पहिलोपटक एनएमए कार्यसमिती २७ सदस्यीय बन्दै

नेपाल पर्वतारोहण संघ (एनएमए) को २७ र २८ जेठमा हुन गइरहेको निर्वाचनबाट २७ सदस्यीय कार्यसमिती संरचना बन्नेछ । एनएमएका सचिवालय सदस्य दीपेन्द्र पाण्डे (कपिल)का अनुसार कार्यसमितीमा अध्यक्ष १, बरिष्ठ उपाध्यक्ष १, प्रथम उपाध्यक्ष १ (आरोही वा अन्तराष्टिय रुपमा मान्यता प्राप्त माउन्टेन गाइड हुनुपर्ने), द्धितिय उपाध्यक्ष १, महासचिव १, सचिव १, कोषाध्यक्ष १ निर्वाचित हुनेछन् ।

त्यसैगरी सदस्य ११ (२ महिलासहित), सदस्य ४ (संघमा दर्ता रहेको पर्वतारोही (बुक होल्डर) र पर्यटन मजदुरहरुबाट), विभिन्न तहका साधारण सदस्यमध्येबाट बढीमा ३ जना अध्यक्षबाट मनोनित र नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रतिनिधि सदस्य १ हनेछन् । त्यस्तै प्रदेश कार्यसमितीको अध्यक्ष वा प्रतिनिधी आमन्त्रित पदेन केन्द्रीय कार्यसमितीको सदस्य हुनसक्ने सचिवालय सदस्य पाण्डले जानकारी दिए ।

(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button