दाम, नाम, घुमघाम सबै पाइने गजज्वको गाइडिङ

नेपालनाम्चाको नयाँ स्तम्भ ‘गाइड‘मा केही समयअघि मात्र गाइडिङ सुरु गरेकी शकुन्तला देवकोटा

कहिलेखि गाइडिङ सुरु गर्नुभयो ?
मैले सन् २०१९ बाट सुरु गरेको हो यो यात्रा ।

खासमा यो गाइडिङ भनेको के हो ?
सामान्य भाषामा गाइडिङ भनेको पर्यटकलाई थाहा नभएको कुरा बताउनु र बाटो देखाउनु हो ।

झट्ट हेर्दा गाइडिङ भनेको फन् जस्तो लाग्छ । तर, के यो फन् मात्रै हो त ?
होइन । यो त आफू पनि सिक्दै र अरुलाई पनि सिकाउदै गर्न पाइने पेशा हो ।

असल गाइडमा हुनुपर्ने पाँच गुण के हुन् ?
धैर्यता, विश्वासनियता, नैतिकता, स्पष्टता र सर्वज्ञान ।

गाइडिङ गर्दाका केही सम्झनायोग्य प्रसंग होलान् । सम्झनुस्न् ।
मेरो पहिलो गाइडिङ नै स्मरणिय रह्यो, ५० जना भारतीय पर्यटक । शरीर अस्वस्थ थियो, त्यही पनि मनमा उत्साह बोकेर नयाँ काम, नयाँ अनुभव सम्झनलायक थियो ।

गाइड हुनुअघि र गाइड भइसकेपछि तपाईंले आफैले आफैलाई कस्तो फरक पाउनु भयो ?
गाइड हुनुअघि म म आफ्नै पसलमा बस्थें । र, बस्ने मात्र काम । गाइड भएपछि डुल्न, हिड्न पाइने रमाइलो अनुभव ।

अहिले कोभिडक्रमले तपाईहरुको पेसा त चौपट्टै भयो । व्यवहार र दिनहरु कसरी बितिरहेका छन् ?
भखर सुरु गरेको पेशा अंकुराउन लाग्दैमा ब्रेक भयो गार्‍हो छ नि । दिन त जसोतसो परिवारसँग बिताएको छु ।

आफ्नो पेशासँग खुशी हुनुहुन्छ ?
यो उमेरसम्म आउँदा धेरै काम गरियो । तर यो पेशासँग एकदम खुशी छु ।

नयाँ आउने गाइडहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?
धैर्य गर्न सक्नु पर्छ, पेशा राम्रो हो । दाम, नाम र घुमघाम सबै मिल्छ ।

अन्त्यमा केही भन्नु छ ?
मैले पढाउने काम पनि गरेँ । ब्यापार पनि गरेँ । अरु निजी क्षेत्रहरुमा पनि काम गरेँ तर जति काम गरियो, त्यो भन्दा उत्तम पेशा गाइड रहेछ भन्ने फिल गर्दै छु । कहिले नपुगेको ठाउँ पुग्न पाइने, कहिले नदेखेको खाने कुराहरुको स्वाद लिन पाइने, इतिहास, कला, संस्कृति अवलोकन गर्न पाइने जुनसुकै उमेरमा पनि गर्न सकिने गजज्वको पेशा ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button