सुदुरपश्चिमलाई ओलीले त न्याय गरेनन् गरेनन्, नेपालले पनि गरेनन्

हर्क रावल
अधिवक्ता

Political behaviourism र political pluralism २१ औ शताब्दीका अति महत्त्वपूर्ण र निर्णायक विषयहरु हुन् । साथै राजनितिमा opportunity र leadership development का साथै संघसंगठनमा human resource management पनि आजको विश्वको अत्यावश्यक र महत्वपुर्ण, अझ कतिपय अवस्थामा निर्णायक factor हुन् । नेकपा एमाले विभाजन भए पछि अन्यत्र भन्दा सुदुरपश्चिमान्चलमा र कर्णाली प्रदेशमा एमाले विभाजनबाट बनेको नेकपा एकीकृत समाजवादी पार्टीले ठूलो साथ र समर्थन पायो ।

त्यो पार्टीले त्यहाँ ठुलो समर्थन पाउनुमा कुनै नेताको अनुहार, नाम मन पराउनु, कुनैको नपराउनुर अमुक पार्टीको निती सिद्धान्तका कारणले भन्दा पनि socio economic कारण बढी निर्णायक थियो । नेकपा एमालेमा पहिलेदेखि र केपी ओलीको सत्तापछि त्यो क्षेत्रका जनताले निरन्तर र अत्त्यधिक क्षेत्रिय विभेदको अन्याय भोग्नु परेका कारणले त्यहाका जनता तथा पार्टी कार्यकर्ताहरुले नयाँ पार्टीप्रति ठूलो समर्थन दिएका थिए । तर, दुखको कुरा के भयो भने पार्टी जिम्मेवारी र पदाधिकारी जिम्मेवारीमा नेपाल खनाल नेतृत्वको नेकपा एस पार्टीले पनि साबिकको एमाले र ओलीजीकै नेतृत्वको पार्टीको जस्तै नेतृत्व र जिम्मेवारीमा सुदुरपश्चिम र वास्तविक कर्णालीबासीलाई अन्याय गरेको देखियो । आमसाधारण मान्छेले पनि यो अन्याय देखेको छ । यो दुखद र सोचनिय विषय हो ।

न्यायको लागि विद्रोह गरेँ भन्ने नयाँ शक्तिले यस्तो प्रथमदृष्टिमै अन्यायपूर्ण देखिने कार्य गर्नु उचित हुँदैन । सरोकारवाला सम्बन्धिले यो सुझावलाई बुझुन् र न्यायपुर्ण संगठनको निर्माण गरुन् । यो एक नागरिकको अरुलाई जस्तै तपाईंहरुलाई पनि सुझाव हो, बुझ्नुहोला र न्यायपुर्ण कार्यान्वयन गर्नुहोला । अन्यथा २१ औ शताब्दीका सचेत जनता पुरस्कार र दण्ड दुवै दिन सक्षम र योग्य छन् ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button