कर्मचारीको देश-दर्शनः गोरखादेखि दोलखासम्म

सुशीला शर्मा
सचिव, तारकेश्वर न.पा वडा ४, काठमाडौँ ।

विगत पाँच वर्षदेखि वर्षमा कम्तीमा एक पटक कुनै न कुनै नयाँ ठाउँमा घुम्न जाने योजना अनुसार यात्रा जारी छ । यात्रा कार्यालयको तर्फबाट होस् या चाहे पारिवारिक ।

२०७६ सालमा परिवारसँग चीनको सिचुवान प्रान्तको राजधानी छेन्दु शहर र हेनानप्रान्त लोयाङ शहर र कार्यालयको तर्फबाट साथीहरुसँग मुस्ताङमा रहेको मुक्तिनाथधाम यात्रा गरेको सम्झना ताजै छ । २०७७ सालमा कोभिड–१९ को कारण हरेक बर्ष हुने गरेको यात्रा रोकिने हो कि भन्ने पिरलो लागेको थियो ।

बर्षको अन्तिम समयतिर संक्रमण केही कम भएपछि घुम्न जाने चाँजोपाँजो मिलिहाल्यो । त्यसो त आ.व २०७७÷७८ को बजेट भाषणको क्रममा अर्थमन्त्रीले कोभिड–१९ का कारण थला परेको पर्यटन क्षेत्रलाई उकास्न संक्रमण कम भएपश्चात् सरकारी कर्मचारीलाई देश दर्शनको आवश्यक व्यवस्था मिलाइनेछ भनेका पनि हुन् । तर, यो कुरा व्यहारमा लागू भएको खासै पाइएन, कर्मचारीलाई साताको दुई दिन सार्वजनिक बिदा दिएर आन्तरिक पर्यटक प्रवद्र्धनमा सघाउ पु¥याउने भन्ने तर्क पनि नआएका होइनन् तर यी सबै कागजमै सीमित भएको अवस्था छ ।

हामीले अनुभव गरेको कुरा हो, दुई दिन सार्वजनिक बिदा परेको साता आधाभन्दा बढी कर्मचारीहरु घुम्न निस्केका हुन्छन् । संसारका करीब ९० प्रतिशत देशमा हप्ताको दुई दिन सार्वजनिक बिदा दिने चलन छ । दक्षिण एसियाका नेपालबाहेक सबै देशमा हप्ताको दुई दिन सार्वजनिक बिदा दिने चलन छ । यदि नेपालमा पनि हप्ताको दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था मिलाउने हो भने कोभिड–१९ कारण धरासायी बनेको पर्यटन क्षेत्रलाई उकास्न विदेशी पर्यटकको भरपर्नु पर्दैन ।
२०७७ सालको घुमघाम फागुन महिनामा कार्यालयको तर्फबाट जनप्रतिनिधिहरु र कर्मचारीहरुको टोली चार दिने भ्रमणमा निस्कने तय भयो । भ्रमणको पहिलो दिन दिउँसो कार्यालयको काम सकेर ३ बजेतिर हामी काठमाडौँबाट निस्कियौँ । साँझ बन्दीपुरमा बाँस बस्ने कार्यक्रम तय भएअनुसार बिन्दबासिनी होमस्टेमा बास बस्यौँ । भोलिपल्ट गोरखा कालिका दर्शन गरेर तनहुँको छाब्दी बाराही र पोखरा घुम्दै साँझ स्याङ्जाको हुनीकोट होमस्टेमा बाँस बस्न पुगियो । सहज यातायातको असुविधाका कारण पुग्न केही कठीन भए पनि हुनिकोट पर्यटकीय सम्भावना बोकेको रमणीय स्थान रहेछ । सडकको स्तरोन्नति र प्रचार–प्रसार हुन सकेमा त्यस ठाउँको मुहार फेर्न सकिने हाम्रो निष्कर्ष रह्यो । त्यसैगरी भ्रमणको तेस्रो दिन पाल्पाको रानीमहल र सिद्धबाबा हुँदै हामी गौतम बुद्वको जन्ममूमि लुम्बिनीमा बास बस्न पुग्यौँ ।

रानीमहल घुम्न पाउँदा निकै खुशी भएका हामीले महलको उचित संरक्षण हुननसकेको देख्दा निराश बन्न पुग्यौँ । चौथो दिन लुम्बिनी दर्शनपछि गण्डक ब्यारेज र त्रिवेणी धामहुँदै शास्वतधामको दर्शनपछि हाम्रो यात्राको गन्तव्य पुरा भयो ।

यात्राको तस्बीर सामाजिक सञ्जालमा सार्वजनिक गरिरहँदा कतिपयले सरकारी पैसामा घुम्न गएको भनेर आक्षेप लगाएको पनि पाइयो । तर हामी नितान्त व्यक्तिगत खर्चमा घुम्न गएका थियौं । खास कुरो नबुझीकन आरोप लगाउनेलाई भन्नु छैन । यसरी हाम्रो चार दिने देश–दर्शन सम्पन्न भएको थियो ।

२०७७ सालको दोस्रो पटकको घुमघामको रोजाई प-यो दोलखास्थित कालिञ्चोक भगवती र भीमेश्वरको दर्शन । दुई दिने भ्रमणमा हामी दुई परिवार गरी छ जनाको टोली थियौँ । पहिलो दिन कालिञ्चोकस्थित कुरी बजारमा बास थियो । बाटो चरिकोट बजारबाट केही माथि पुगेपछि असाध्यै अप्ठेरो रहेछ । यदि सहज आवागमन हुने हो भने त्यो ठाउँमा कति पर्यटक ओइरिने थिए होला । अझ सिन्धुपाल्चोकको मुडे बजारदेखि दोलखाको चरिकोटसम्म सडक कालोपत्रे हुन नसकेको अवस्था रहेछ । राजधानीको नजिकै रहेको जिल्लाको सदरमुकामसम्म पनि सडक कालोपत्रे हुन नसकेको देख्दा अचम्म पनि लाग्यो । त्यसो त सञ्चार तथा सूचना प्रविधि मन्त्री दोलखाबासी छन् ।

साँझपख कुरी बजार पुगियो । मौसम अत्यन्तै चिसो रहेछ । मौसम सामना गर्न कठिनजस्तै भयो । तर, त्यहाँका रहेको होटलहरुको बनावटको सुन्दरता देख्दा सबै असहजताहरु पछाडि परे । ठाउँ पनि असाध्यै रमणीय रहेछ । भोलिपल्ट बिहान कालिञ्चोक भगवतीको दर्शनपछि हामी दोलखा भीमेश्वरको दर्शन गर्न चरीकोट झर्यौँ । चरीकोटमा भीमेश्वरको दर्शनपछि खाना खाएर हामी काठमाडौँतिर लाग्यौँ । दुईदिने भ्रमण त्यसरी सम्पन्न भयो ।

यात्रामा सहभागी हुनु भएका जनप्रतिनिधलगायत कर्मचारीहरु, परिवार तथा सहभागी र यात्राका क्रममा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने सबैमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।

पछिल्लो समय कोभिड महामारी झन् भयावह बन्दै गरेको अवस्था छ । थाहा छैन, भविष्यको यात्रा के होला ? जे होस् कोरोना नेगेटिभ हुँदै जाओस् र हाम्रो सोचाई पोजेटिभ । अनि, समय त बाँकी नै छ, अर्को बर्ष नयाँ ठाउँको यात्राको प्रतिक्षा गरेर बसेको छु ।

(तपाईं पनि आफ्ना यात्रास्मृति नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button