नेपालै साइकलमा सरर… (तेस्रो दिन)

टोली महेन्द्रनगरबाट धनगढी हिंडेको छ । पर्यटन व्यवसायीहरुको यो साइकल समुहले ‘नेपाल साइकल यात्रा’ गर्दैछ, उनीहरुले महेन्द्रनगरदेखि पुर्वी नेपालको पशुपतिनगरसम्म ।

नेपाल साइकल यात्रा टोली पश्चिम महेन्द्र नगरबाट धनगढी हिंडेको छ । पर्यटन व्यवसायीहरुको यो साइकल समुहले ‘नेपाल साइकल यात्रा’ गर्दैछ, महेन्द्रनगरदेखि पुर्वी नेपालको पशुपतिनगरसम्म ।
साइकल समुह पश्चिम महेन्द्रनगरबाट ठाकुरद्वार, नेपालगन्ज, वीरेन्द्रनर, घोराही, स्वर्गद्धारी, तौलिहवा, भैरहवा, बुटवल, तानसेन, पोखरा, नारायणघाट, हेटौडा, वीरगन्ज, लालबन्दी, जनकपुर, गाईघाट, धरान, विराटनगर हुँदै पूर्व काकडभित्तासम्म पुग्नेछ । समुहले यो यात्राममार्फत आन्तरिक पर्यटन प्रवर्धनको सन्देश प्रवाह गर्ने छ ।
नेपाल पर्यटन वोर्डको प्रवद्र्धन तथा ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएसन अफ टुर्स् एन्ड ट्राभल एजेन्ट्स् एशोसिएसन (नाटा) र नेपाल पर्वतारोहण संघ (एनएमए)को सहयोगमा भैरहेको यो यात्रा तीन साताको हो ।
कोभिडले आक्रान्त पारेको नेपालको पर्यटनलाई पुनर्जिवन प्रदान गर्ने उद्धेश्यसहित आन्तरिक पर्यटन प्रवर्धन गर्न र वोर्डको सन्देशलाई देशव्यापी रुपमा प्रवाह गर्न यो साइकल यात्राले मद्धत पुग्ने विश्वास लिएको बोर्ड सदस्य दीपक महतले बताए ।
साइकल समुहमा विश्व साइकलयात्री पुस्कर शाहसहित राजेन्द्र सापकोटा, शंकर अधिकारी, सुभाष केसी, एक्सपान्सन दाहाल, सम्राट पान्डे, महेन्द्र अधिकारी, हिम गुरुङ, माधव नेपाल, मुक्ति पान्डे, लक्ष्मी श्रेष्ठ, नीरा बराल, पत्रकार अशोक सिलवाललगायत छन् ।
पश्चिमको महाकालीदेखि पूर्वको मेचीसम्म साइकल यात्राको दुरी १ हजार ६ सय २४ किलोमिटर हुनेछ ।
कोभिड १९ ले पर्यटन कोमामै पुगेको यो बेला पर्यटनकर्मीहरुले नेपाली पर्यटन व्युँझाउन गरेको यो सांकेतिक साइकल प्रयास हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button