एमसिसिः नखाऊँ भने दिनभरीको शिकार, खाउँ भने कान्छाबाउको अनुहार

नेतालाई एमसिसि, जनतालाई सकस

आर के बस्न्यात
ललितपुर

हिजोआज अनगिन्ती संख्यामा एमसिसिविरुद्ध आवाज उठेको सुनिन्छ । एमसिसि पास गराउने अन्तिम कसरत हुदैछ । यसविरुद्ध सायद कुनै दलको प्रमुख बोल्नेवाला छैनन् । अब जनताले पार्टी भनेर अझै पनि हनुमान चरित्र देखाउँछन् वा आत्मघाती र राष्ट्रघाती सम्झौताको विरोध गर्छन् !

उमेरले राजनीतिबाट सन्यास लिनुपर्ने नेताहरू एमसिसि पास गर्ने पक्षमा छन् । जसका छोराछोरी अकुत सम्पतिको मालिक बनिसकेका छन् । उनीहरूको तीन पुस्तालाई पुग्ने सम्पति स्वदेश र विदेशमा छ । अपुस्ट खबर अनुसार उनीहरूले चुनावी खर्च समेत एमसिसि परियोजना पास गर्ने शर्तमा अग्रिम बुझेको आरोप छ ।

हामीलाई बाँचुन्जेल कुनै समस्या पर्दैन । त्यस्तै पर्यो भने अमेरिकाले पालिहाल्छ भन्ने आशा र आश्वासन एमसिसि पास गराउने समुहलाई पक्कै हुनुपर्छ । भावी पुस्तालाई र देशलाई जे सुकै होस् । यहाँ अमेरिकी सेना आएर चीनसँग जोरी खोज्न थाल्यो भने हाम्रो सम्बन्ध चीनसँग त बिग्रन्छ नै । अर्को खतरा उत्तरतिरबाट दैनिक लडाकु विमान नेपाल छिर्ने क्रम शुरु हुन्छ । नेपालबाट अमेरिकी सेनाको लडाकु विमान अनि चीनको सिमामा घुम्न थाल्छ । नेपालको विकास होइन, त्यतिबेला यहाँ सन्त्रास र डर फैलन्छ । यहाँको परम्परा, रितिरिवाज र दैनिकी बिग्रन सक्छ । हत्या र बलात्कार सामान्य दैनिकी बन्न सक्छ किनकि यस्तो उदाहरण अमेरिकाले इराक, कुबेत, अफगानिस्तान, लिबिया, अफ्रिका आदि मुलुकमा उदाहरण पेश गरिसकेको छ ।

अहिले केपी ओलि र ज्ञानेन्द्रले संविधान मिछे । देउवाले प्रजातान्त्र दरबारमा बुझाए अनि प्रचण्डले १७ हजारमध्ये ५ हजार मानिस मारे भन्ने आरोप लगाउनेले त्यो राष्ट्र र मानवअधिकारको बारेमा सायद एक शब्द बोल्न नसक्ने वातावरण बन्न सक्छ ।

किनकि एमसिसि नेपालको कानुनभन्दा माथि छ । संसदले पास गरेपछि त्यो आगामी दिनमा नेपालको संविधानभन्दा माथि हुन्छ । नेपाली कानुनले एमसिसि परियोजनामा आँखा लगाउन सक्दैन । कार्वाही गर्न सक्दैन यदि कुनै गडबडी भैहालेमा ।

अब भन्नुहोस् यो सम्झौता किन गर्ने ? एमसिसि नभए हामी भोकमरी पर्छौ हो ? एमसिसि मात्र विकासको विकल्प हो ? कदापी होइन । एमसिसि आउनुको पछाडि निकै ठुलो षड्यन्त्र छ ।

अब हामीले भन्न सक्नुपर्छ एमसिसि पास गर्ने साँसदलाई गाउँ, टोल र परेमा देश निकाला गर्ने उद्घोष । घर आउन नदिने घोषणा । एमसिसि पास गर्ने दललाई पूर्ण बहिष्कार । के संभावना छ त ?

अहिले अमेरिकाको दाउ भनेको चीनसँग सिमा जोडिएका राष्ट्रहरूमा एमसिसि लागू गर्ने अनि चीनसित युद्द गर्ने । युद्दको लागि नेपाल सेना र हतियार भण्डार गर्ने बन्ने । अनि हुन्छ हाम्रो विकास ? अनि रहन्छ गणतन्त्र र प्रजातान्त्र !

तसर्थ एमसिसि संसदबाट पास गर्नु कदापि हुँदैन । यो एउटा मन्त्रालयले सम्झौता गरेर लागू गर्ने भए हुन्छ नत्र फिर्ता लौजान भन्नु पर्छ । जतिसुकै संसोधन गरे पनि यो नियत खराब भएको परियोजना स्वीकार गर्नुपर्छ भन्ने छैन ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button