यले आजित भएर ओलि सरकार साह्रै अलोकप्रिय हुन गै असंवैधानिक कार्यका कारण अदालत समेतबाट प्रतिस्थापन हुनु परेको थियो । ओलीको अन्यायपुर्ण र असक्षम शासन फालेर एउटा पद्धतिप्रिय सरकार सत्ताको चाहना आम नेपालीले राखेका थिए र शेरबहादुर देउवाको सरकरबाट सिस्टम र न्यायको अपेक्षा राखेका थिए ।

तर देउवाजी प्रधानमन्त्री भएको धेरै लामो समयसम्म एक त सरकारले पुर्णता नपाएकोमा जनता नाखुस थिए । त्यसैमाथि मन्त्रीमन्डलको पुर्णता पाएको दिनमा एकजना मन्त्री जो सदनको दुवैमध्य कुनै पनि हाउसको सदस्य हुनु हुन्न । त्यसमाथि पनि उहाँको नाम देशको प्रधानन्यायाधीशसँग जोडिएर आएको र देशका सबैजसो चर्चित र लोकप्रिय सन्चारमाध्यमहरुले उहाँको नियुक्ति प्रधानन्यायाधीशले सत्तामा भाग मागेको उहाँ प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको नातेदार भएकोले मन्त्री नियुक्त हुनुभएको भन्ने समाचार सम्प्रेषण भएको कुराले देशको राजनैतिक प्रणाली, पार्टी पद्धति, लोकतान्त्रिक पद्धति, स्वतन्त्र न्यायपालिका, प्रतिनिधिमुलक शासन प्रणाली र संसदिय शासन प्रणाली समेतमाथि गम्भीर प्रश्न चिन्ह लाग्न गएको अवस्था देखिएको छ ।

Ad

कुनै पनि ब्यक्ति आफ्नो योग्यता क्षमताको आधारमा मन्त्री हुन्छ र ऊ कुनै संवैधानिक निकाय वा राज्यको कुनै अङ्गको प्रमुखको नातेदार छन् भने पनि त्यो कुनै नराम्रो विषय नभै सहज विषय हुन्छ तर यदि कुनै मन्त्री सामान्य र प्रचलित ब्यबस्था प्रक्रिया, पद्धति मापदण्डभन्दा फरक वा विपरीत वा शंकास्पद ढङ्गबाट नियुक्ति पाउँछ भने र शंका उब्जने आधार कारण दिन्छ र विगतका उदाहरणले पनि परिपुष्टी गर्छ भने आम मान्छेले त्यस्तो नियुक्तिलाई सहज रूपमा पचाउन सक्दैन । र, त्यो आम चासो र विरोधको विषय बन्न जान्छ । हो त्यस्तै भैरहेको छ आजको एकजना मन्त्रीको नियुक्ति पनि ।

संसदिय शासन प्रणाली जसलाई रिप्रिजेन्टेटिभ डिमोक्रेसी पनि भनिन्छ । त्यस ब्यवस्थामा मन्त्री सामान्यतया दुई मध्य कुनै एक सदनको सदस्य हुन्छ । विषेश परिस्थितिमा विषेश योग्यता र विषय दक्षताको आधारमा नियुक्त गर्न सकिने पदमा एक त विषय विज्ञताको पुष्टि नगरी त्यसमाथि प्रधानन्यायाधीशसँग नाम जोडिएका वा जोडाइएका मान्छेलाई यस्तो जटिल र तरल राजनैतिक अवस्थामा मन्त्री नियुक्ती गर्नाले प्रधानमन्त्री, प्रधान न्यायाधीश, सत्ता गठबन्धनका नेताहरु र राजनीति तथा राजनैतिक पद्धतिप्रति नै आम जनसमुदायमा भ्रम, अस्पष्टता, शंका र आक्रोश उत्पन्न हुनसक्ने अवस्था सृजना हुनसक्ने अवस्था देखिन्छ ।
यस्तो अवस्थामा हामी प्रधानमन्त्री
प्रधान न्यायाधीश सबै राजनैतिक पार्टी र तिनका नेताहरू तथा नवनियुक्त मन्त्रीजी समेतप्रति असल पद्धतिको आशा राख्दै शंकाको सुविधा दिदै विषय र ब्यक्तिको उचित र पद्धतिबाट छनोटको प्रमाण पुष्टिको अपेक्षा राख्दछौँ । यदि यस्तो प्रमाण पुष्टी हुनसकेन वा उहाँ नाताकै कारणले मन्त्री नियुक्ति हुनुभएको देखिएछ भने त्यसले भोलिको दिनमा जनताको कोपभाजनको विषय बन्नु पर्ने हुनसक्छ ।

एक त नेपाली समाज त्यसमाथि नेतृत्व वर्ग आफैमा सानो क्षेत्र छ । खोजी गर्दा सबैको नालिबेली छिट्टै पत्ता लागिहाल्छ । यो विवादास्पद विषय पनि निकट भविष्यमा दुधको दुध पानीको पानी भैजाने नै छ । आशा र कामना छ, यो नियुक्ति पत्रपत्रिकामा आएजस्तो नाताका कारणले भएको नभै बिषय विज्ञताका आधारमा भएको होओस् र हाम्रा स्थापित संस्थाहरु र तिनका पदाधिकारीहरुमाथिको जनविश्वास र जनआस्थामाथि शंका र अनास्थाको स्थित सृजना हुने अवस्था नबनी विश्वास र आस्था निरन्तर कयम रहिरहने अवस्था बनिरहोस् ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button