यसरी सुरु भएको थियो केटू आरोहण

‘केटू जाने कुनै योजना थिएन । तर, समाचारहरुमा कतिपय देशका आरोहीले केटू आरोहण गरी उनीहरुको नाममा लाने भन्ने सुनेपछि फटाफट झोला बोकेर आरोहणमा हिँडियो । सही समयमा हामीले हाम्रो हक लिन सकिएन भने भविष्यमा सकिँदैन भन्ने सोचेर आरोहणमा लागियो’, कीर्तिमानी आरोही निर्मल पुर्जाले केटु आरोहण अनुभव सुनाए ।

माइनस ६५ डिग्र्री सेल्सियस तापक्रममा अनेक कष्टसाथ केटूको शिखर पुगेर नेपालको शानलाई उँचो बनाउन पाएकामा गौरवको महसुस भएको पनि उनले बताए । पुर्जासहित १० नेपाली आरोहीले केटू आरोहणमा कीर्तिमान कायम गरेका हुन् । उनीसहित मिग्माडेभिड शेर्पा, मिङ्मा तेन्जिङ शेर्पा, ग्याल्जेन शेर्पा, पेमाचिरी शेर्पा, दावाछिरी शेर्पा, किलु शेर्पा, मिङमा जी, दावातेन्जिङ शेर्पा र सोना शेर्पा टोलीले केटू हिमाल आरोहण गरेको हो ।

नेपाली आरोही समूह यही माघ ३ राती १ बजे पाकिस्तान र चीनको सिमानामा अवस्थित आठ हजार ६११ मिटर अग्लो केटू शिखरमा पुगेको हो । चुचुरोमा नेपालको राष्ट्रिय गानका साथ नेपाली झण्डा फहराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button