गहना लाउन नपाउँदा ज्वरो नै आउनेचाहिँ हुनसक्दैन

शुकन्तला देवकोटा

‘श्रीमतीलाई ज्वरो आए गहना पसल लैजाऊ !’ शिर्षकमा नेपालनाम्चाले छापेको लेख चित्त बुझेन । कति महिलाले विरोधसमेत जनाए ।

गहना महिलाको सौर्न्दर्य बढाउने वस्तु हो । त्यसैले नै परापुर्वकालदेखि विवाह गर्दा गरगहना लगाइदिने चलन चलिआयो । हिन्दु रितिथितीले श्रृंगाररपटार र गरगहनालाई महिलाको सौभाग्य पनि मान्दछ । गरगहनाले सजिएर हिँड्ने महिला राम्रा पनि देखिन्छन् । कोहिकोही दिदीबहिनी त्यस्कै अत्यधिक सौखिन पनि हुन्छन् । तर, गहना लाउन नपाउँदा ज्वरो नै आउनेचाहिँ हुनसक्दैन ।

दिदीबहिनीहरुले दुईचार पैसा बटुलेर रहर लागेको गहना जोड्नु हुन्छ तर फेरि कुनै दिन आपत पर्दा बेचेर काम चलाएको पनि थाहा छ मलाई । कोहिकोहि महिलाहरुले त आफ्नो विवाहको गरगहना बेचेर जग्गा किनेको र घर बनाएकोसम्म थाहा छ । त्यति जिम्मेवार महिलालाई गहनासँग जोडेको पटक्कै चित्त बुझेन ।

आजभोलि बजारमा विभिन्न किसिमका नक्कली गरगहना जताततै पाईन्छ । सक्कलीभन्दा नक्कलीको बजार राम्रो छ । हराए पनि डर नहुने । किन्दा महङ्गो पनि नपर्ने । फेरीफेरी लगाउन पनि पाइने । धेरै सजिलो छ । अधिकाँश महिला शिक्षित हुनुहुन्छ । आफै मनपरेको गरगहना रोजेर किन्नु हुन्छ । त्यसैले महिलालाई गहनासँग जोडेर सानो घेराभित्र खुम्च्याउन नखोज्नुस् । सकारात्मक सन्देश बाँड्ने काम गरौं ।

क्षमतावान महिलालाई घरभित्र थुनेर गहना पसल जान नपाए ज्वरो आउनेसम्म नपुर्‍याउनुस् । आ-आफ्ना घरका महिलालाई आत्मनिर्भर बनाउनतिर लाग्नुस् ।

दाजुभाईहरुलाई शुभकामना ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button