
किताबको कुरा कपिमा सार्ने शिक्षण पद्दति अन्त्य गरौं
५५ औं विश्व साक्षरता दिवस तथा ४२ औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा सबैमा शुभकामना ।
आरके बस्न्यात
आजको दिनमा अनुरोध गर्नै पर्ने केही बुँदाहरू ।
१। शिक्षा बाँड्ने र ग्रहण गर्ने बीचमा तालमेल होस् ।
२। पाठ्यक्रम निर्माण गर्ने र गराउनेहरूले सापेक्षतावादलाई अनुसरण गरौं ।
३। खुला विश्वविद्यालय र खुला विद्यालयलाई प्रोत्साहन गरौं ।
४। नेपाल जस्तो मुलुकमा स्वदेशमा आफ्नो सीप प्रयोग गर्न सक्ने शिक्षा प्रदान गरौं ।
५। शिक्षामा राजनीति बन्द गरौं ।
६। शिक्षकले हातमा पुस्तक लिने र विद्यार्थीले हातमा कपि र कलम लिएर किताबको कुरा कपिमा सार्ने शिक्षण पद्दतिको अन्त्य गरौं ।
७। शिक्षकले आफूलाई सम्मानित बनाउन आफै भूमिका निर्वाह गरौं ।
८। सरकारले सरकारी सस्थामा नर्सरीदेखि विधावारिधीसम्म सम्पूर्ण शिक्षा पूर्ण निशुल्क गरोस् ।
९। विश्वसङ्ग पौठेजोरी खेल्न सक्ने विश्वविद्यालयको स्थापना गरौं ।
१०। अबको १० बर्षमा नेपाललाई १०० प्रतिशत साक्षर देश बनाउदै आत्मनिर्भर राष्ट्र बनाउने दृढ संकल्प गरौं ।
११। Literacy in digital world नारालाई ब्यवहारमा उतारौं ।
१२। ६ महिना र वर्षदिनमा २, ३ घण्टाको परीक्षा लिएर सिकारुको क्षमता हेरेर स्तरोन्नति गर्ने पुरानो र मृत पद्दतिको अन्त्य गरौं ।
१३। झोले, खोले, ढोके, अल्छि, शिक्षा क्षेत्रसङ्ग उदासिन भएका शिक्षक र विद्यालयलाई राष्ट्रिय शिक्षा पुरुस्कार दिन आजको मितिबाट बन्द गरौं । शिक्षा दिने र लिने बीचको दूरी सिमांकन होस् ।
हिन्दीमा लेखिएको शिक्षक कैसा होको नेपाली उल्थाका केही बुँदाहरु पनि यहाँ उल्लेख गर्नु बान्छनीय हुनेछ
तथ्य परक शिक्षा दिने ।
सामान्जस्यता सीप भएको ।
मनोविनोदी ।
जिज्ञासु, किनकी जिज्ञासु विद्यार्थीका सवाल निवारण गर्नु पर्ने हुन्छ शिक्षकले ।
अभ्यास गर्ने ।
आज्ञाकारी, परोपकारी ।
कुनै दुर्ब्यसन नभएको ।
कल्पनाशील, आदर्श ।
विश्वासिलो, स्वाभिमानी ।
राष्ट्रप्रेमी ।
समयको परिपालक ।
यी सबै गुणहरु विद्यार्थीमा हस्तान्तरण गर्नुपर्ने हुन्छ शिक्षकले । शिक्षक रोल मोडेल हुन् । साक्षर हुनु अक्षर चिन्नु मात्र होइन, सचेत हुनु पनि हो ।
यी बुँदाहरुमा छलफल गर्न सम्भव भए किन हामी आजको यो विशेष दिनमा बहस पहल नगर्ने ?
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



